Saturday, January 18, 2025
Homeराजनीतिआज ६ ओटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

आज ६ ओटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौँ: आज एकैपटक संसदीय समितिको छ ओटा बैठक बस्दैछन्। बिहान ११ बजे अर्थ समितिको बैठक बस्नेछ, जसमा भन्सारसम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक पनि बिहान ११ बजे बस्नेछ। बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन र सेवा सञ्चालनका साथै नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ।

यस्तै, बिहान ११ बजे कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा जलवायु परिवर्तनले नेपालमा पुर्याएको असर, यसलाई न्यूनीकरण गर्न भएका प्रयास, कोप–२९ लगायत अन्तर्राष्ट्रिय फोरमहरूमा नेपालको सहभागिता, सबल–दुर्बल पक्षहरू, र आगामी सम्मेलनहरूमा प्रभावकारी सहभागिता सुनिश्चित गर्न आवश्यक तयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ।

बिहान ११:३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्नेछ। यस बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन, र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकका विषयमा छलफल हुनेछ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे नै बस्नेछ। यसमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० सम्बन्धी छलफल हुनेछ।

यस्तै, विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका