Tuesday, May 12, 2026
Homeअन्तराष्ट्रियअमेरिकाद्वारा इरानको १४ बुँदे प्रस्ताव अस्वीकार, तनाव थप बढ्ने संकेत

अमेरिकाद्वारा इरानको १४ बुँदे प्रस्ताव अस्वीकार, तनाव थप बढ्ने संकेत

काठमाडौं । अमेरिकाले युद्ध अन्त्यका लागि इरानले अघि सारेको प्रस्ताव अस्वीकार गरेको छ । अमेरिकी अस्वीकृतिपछि इरानले आफ्नो १४ बुँदे प्रस्ताव स्वीकार गर्नु बाहेक अर्को विकल्प नरहेको जनाएको छ ।

इरानका संसद् सभामुख मोहम्मद बाघेर गालिबाफले सामाजिक सञ्जाल एक्समार्फत इरानी जनताको अधिकारको सम्मान गर्नुपर्ने बताएका छन् । उनले १४ बुँदे प्रस्ताव कार्यान्वयन नै समाधानको आधार भएको उल्लेख गरेका छन् ।

गालिबाफले प्रस्तावलाई बेवास्ता गर्ने कुनै पनि प्रयास असफल हुने दाबी गर्दै ढिलाइ बढ्दै जाँदा त्यसको आर्थिक भार अमेरिकी करदाताले व्यहोर्नुपर्ने टिप्पणी गरेका छन् ।

यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको प्रतिक्रियालाई “पूर्ण रूपमा अस्वीकार्य” बताएका थिए ।

इरानी समाचार संस्था तस्निमका अनुसार पाकिस्तानमार्फत पठाइएको प्रस्तावमा युद्ध तत्काल अन्त्य गर्नुपर्ने, इरानी बन्दरगाहमा लगाइएको अमेरिकी नौसैनिक नाकाबन्दी हटाउनुपर्ने तथा भविष्यमा इरानमाथि पुनः आक्रमण नगर्ने प्रतिबद्धता जनाउनुपर्ने माग समावेश छन् ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका