Friday, May 8, 2026
Homeसामाचारआज विश्व रेडक्रस दिवस : मानव सेवामा समर्पित स्वयंसेवकलाई सम्मान

आज विश्व रेडक्रस दिवस : मानव सेवामा समर्पित स्वयंसेवकलाई सम्मान

काठमाडौं । आज (शुक्रबार) विश्वभर विश्व रेडक्रस तथा रेडक्रिसेन्ट दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। हरेक वर्ष मे ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ।

मानव सेवामा समर्पित रेडक्रस तथा रेडक्रिसेन्ट आन्दोलनमा आबद्ध लाखौँ स्वयंसेवक र कर्मचारीहरूको योगदानको सम्मानस्वरूप यो दिवस मनाइने गरिएको हो।

युद्ध, प्राकृतिक विपत्ति, महामारी तथा अन्य मानवीय संकटका समयमा पीडितहरूको उद्धार, राहत र सहयोगमा सक्रिय भूमिका खेल्दै आएका यी संस्थाहरूले विश्वभर मानवताको सेवा गर्दै आएका छन्।

करुणा, निःस्वार्थ सेवा, मानवता र एकताको भावनालाई प्रवर्द्धन गर्दै समाजमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले पनि यो दिवस विशेष रूपमा मनाइन्छ। साथै रेडक्रस तथा रेडक्रिसेन्टका सिद्धान्त, उद्देश्य र मानवीय कार्यप्रति जनचेतना अभिवृद्धि गर्ने प्रयासस्वरूप विभिन्न कार्यक्रम आयोजना गरिन्छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका