क्यालिफोर्नियाको सुन्दर शहर सन् फ्रान्सिस्कोमा नेपाली नयां वर्षको अवसरमा ९ अप्रिल २०२२ का दिन हुन लागेको बहु प्रतिक्षित‘नेपाल डे परेड’ को सम्पूर्ण तयारी पुरा भएको छ। सो कुरा हिजो अप्रिल ४, २०२२ मा काठमान्डौ मा सम्पन्न एक पत्रकार सम्मेलनमा बताईएको हो। परेड मुल आयोजक समितीका नेपाल प्रतिनिधि तथा नेपाल विश्व सहयोग संघ का अन्तर राष्ट्रिय अध्यक्ष मणी नेपाली पनेरुले सो समितीका सँयोजक NRNA NCC USA वेष्ट रिजन चेअर (RCC) श्रीराम थापा, क्यालिफोर्निया च्याप्टरका अध्यक्ष एकदेव शर्मा तथा सहभागी संस्था सवन्वय समिती का सभापति उत्तम कार्किले तयार गरेको प्रेश वक्तव्य मार्फत सो जानकारी दिनु भएको थियो। अप्रिल ३ मा नै सहभागी संस्था सवन्वय समितीका सभापति उत्तम कार्किले जुम मार्फत एक समिक्षा वेटहक बोलाउनु भएको थियो जस्मा नेपाल सरकारका तर्फ बाट क्यालिफोर्नियाका महा वाणिज्य दूत ॠषि ढकाल, पर्यटन दूत घन प्रसाद दबाडी, महिला उपाधक्ष दिक्षा बस्नेत वेष्ट रिजन का श्रीराम थापा, क्यालिफोर्निया च्याप्टर अध्यक्ष लगायत संस्था प्रमुखहरुको बाक्लो उपस्थिती बसेको बैठकले सम्पूर्ण तयारी पूरा भएको निर्णय गर्दै सो कार्यक्रमको तयारीमा जुट्ने प्रतिवद्दता जनाएको छ।
नव बर्ष २०७९ को पूर्व सन्ध्यामा अप्रिल ९, २०२२ मा हुन लागेको यो परेडले नेपाल चिनाउनका साथै नेपालको पर्यटनलाई सघाउने उद्देश्य रहेको छ। परेडले नेपाललाई पर्यटन गन्तव्यको रुपमा विदेशीहरुलाई आकर्षण गर्ने अपेक्षा गरेको छ। गैर आवासिय नेपाली संघ अमेरिका को वेष्ट रिजन तथा क्यालिफोर्निया च्याप्टरको प्रमुख सकृयतामा हुन लागेको यो कार्यक्रममा क्यालिफोर्निया का ५० भन्दा धेरै संस्थाहरुको सह आयोजकको रुपमा सहभागिता रहेको । परेडमा विभिन्न जातजातिका भेषभुषा र झांकी सहित लाखे नाच गरिने र पन्चे बाजासमेत बजाईने कुरा पनेरुले बताउनु भयो। परेड पछि अप्रिल ९ तारीखकै सांझ भव्य सांस्कृतिक कार्यक्रमको समेत आयोजना भएको जस्मा सुप्रसिद्द कलाकारहरुको प्रस्तुति रहने छ। अमेरिका बिभिन्न राज्यहरुबाट समेत बाक्लो उपस्थिती रहने सो परेड आँफैमा एक उत्सव हुने कुरा आयोजकहरु बताउंछन्। सो कार्यक्रमले नेपाल चिनाउने काम गर्नाका साथै नेपालको पर्यटनलाई टेवा पुग्ने अपेक्षा गरिएको छ।


