Sunday, April 19, 2026
Homeअन्तराष्ट्रिय‘आर्यन खानलाई फसाउनकै लागि यस्तो गरियो, यो घटना राजनीतिबाट प्रेरित छ’

‘आर्यन खानलाई फसाउनकै लागि यस्तो गरियो, यो घटना राजनीतिबाट प्रेरित छ’

मुम्बई क्रुज पार्टी मामिलामा अभिनेता शाहरुख खानका छोरा आर्यन खानको जमानतको याचिकामाथि बिहिबार मुम्बईकामे किला अदालतमा सुनुवाई हुनेछ । सोमबार अदालतले उनलाई सात अक्टोबरसम्म हिरासतमा राख्नुपर्ने आदेश दिएको थियो । आर्यनसँग अरबाज मर्चेन्ट र मुनमुन धमेचाको जमानतमा पनि आज सुनुवाई हुनेछ ।

यसैबीच महाराष्ट्र सरकारमा क्याबिनेट मन्त्री नवाब मलिकले यो पूरा घटना नक्कली भएको बताएका छन् । पत्रकार सम्मेलनमा नवाब मलिकले भने, ‘आर्यन खानलाई फसाउने उद्देश्यसहित यो सबैकुरा गरिएको हो । एनसीबीको यो कारवाहीमा बिजेपीको हात छ र यो गिरफ्तारी पूर्ण रुपमा राजनीतिद्वारा प्रेरित छ । पछिल्लो एक महिनादेखि क्राइम रिपोर्टरबीच अर्को निशाना शाहरुख खान हुने भन्ने जानकारी पुर्याइएको थियो ।’

नवाब मलिकका अनुसार आर्यन खानलाई ‘एनसीबीको नजिक ल्याउने र सेल्फी खिच्ने केपी गोस्वामी र मनीष भानुशाली बिजेपीका नेता हुन् ।’ यद्यपि, एनसीबीले मलिकको आरोपमाथि प्रतिक्रिया दिँदै यसलाई आधारहीन र गलत बताएको छ । वास्तवमा आर्यन खान जुन दिन पक्राउ परेको थिए त्यस दिन उनको एक व्यक्तिसँगको सेल्फी भाइरल भयो । यो सेल्फी एनसीबीको हिरासतमा रहेका बेला खिचिएको थियो । त्यसपछि एनसीबीमाथि यस्तो प्रश्न तेर्सिन थालेको हो ।

यसको जवाफमा एनसीबीले सेल्फी लिने व्यक्ति उनका विभागकै व्यक्ति भएको स्पष्टिकरण दियो । नवाब मलिकले सेल्फीमा देखिने व्यक्ति बिजेपीसँग सम्बन्धित भएको दाबी गरेका छन् ।

यो घटना मुम्बईमा एक क्रुजमा भइरहेको कथित रेव पार्टीसँग सम्बन्धित छ । एनसीबी प्रमुख एसएन प्रधानले मुम्बई क्रुज ड्रग्स घटनाको निष्पक्ष अनुसन्धान गरिनेछ । प्रधानले भने, ‘हामी यो मामिलामा निष्पक्ष रुपमा काम गरिरहेका छौं ।’

स्मरण रहोस्, यो घटनामा बलिउड र अन्य केही धनाढ्यको पनि संलग्नता छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका