आमा शब्द सुन्ना साथ तपाई के सम्झनुहुन्छ ? आमा उच्चारण गर्दा तपाईले कस्तो महशुस गर्नु हुन्छ ? पीडामा होस या खुशीमा होस् आमा भन्दा सास लिनुहुन्छ कि छोड्नुहुन्छ ? एक पटक आफ्नो आँखा बन्द गरेर आमा भन्नु त कति शान्त महशुुस गर्नुहुन्छ ? तपाईको श्वासको गति तिब्र छ र यदि तपाई थकाउनु भएको छ भने एकपटक आमा भन्नु तपाईको श्वासको गति पनि मध्यम हुन्छ । तपाईको थकाई पनि गायव हुन्छ ।
हामी रुँदा होस् या अचानक कतै आपतमा परेको बेला होस सबै भन्दा प्रिय मानेर याद गर्ने मान्छे भनेको आमा नै हो । आमा मल्हम हो । आमा पुन्य हो । आमा नहुने भए तपाईको अस्मिता छ, या छैन छातीमा हात रोखेर कल्पना गर्नु त । आमाको श्वास विना तपाईको अस्मिता के छ ? आमा नभएको भए कुनै पनि प्रणीको अस्मिता हुन्नथ्यो । आमा शब्द आफैमा यति महानता छ । आमा शब्दको महानता बारे लेख्न त म ल्याकत राख्दिन तर पनि आमा महान छिन् ।
आमाले कोखमा माइक्रो ग्राम देखि लिएर हामीलाई आफुनो श्वास दिएर जीवन दिएकी हुन् । आमाको थोपा थोपा रगतबाट बनेको पिण्ड हौ हामी फगत हामी आमामा निहित छौ । आमाको मुख हेर्ने दिन औसीमा पर्छ ताकि आमाको महानता सुर्य चन्द्रमाको चहक भन्दा पनि माथि छ । त्यसो त शास्त्रहरुमा आमाको महिमा पिता भन्दा उच्च स्थानमा राखिएको छ । श्रद्धा भक्ति,सम्मान र आदर गरिएकी आमाको मुख हेर्ने दिन आज । आमाप्रति विशेष भक्ति र भावयुक्त सम्मान गरिएको दिनलाई आमाको मुख हेर्न दिन भनिन्छ । यसलाई मातृदिवश या मातातिर्थ औसीको रुपमा मनाइ्न्छ ।
आमा संसारको सबै भन्दा पवित्र नता हो । सबै भन्दा पहिला बोल्न सिकेको वाक्य पनि आमा हो । मानव जातिको मात्र होईन, पशुपंछी पनि आमाबाटै सिक्छन । सबै भन्दा सरल आमा हो । जति पनि जटिल समस्यामा संगै हुने भनेको आमा हो । आमा जस्तो प्रिय अरु हुन सक्छ र ?
आमाको मुख हेर्न कुनै औसी दिवशको आश्यक्ता छैन् । आमाको सम्मानको लागि हर समय छोटो पर्छ । हर मिनेट छोटो हुन्छ । आमालाई एक दिन मिठो खुवाएर अरु दिन भोको राख्नुको मतलप। महापाप हो । जीवनभर आमालाई पीडा दिएर श्राद्धमा पीण्ड पानीमा बगाएर पाउछन् भन्ने खोक्रो धो∙ हो ।। आमा बुवालाई वास्था नगर्ने अनि वृद्धाश्रम लगायत अन्य ठाँउमा लगेर राख्ने अनि औसीको दिन मात्र सामाजिक सञ्जालमा फोटो हाल्ने प्रचलन आएको छ । बर्षको पुरा दिन अपमान गरेर एक दिन फोटो पोष्ट गर्नु भनेको आमाको आत्म सम्मान माथि मजाक गर्नु हो । जुन मानवता प्रति नै एउटा आक्षेप मान्न सकिन्छ । हुन त समय आफ्नै गतिमा बहन्छ । आफैले गरेको कुराहरु आफैमा पर्केर आउन सक्छ । समयमा दायित्व बहन गर्नुपर्छ । अनि सम्पुर्ण आमाहरुलाई सम्मान छ ।
मेरी आमा प्रति म मरेर पनि तिर्न नसकिने श्रृण छ । जीवनमा जतिसुकै खुशी हासिल गरुँ आमा जति मेरो लागि निस्वार्थ माया गर्ने कोही छैन । म भोकै छु भने आमालाई महशुस हुन्छ । म बिरामी भएको भए पनि आमा महशुस गर्नु हुन्छ । आमाले मेरो खुशीको लागि निकै झुट बोल्नु भएको छ । पेट खाली भए पनि अघाएको भनेर ढाट्नुहुन्छ । दुखेको भए पनि दुखेको छैन् भन्नु हुन्छ । मैले रोएको बेला रुन हुन्न भनेता पनि सबै भन्दा मेरै चिन्तामा भोको बस्नु हुन्छ । म नकारात्म भएर जीवनमा हारे भने हिम्मत दिने मेरी आमा हो मलाई ह्म्मित दिएर किन हारेको होला मेरी आमा ? म एकदम नादान छु आमाको अनुहारको रेशाहरु हेरेर बुढी भएको भन्छु । तर त्यो चाउरी परेको निधारको रेसाहरुले आमाका दुखहरुको नोट बोकेर राखेको छ ।
आमाको दुखहरु कति होला तर म पढ्न सक्दिन । शरीरमा निला नसाहरु हेरेर मैले लिएको जीवन अनि मैले दिएको दखहरु याद गर्न सक्दिन । काखमा हुदा आमाको स्तनलाई कति पटक लात्ती मारे हुँला । कति पटक निदाउदा आमाको स्तनलाई टोके हुला त्यो हिसाव न आमासंग छ न त म सँग नै । मलाई त थाहा छैन मैले मेरी आमाको मनलाई कहिल्यै खुशी दिएको । मैले उहाको चुराको संगीतमा लै लैको लोरी सुनेर निदाएकी छु । उहाँको हातको थपथपाइले निदाएको छु । उहाँले पिसेको जाँतोको घोराइघोराई आवाजले निदाएको छु । उहाँले कुटेको ढिकीको लकरढु∙मा निदाएको छु । मैले निदाउदा फेरेको श्वासमा मेरो स्वास्थ जान्ने मेरी आमा मेरो बैद्य हुनुहुन्छ । मैले बिगारेको हर कामलाई सुधार्ने मेरो शिक्षक हुनुहुन्छ मेरी आमा । मैले सोचेको कुरा जानने अन्र्तयामी हुनुहुन्छ मेरी आमा । स्कुल नगए पनि मेरो विश्व बिद्धालय हो मेरी आमा । मेरी आमा मलाई पढ्नु हुन्छ ।
म अस्मितामा आउनु भन्दा पहिला, मैले संसार हेर्नु भन्दा पहिला, मलाई महशुस गर्ने मेरी आमा हो । मैले पहिलो आकार लिए पछि चलेको महशुस गर्ने उहाँ नै हो । मैले हानेको लात्तीलाई मिठो अनुभव मान्ने मेरी आमा नै हो । मैले जन्मदा दिएको प्रसब प्ीडालाई खुशीको किस्सा मानेर सुनाउने मेरी आमाले म संगै पुन जन्म लिएको याद छैन । आधा मरेर मेरो जीवन बचाएकोमा खुशी हुनुहुन्छ । होइन् त्यो पीडा कति याद भएन । उहालाई किन लागेन म जन्मदा बित्तिकै मैले दिएको पीडाको सजाय दिउ । किन लागेन मैले गर्दा पाएको पीडा संसारको सबै भन्दा ठूलो सजाय हो भन्ने । मेरो रुवाईसँय उहाँको आशु सायद सधैको लागि गायव भयो । न त आमाले म सँग केही माग्नु भएको छ न त म बाट केही नै भाहियाृ वस मेरो खुशी र सुखको लागि सधै अदुश्य शक्तिसँग प्रार्थना गर्नु भयो । मेरी आमा मेरो हासोसँग हर दुख काट्नुहुन्छ । मैले मेरी आमालाई एक ओठ हासो उपहार दिन सकेको छैन ।
कुर्कुचामा मल्हम किनेर दिन सकेकी छैन । मेरी आमा वृद्दा भत्ता बुझेर मेरो लागि जुत्ता किन्नु हुन्छ । उहाका त्यो भत्ताले मेरो खुशीको दुनिया फराकिलो हुन्छ । उहाँको प्रयासमा म खुशी रहिरहुँ भन्ने हो । उहाको छायामा मात्र पनि त्यति शित्तल छ जुन कुनै पनि कृत्रिम सामानहरुले दिन सक्दैन । जति सुकै अभाव होस आमा साथमा हुने मान्छे सँसारको सबै भन्दा भाग्यमानी मान्छे हो । आमाले शिरमा हात राखे पछि दुनियाको कुनै पनि नकारात्मक शक्तिले केही बिगार्न सक्दैन । उहाको हातले नछोएको त्यस्तो के छ हामी संग । जुन आमाको मुखले चपाएको नखाएको सन्तान को छ । आमा भनेको दुनियामा आउनु भन्दा पहिला देखि हाम्री देवी हुन । उहाँको एक दिन मात्र मुख हेरेर, एक दिन मात्र सम्मान गरेर पुग्छ ?
आमालाई औसीको दिन मात्र सम्झ्नु भनेको आमालाई उपहास गर्नु हो । मेरो आखाले सपना देख्ने मात्र मेरी आमा हो । उहाँ मेरो अनुहारको भाव पढुन सक्नुहुन्छ । आमालाई हामीले सधै पुजा गरे पनि कम पर्छ । आमाको महानता अरु कुनै चिजसँग दाँज्न सकिन्न । मलाई आमा साथमा हुँदा हर दिन उत्सव लाग्छ । मेरी आमा साथै हुनु । म होसमा हुँदा पनि नहुदा पनि । हुन त आमाले मात्र यो दुनियामा विश्वार्थ रुपमा माया गर्ने र आमा हजारौ जन्म म तपाईको कोखमा जन्म लिन पाउ । मलाई एक दिनको आश्यक त होइन तर आमालाई दुनियाले सम्मान गर्ने दिन मेरो ुसम्मान हज्रलाई । जति जति जन्म हुन्छ,त्यति त्यति जन्म म तपाइके सन्तान हुन पाउ । मेरी आमा माता तिर्थ औसीमा खुशी रहनुहोला । म टाढा छु । यो बिष परिस्थितिमा मेरो चिन्ता नलिनु । माते दिवशको कामना । हर आमालाई सम्मान दिनु होला । अब आमाको हातबाट शासन चलोस । कुसन्तान हुने छैनन । मेरी आमा हजुरको माया अगाडी मेरो मायाको कुनै अर्थ छैन तर म प्रेम गर्छु आमा । मेरी आमालाई संसारभरको माया । सधै हामीसँग रहनुहोस् । अन्लाईनपानाबाट


