Saturday, June 20, 2026
Homeअन्तराष्ट्रियइजरायल र हिजबुल्लाहबीचको युद्धविरामपछि मानिसहरू घर फर्किन थाले

इजरायल र हिजबुल्लाहबीचको युद्धविरामपछि मानिसहरू घर फर्किन थाले

काठमाडौं: इजरायल र हिजबुल्लाहबीचको युद्धविराम सम्झौता लागू भएसँगै विस्थापित मानिसहरू घर फर्किन थालेका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनद्वारा घोषित यो सम्झौता बुधबारदेखि लागू भएको हो।

यद्यपि, इजरायली सेनाले केही क्षेत्रमा नागरिक फर्काउन अनुमति दिएको छैन। दक्षिणी लेबनानतर्फको राजमार्गमा मानिसहरू उत्साहित देखिन्छन्। धेरैजसो दक्षिणी लेबनानका गाउँहरूबाट विस्थापित भएका थिए, जबकि उत्तरी इजरायलका यहूदी बस्तीहरू अझै खाली छन्।

हिजबुल्लाहले सम्झौतालाई आफ्नो विजयका रूपमा चित्रण गर्न खोजेको छ, तर कतिपयले यसलाई उनीहरूको कमजोर स्थितिको संकेत मानेका छन्। घर फर्केका केहीले भग्नावशेष देखे तापनि अनुहारमा खुसी झल्किएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका