Sunday, November 8, 2026
Homeसामाचारआजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

आजको मौसम पूर्वानुमान : यी प्रदेशहरूमा भारी वर्षाको सम्भावना

काठमाडौँ, २८ असार: हाल देशभर मनसुनी वायुको प्रभाव सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ औसत स्थानको आसपास र पश्चिमतर्फ औसत स्थानभन्दा केही उत्तरतिर रहेको छ।

देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था छ। बागमती, गण्डकी, र सुदूरपश्चिम प्रदेशसहित पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने सम्भावना रहेको छ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पनि हुन सक्ने महाशाखाको अनुमान छ। त्यस्तै, उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको छ।

आज रातिसमेत देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। कोशी, मधेश, बागमती, र गण्डकी प्रदेशका केही स्थानहरू तथा अन्य प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने छ। कोशी, मधेश, र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। यस्तै, उच्च पहाडी र हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा वा हिमपात हुन सक्ने जनाइएको छ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका