Sunday, November 8, 2026
Homeसामाचारआजको मौसम : मनसुन क्रमशः कमजोर हुँदै, कहाँ कहाँ पर्छ पानी ?

आजको मौसम : मनसुन क्रमशः कमजोर हुँदै, कहाँ कहाँ पर्छ पानी ?

काठमाडौँ, ४ भदौ— मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले अहिले देशभर मनसुन केही कमजोर हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। तर पनि, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा निरन्तर प्रवेश गरिरहेको छ।

आज दिउँसो लुम्बिनी, कर्णाली, सुदूरपश्चिम तथा देशका पहाडी भागमा सामान्यतया बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली हुनेछ। लुम्बिनी, कर्णाली, सुदूरपश्चिमका केही स्थान र तराईका एक–दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।

आज राति कोशी, मधेस, वाग्मती, गण्डकी तथा पहाडी भागमा सामान्यतया बदली र अन्य क्षेत्रमा आंशिक बदली रहने महाशाखाले जनाएको छ। मधेस, कोशी, वाग्मती र गण्डकी प्रदेशका तराई तथा पहाडी भेगका केही स्थानमा मध्यम वर्षा र कोशी तथा गण्डकीका पहाडी भागका एक–दुई स्थानमा भारी वर्षा हुने अनुमान गरिएको छ।

महाशाखाले वर्षाका कारण पहाडी क्षेत्रमा पहिरो र गेग्रान बहाव (डेब्रिज फ्लो) को जोखिम बढ्न सक्ने, नदी–नालाको सतह उक्लिन सक्ने तथा यातायातमा असर पर्न सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन र पूर्वतयारी गर्न अनुरोध गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका