Thursday, April 23, 2026
Homeअन्तराष्ट्रियइजरायलको आलोचनापछि एडिडासले प्रसिद्ध मोडललाई आफ्नो विज्ञापनबाट हटायो

इजरायलको आलोचनापछि एडिडासले प्रसिद्ध मोडललाई आफ्नो विज्ञापनबाट हटायो

काठमाडौंल: इजरायलको आलोचनापछि खेलकुदका कपडा र जुत्ता बनाउने कम्पनी एडिडासले बेला हदिदलाई आफ्नो जुत्ताको विज्ञापनबाट हटाएको छ ।

चर्चित मोडल बेला हदीद अरब मूलकी अमेरिकी नागरिक हुन्। उनका बुबा मोहम्मद अनवर हदीद प्यालेस्टिनी हुन्।

जर्मन कम्पनी एडिडासले एसएल ७२ ट्रेनर्स नामक रेट्रो खेलकुद जुत्ता प्रवर्द्धन गर्न बेलासँग सम्झौता गरेको थियो।

यी जुत्ताहरू पहिलो पटक १९७२ मा लन्च गरिएका थिए जब १९७२ म्युनिख ओलम्पिक सुरु भयो। कम्पनीले भर्खरै एसएल ७२ ट्रेनर्स पुन: लन्च गरेको थियो।

इजरायलले यसको आपत्ति जनाएको थियो र आफ्नो आधिकारिक पोस्टमा भनेको थियो “सोच्नुहोस् यो अभियानको अनुहार को हुन् ? बेला हदीद जो स्वयं आधा प्यालेस्टाइनी मोडल हुन् । इजरायली र यहुदीविरुद्ध हिंसाको कुरा गर्ने उनको इतिहास रहेको छ ।”

“एडिडासले १९७२ ओलम्पिक खेलको सम्झनामा आफ्नो जुत्ताको लागि नयाँ अभियान सुरु गरेको छ, जुन खेलको क्रममा प्यालेस्टिनी आतंकवादीहरूले ११ इजरायलीहरूलाई मारेका थिए ।”

इजरायलले हदिद प्यालेस्टाइनको समर्थक भएको र गाजामा राहत कार्यका लागि यस वर्ष पैसा पनि दान गरेको भन्दै यो विज्ञापनको लागि उनको छनोट ठीक नभएको बताएको छ ।

एडिडासले माफी मागेको छ र बाँकी विज्ञापनका लागि “पुनः काम” गर्ने बताएको छ।

कम्पनीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, “यो ऐतिहासिक घटनासँग जोडिएको कुरा हामीले बुझेका छौं। त्यसो गर्ने कुनै नियत थिएन र यसबाट पर्न गएको असुविधाको लागि हामी क्षमाप्रार्थी छौं।”

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका