Tuesday, June 2, 2026
Homeअन्तराष्ट्रियअमेरिका–इरान वार्ता असफल: ‘दुई–तीन मुख्य विषयमा असहमति’

अमेरिका–इरान वार्ता असफल: ‘दुई–तीन मुख्य विषयमा असहमति’

काठमाडौं । बीबीसी फारसी सेवाका अनुसार इरान र अमेरिकाबीचको वार्ता केही महत्वपूर्ण विषयमा असहमति भएपछि निष्कर्षविहीन बनेको छ । इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बकाईले ‘दुई–तीन महत्त्वपूर्ण बुँदाहरूमा मतभेद’का कारण सम्झौता हुन नसकेको बताएका छन् ।

उनका अनुसार पाकिस्तानको मध्यस्थतामा २४ देखि २५ चरणसम्म अप्रत्यक्ष वार्ता भए पनि अन्तिम सहमति जुट्न सकेन । “केही विषयमा हामी अमेरिकी प्रतिनिधिमण्डलसँग सहमतिमा पुगेका थियौँ, तर दुई वा तीन बुँदामा विचार फरक परेकाले सम्झौता हुन सकेन,” उनले इरान न्यूज नेटवर्कसँग भने ।

यद्यपि, कुन विषयमा असहमति भयो भन्नेबारे उनले स्पष्ट पारेनन् । बकाईका अनुसार क्षेत्रीय सुरक्षा र हर्मुज जलडमरूजस्ता नयाँ मुद्दा थपिँदा वार्ता अझ जटिल बनेको हो ।

बीबीसी फारसी सेवाले यसअघि उनको अर्को अभिव्यक्तिलाई उद्धृत गर्दै वार्ता “अविश्वास र शंकाको वातावरण”मा सुरु भएको जनाएको थियो । “४० दिनको युद्धपछि वार्ता सुरु भएकाले एउटै बैठकमा सम्झौता हुने अपेक्षा गर्नु स्वाभाविक थिएन,” उनले बताएका छन् ।

इरानले पाकिस्तानसहित क्षेत्रका अन्य मुलुकहरूसँग संवाद र कूटनीतिक सम्पर्कलाई निरन्तरता दिने जनाएको छ । बकाईले कूटनीतिलाई देशको हित संरक्षण गर्ने प्रमुख माध्यमका रूपमा व्याख्या गर्दै “कूटनीति कहिल्यै समाप्त हुँदैन” भन्ने धारणा व्यक्त गरेका छन् ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका