Sunday, November 8, 2026
Homeसामाचारआज पनि देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

आज पनि देशभर मनसुन सक्रिय, केही ठाउँमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २२ साउन – हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतर्फ तराई क्षेत्रमा अवस्थित भएकाले देशभर मनसुनको प्रभाव जारी रहेको छ। तर, जलवाष्पयुक्त हावाको आपूर्ति केही कमजोर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज कोशी र लुम्बिनी प्रदेशसहित देशको पहाडी भू–भागमा सामान्य बदली रहनेछ, भने अन्य भू–भागहरूमा आंशिक बदलीको अवस्था रहनेछ। कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई क्षेत्रका केही स्थानहरूमा र अन्य प्रदेशका केही पहाडी तथा तराई क्षेत्रहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ।

साथै, कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

आज रातिको समय पनि साधारणतया बदली रहनेछ। मधेस, कोशी र लुम्बिनी प्रदेशका पहाडी तथा तराई भू–भागका केही स्थानमा र अन्य प्रदेशका केही भागहरूमा मध्यम वर्षा हुने सम्भावना छ। कोशी प्रदेशको पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ।

महाशाखाले नदी तटीय क्षेत्र तथा पहिरो सम्भावित स्थानमा सतर्कता अपनाउन आग्रह गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका