Thursday, September 17, 2026
Homeसामाचारआजदेखि देशभर १४.२ केजीको भरी ग्यास सिलिण्डर वितरण, मूल्य २,०६० रुपैयाँ

आजदेखि देशभर १४.२ केजीको भरी ग्यास सिलिण्डर वितरण, मूल्य २,०६० रुपैयाँ

काठमाडौं। बजारमा देखिएको खाना पकाउने एलपी ग्यासको आपूर्ति असहजतालाई सम्बोधन गर्दै नेपाल आयल निगम ले आज (बुधबार) देखि देशभर १४.२ केजीको भरी ग्यास सिलिण्डर बिक्री–वितरण सुरु गरेको छ।

निगमले मंगलबार जारी गरेको विज्ञप्तिमा उपभोक्ताको मागलाई ध्यानमा राख्दै साविककै तौलको भरी सिलिण्डर देशभर उपलब्ध गराउने व्यवस्था मिलाइएको जनाएको छ।

निगमका अनुसार भारतीय आयल कर्पोरेसन (आईओसी) का विभिन्न बोटलिङ प्लान्ट तथा रिफाइनरीबाट हुने ग्यास लोडिङमा सुधार आएपछि आपूर्ति अवस्था सहज बन्दै गएको छ। साथै, उपभोक्ताबाट पूर्ण तौलको ग्यास सिलिण्डरको माग बढेकाले आधा तौलको सट्टा १४.२ केजीकै सिलिण्डर बजारमा पठाउने निर्णय गरिएको हो।

यो व्यवस्था बुधबारदेखि देशभरका सबै डिपो तथा आधिकारिक विक्रेतामार्फत लागू गरिएको निगमले जनाएको छ।

निगमले १४.२ केजीको भरी ग्यास सिलिण्डरको उपभोक्ता मूल्य २,०६० रुपैयाँ कायम रहेको पनि स्पष्ट गरेको छ।

निगमका अनुसार बजारमा ग्यासको सहज आपूर्ति कायम राख्न र कालोबजारी तथा कृत्रिम अभाव हुन नदिन अनुगमनलाई समेत प्रभावकारी बनाइनेछ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका