Sunday, November 8, 2026
Homeसामाचारअर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

अर्थमन्त्री खनालद्वारा अमेरिका चेम्बर अफ कमर्सको बिजनेस डायलगलाई सम्बोधन

वाशिङटन डीसी (अमेरिका), २८ असोज- विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोष (IMF) को वार्षिक बैठकमा भाग लिन अमेरिका आएका अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अमेरिकी चेम्बर अफ कमर्सले आयोजना गरेको ‘बिजनेस डायलग’ कार्यक्रमलाई सम्बोधन गर्नुभयो।

‘फ्रम द हिमालयज टु द हार्टल्याण्ड : अमेरिका–नेपाल साझेदारीको मजबुती’ शीर्षकमा आयोजित उक्त संवाद कार्यक्रममा मन्त्री खनालले नेपालको आर्थिक अवस्थाबारे चर्चा गर्नुभयो। कार्यक्रममा अमेरिकास्थित नेपाली राजदूत लोकदर्शन रेग्मी, दूतावासका कर्मचारी तथा अमेरिकी चेम्बर अफ कमर्सका सदस्यहरू पनि उपस्थित थिए।

यसअघि मन्त्री खनालले अन्तरराष्ट्रिय मुद्रा कोषका उप–प्रबन्ध निर्देशक बो लिबीचसँग भेट गर्नुभएको थियो। उक्त भेटमा वित्तीय तथा आर्थिक विषयमा छलफल भएको वाशिङटनस्थित नेपाली दूतावासले जनाएको छ।

भेटका क्रममा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, मन्त्री खनालको भ्रमण टोलीका सदस्य तथा कोषका अन्य अधिकारीहरू पनि उपस्थित थिए।

अर्थमन्त्री खनाल विश्व बैंक र अन्तरराष्ट्रिय मुद्रा कोषको वार्षिक बैठकमा सहभागी हुन आइतबार वाशिङटन डीसी आइपुग्नुभएको हो।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका