Saturday, November 8, 2025
Homeसामाचारआजको मौसम :कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम :कोशी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेकाले नेपालमा मनसुन सामान्यभन्दा कमजोर रहेको जनाएको छ । तर, बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिएकाले वर्षा जारी रहनेछ ।

हाल लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रहेको छ भने बाँकी भूभागमा आंशिक बदली छ । सुदूरपश्चिमका केही स्थानमा तथा कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका थोरै स्थानमा चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर सामान्य बदली रहने र कोशी, मधेश, बागमती, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा मध्यम वर्षा पर्ने सम्भावना छ । साथै, कोशी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावनासमेत रहेको महाशाखाले जानकारी दिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका