Sunday, November 8, 2026
Homeसामाचारआजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

आजको मौसम : मनसुनी वायु सक्रिय रहँदा देशभर वर्षाको सम्भावना

काठमाडौँ, १४ असोज : हाल देशभर मनसुनी तथा स्थानीय वायुको प्रभाव रहने भएकाले सबै प्रदेशमा सामान्यतया वर्षा हुने सम्भावना छ।

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पहाडी भू–भागमा सामान्य बदली र बाँकी भू–भागमा आंशिक बदली रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी क्षेत्र तथा तराइका केही स्थानमा वर्षा हुने देखिएको छ।

तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा, साथै कोशी, बागमती र गण्डकीका पहाडी भू–भागका केही ठाउँमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी, मधेश र बागमती प्रदेशका पहाडी क्षेत्रमा सामान्य बदली रहँदा अन्यत्र आंशिक बदली हुनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका