काठमाडौं । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले राष्ट्रपति डोनाल्ड ट्रम्प इरानसँग “ठूलो सम्झौता” गर्न इच्छुक रहेको बताएका छन्।
सीबीएस न्यूजका अनुसार मंगलबार जर्जियाको एथेन्समा आयोजित एक कार्यक्रममा बोल्दै भान्सले सप्ताहन्तमा पाकिस्तानमा भएको वार्तामा “महत्त्वपूर्ण प्रगति” भएको दाबी गरे।
उनका अनुसार ट्रम्प इरानसँग “सानो सम्झौता” भन्दा पनि दीर्घकालीन र व्यापक प्रभाव पार्ने “ठूलो सम्झौता” गर्न चाहन्छन्। साथै, उनले अमेरिका र इरानबीच गहिरो अविश्वास रहेको स्वीकार गर्दै समस्या तत्काल समाधान नहुने बताए।
“यो समस्या रातारात समाधान हुन सक्दैन,” भान्सले भने।


