काठमाडौं ५ असोज- अर्थमन्त्री रामेश्वर खनालले मन्त्रालयका तीन सहसचिवहरूको जिम्मेवारी हेरफेर गरेका छन्।
खनालले महेश आचार्यलाई वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा प्रमुखमा नियुक्त गरेका छन्। यसअघि सो महाशाखा प्रमुख रहेका सेवन्तक पोखरेललाई वित्तीय संघीयता समन्वय महाशाखा प्रमुखमा पठाइएको छ।
त्यसैगरी, वित्तीय संघीयता महाशाखा प्रमुख रहेका महेश बराललाई सार्वजनिक वित्त व्यवस्थापन तालिम केन्द्रको प्रमुखमा तोकिएको छ। यसअघि सहसचिव आचार्य सो केन्द्रको प्रमुख थिए।
तीन सहसचिवको जिम्मेवारी आइतबारदेखि हेरफेर गरिएको अर्थ मन्त्रालयका प्रवक्ता टंकप्रसाद पाण्डेयले जानकारी दिएका छन्।


