Sunday, November 8, 2026
Homeसामाचारआज पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव, देशभर आंशिक बदली

आज पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव, देशभर आंशिक बदली

काठमाडौँ, २३ असोज — जल तथा मौसम विज्ञान विभागका अनुसार आज लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पश्चिमी भागका धेरै स्थानमा पश्चिमी वायुको प्रभाव रहेको छ। गण्डकी प्रदेशका पश्चिमी भेगका केही स्थानमा समेत यसको असर देखिएको छ। बाँकी भूभागमा भने मनसुनी र स्थानीय वायुको प्रभाव कमजोर रहेको विभागले जनाएको छ।

दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम सामान्यतया सफा रहने विभागको पूर्वानुमान छ। पहाडी क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा हुने सम्भावना पनि रहेको छ।

त्यस्तै, आज राति कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रहनेछ। यी प्रदेशका केही स्थानमा हल्का वर्षा हुन सक्ने विभागले जनाएको छ। बाँकी भूभागमा भने रातभर मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका