Friday, May 1, 2026
Homeविचित्र संसारआफ्नो २२६ किलो तौलका कारण लाखौँको कमाइ गर्दै यी महिला

आफ्नो २२६ किलो तौलका कारण लाखौँको कमाइ गर्दै यी महिला

यदि कुनै महिलाको २५ वर्षको उमेरमा २२६ किलोग्राम तौल भयो र उनलाई कुर्सीबाट उठ्नसमेत अल्छी लाग्न थाल्यो भने उनलाई आफ्नै जीउ भारी लाग्न सक्छ ।  तर बेलायतकी डेलिएल बिर्चलाई भने यस्तो फिटिक्कै लागेको छैन । उनी कहिले बाथ टबमा त कहिले घरको ढोकाबाट निस्कँदा बीचमै फस्थिन्, तर उनले आफ्नो यो कुरा सबैलाई लुकाइनन् ।

डेनियल दैनिक क्रियाकलापको क्रममा आइपर्ने यस्ता समस्याको भिडियो बनाएर सोसल मिडियामा पोष्ट गर्छिन् ।

द सनको रिपोर्ट अनुसार यस किसिमको भिडियो बनाएर उनी प्रत्येक महिना २ लाख ४० हजार रुपैयाँ कमाउँछिन् । उनी सोशल मीडिया इन्फ्लुएन्स पनि हुन् ।

डेनियल भन्छिन्, ‘ठूला ज्यान भएका महिलाको दैनन्दिनी  कस्तो रहन्छ भनेर मानिसलाई यो कुरामा व्यापक रुची पनि छ ।’ उनले सुरुमा आफ्नो तौल लुकाउनका लागि त्यस्तै खालको लुगा लगाउँथिन् । तर पछिल्लो समय भने उनले अनलाईनमा निर्धक्क आफ्नो मोटो शरीर देखाउन थालेकी छिन् ।

भिडियोमा केही पनि अश्लिल छैनः

यसले आफूभित्र विश्वास बढाएको उनले बताइन् । आफ्नो भिडियोमा केही पनि अश्लिल नभएको डेनियलले स्पष्ट पनि पारिन् ।

यसअघि लस बाटनिस्टले अचम्म लाग्ने कुरा  खुलासा गरेकी थिइन् ।

महिलाले उनी कसरी क्यामराको सामुन्ने आफ्नो पादको भिडियो बेचेर हजारौ डलर कमाउँथिन् भन्ने खुलासा गरेकी थिइन् ।

ब्रिटिस टेलिभिजन नेटवर्क च्यानल ४ मा एक डकुमेन्ट्रीमा लसले आफू यो व्यवसायमा कसरी आइन् भनेर पनि बताएकी थिइन् । कसैले उनलाई क्यामराको अगाडि पाद्नका लागि भनेका थिए ।

अरुको अनुरोधमा सुरु गरेकी थिइन् व्यवसायः

उक्त भिडियो महिलाको हाल सम्मकै सर्वाधिक लोकप्रिय भिडियो बनेको थियो । यसपछि उनले यसको भिडियो बनाउन सुरु गरेकी  हुन् । अरुले उक्त महिलालाई प्रो फार्टर अर्थात पाद्नमा माहिर भनेका थिए । उनको यो व्यवसाय ३ वर्षदेखि चलिरहेको महिलाले बताइन् । उनले भनिन्, ‘मानिसहरुले लगातार मलाई अनुरोध गरिरहेका थिए । मैले पनि यहि गर्नेछु भनेर निर्णय लिएँ र यसका लागि मानिसले मलाई पैसा दिइरहेका छन् ।’ उनले राम्रो पादका लागि मिहिनेत गरिरहेको बताएकी  छिन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका