Saturday, November 7, 2026
Homeसामाचारआज लाजिम्पाट–महाराजगञ्ज क्षेत्र दुई घण्टा बत्ती बन्द

आज लाजिम्पाट–महाराजगञ्ज क्षेत्र दुई घण्टा बत्ती बन्द

काठमाडौं । काठमाडौं उपत्यकाका केही प्रमुख प्रशासनिक तथा आवासीय क्षेत्रमा आज दुई घण्टा विद्युत् सेवा अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार वितरण प्रणालीलाई भूमिगत बनाउने क्रममा सम्पन्न भइसकेका केबल जोड्ने कार्यका लागि आज बिहान ११ बजेदेखि अपराह्न १ बजेसम्म विद्युत् कटौती गरिनेछ।

यस अवधिमा लाजिम्पाट, पानीपोखरी, महाराजगञ्ज, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आसपासका क्षेत्र, राष्ट्रपति भवन, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) तथा नेपाल प्रहरी अस्पताल वरपरका क्षेत्रमा विद्युत् सेवा प्रभावित हुनेछ।

काठमाडौं उपत्यका मध्य तथा उत्तर वितरण प्रणाली सुदृढीकरण आयोजनाअन्तर्गत भूमिगत संरचना जडानको काम अन्तिम चरणमा पुगेकाले अस्थायी रूपमा विद्युत् कटौती गर्नुपरेको प्राधिकरणको महाराजगञ्ज वितरण केन्द्रले जनाएको छ। तोकिएको समयभन्दा अघि नै काम सम्पन्न भएमा विद्युत् सेवा पुनः सञ्चालन गरिने प्राधिकरणले स्पष्ट पारेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका