Thursday, October 29, 2026
Homeराजनीतिआमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि सार्वजनिक गर्ने नेपाली कांग्रेसको तयारी

आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि सार्वजनिक गर्ने नेपाली कांग्रेसको तयारी

काठमाडौं । नेपाली कांग्रेस ले आमनिर्वाचन २०८२ लक्षित प्रतिज्ञापत्र भोलि फागुन ३ गते सार्वजनिक गर्ने भएको छ।

पार्टीका प्रवक्ता देवराज चालिसे ले सञ्चारकर्मीलाई सम्बोधन गर्दै प्रतिज्ञापत्र पार्टीको केन्द्रीय कार्यालयबाट सार्वजनिक गरिने जानकारी दिए। उनका अनुसार निर्वाचन आयोग ले तोकेको तालिकाअनुसार फागुन ४ गतेदेखि कांग्रेसले देशव्यापी चुनावी प्रचार अभियान औपचारिक रूपमा सुरु गर्नेछ।

त्यसैगरी फागुन ६ गते जनकपुर मा विशाल आमसभा आयोजना गरिने कार्यक्रम तय गरिएको छ। कांग्रेसले निर्वाचनलाई जनतामाझ आफ्नो एजेन्डा प्रस्तुत गर्ने, बहस गर्ने र लोकतान्त्रिक संस्कार सुदृढ गर्ने अवसरका रूपमा उपयोग गर्दै आएको चालिसेले बताए।

उनले पार्टीले सभ्य, सन्तुलित र तर्कपूर्ण राजनीतिक अभ्यासलाई प्राथमिकता दिने तथा निर्वाचन आचारसंहिता पूर्ण रूपमा पालना गर्ने प्रतिबद्धता दोहोर्‍याए। पछिल्ला दिनमा केही दल तथा समर्थकबाट आचारसंहिता उल्लंघनका घटना देखिएको भन्दै त्यसतर्फ आयोगको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।

चालिसेले कांग्रेसभित्र आन्तरिक एकता क्रमशः सुदृढ हुँदै गएको उल्लेख गर्दै वरिष्ठ नेताहरू निर्वाचन क्षेत्रमा खटिएको जानकारी दिए। पार्टी सभापति गगनकुमार थापा को नेतृत्वमा तयार गरिएको प्रतिज्ञापत्रले समृद्धि, सुशासन र लोकतान्त्रिक मूल्यमान्यतामा आधारित भविष्यको खाका प्रस्तुत गर्ने दाबी गरिएको छ।

कांग्रेसले यसपटकको प्रतिज्ञापत्रलाई जनताले दैनिक सन्दर्भका रूपमा प्रयोग गर्न सक्ने ‘जिवित दस्तावेज’का रूपमा ल्याउने तयारी गरेको जनाएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका