Thursday, April 23, 2026
Homeसामाचारधितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ

धितोपत्रसम्बन्धी कसुरमा व्यवसायी शेखर गोल्छा पक्राउ

काठमाडौं । व्यवसायी शेखर गोल्छालाई प्रहरीले पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले बिहीबार उनलाई काठमाडौंको नारायणचौर (नक्साल)बाट पक्राउ गरेको हो। उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्षसमेत हुन्।

प्रहरीका अनुसार हिमालयन रिइन्स्योरेन्स कम्पनीको सेयर कारोबारमा इन्साइडर ट्रेडिङ गरेको आरोपमा नेपाल धितोपत्र बोर्डले अनुसन्धानका लागि सिफारिस गरेपछि उनलाई पक्राउ गरिएको हो।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिएर सीआईबीले उनलाई नियन्त्रणमा लिएको जनाएको छ।

यसैबीच, सम्पत्ति शुद्धीकरण अनुसन्धानको क्रममा हिरासतमा रहेका व्यवसायी दीपक भट्टसँग सम्बन्धित व्यावसायिक कारोबारमा पनि गोल्छाको संलग्नता देखिएको प्रहरीले जनाएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका