Tuesday, May 20, 2025
Homeसामाचारआइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

आइतबारदेखि काठमाडौँ उपत्यकामा बदली हुने

काठमाडौं: काठमाडौं उपत्यकाको तापक्रम निरन्तर बढिरहेको छ। यो अवस्था शनिबारसम्म कायम रहनेछ भने आइतबारदेखि मौसममा बदली आउने र तापक्रम घट्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज काठमाडौं उपत्यकाको तापक्रम ३१ देखि ३४ डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। धनगढी र नेपालगञ्जमा तापक्रम ३९ देखि ४१ डिग्री र भैरहवामा ४० देखि ४२ डिग्री सेल्सियससम्म पुग्ने देखिन्छ।

आज दिउँसो कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भागमा आंशिकदेखि सामान्य बदली रहनेछ भने अन्य भागको मौसम सामान्यतः सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका