Saturday, November 7, 2026
Homeसामाचारआज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्प तयारी र सचेतनामा जोड

आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस, भूकम्प तयारी र सचेतनामा जोड

काठमाडौँ — आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस देशभर विभिन्न कार्यक्रमका साथ मनाइँदै छ। विसं १९९० माघ २ गते गएको महाभूकम्पको स्मरणमा विसं २०५५ सालदेखि प्रत्येक वर्ष यो दिवस मनाउन थालिएको हो।

राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाउनुको मुख्य उद्देश्य भूकम्पसम्बन्धी जनचेतना अभिवृद्धि गर्नु र सम्भावित जोखिम न्यूनीकरणका लागि तयारी बढाउनु हो। विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्‍याएको स्मरण गर्दै सुरक्षित निर्माण र आपतकालीन तयारीको आवश्यकतामा जोड दिइन्छ।

यस अवसरमा आज नेपालभर विभिन्न सचेतनामूलक कार्यक्रम, गोष्ठी तथा अभ्यास कार्यक्रमहरू आयोजना गरिने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका