Monday, February 17, 2025
Homeमुख्य समाचारअल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

अल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ ।

एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो ।

साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूलाई दिइएको छ ।

यसअघि चीनमा अध्यनरत विद्यार्थी र व्यावसायीलाई दिइएको थियो । सर्वसाधारणले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म अल्का अस्पतालमा गएर लगाउन सक्नेछन् । यसको दोस्रो डोजको पालो १२ हप्तापछि आउनेछ ।

अनलाईनखर बाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका