Friday, April 24, 2026
Homeअन्तराष्ट्रियअब दृष्टिविहीनहरूले पनि देख्न सक्ने, इलन मस्कको उपकरणले अमेरिकामा स्वीकृति पायो

अब दृष्टिविहीनहरूले पनि देख्न सक्ने, इलन मस्कको उपकरणले अमेरिकामा स्वीकृति पायो

काठमाडौं: एलन मस्कको ब्रेन-चिप स्टार्टअप कम्पनी न्यूरालिंकले दृष्टिविहीनहरूका लागि एउटा उपकरण बनाएको छ। दुवै आँखा गुमाएकालाई पनि यो उपकरणले हेर्न मद्दत गर्ने कम्पनीको दाबी छ ।

यो उपकरणले अमेरिकाको स्वास्थ्य नियामक निकाय खाद्य तथा औषधि प्रशासन (एफडीए) बाट स्वीकृति प्राप्त गरेको छ। न्यूरालिङ्कले यस उपकरणको नाम ब्लाइन्डसाइट राखेको छ।

मस्कका अनुसार यो यन्त्र जसले आफ्नो दुवै आँखा गुमाएका छन् वा जसको अप्टिक नर्भमा क्षति पुगेको छ उनीहरुका लागि उपयोगी हुनेछ। यो यन्त्रले जन्मदेखि नै दृष्टिविहीनहरूलाई हेर्न मद्दत गर्ने दाबी गरिएको छ।

मस्कका अनुसार यो उपकरणबाट सुरुमा कम रिजोल्युसनमा देखिनेछ । बिस्तारै दृष्टि सुधार हुनेछ। यति मात्र होइन, उपकरण प्रयोग गर्ने व्यक्तिले इन्फ्रारेड र पराबैंगनी तरंगहरू पनि हेर्न सक्नेछन्।

टेस्लाका मालिक एलोन मस्कको स्टार्टअप न्यूरालिंकले शल्यक्रियामार्फत मानव मस्तिष्कमा एउटा चिप प्रत्यारोपण गरेको छ । यो यन्त्र एउटा सानो सिक्काको आकारको हो, जसले मानव मस्तिष्क र कम्प्युटरबीच प्रत्यक्ष सञ्चार च्यानल सिर्जना गर्नेछ।

यदि मानव परीक्षण सफल भयो भने आँखाको दृष्टि गुमाएका व्यक्तिहरूले चिप मार्फत हेर्न सक्षम हुनेछन्। पक्षघातका बिरामीले हिँडडुल गर्न र कम्प्युटर चलाउन सक्नेछन् । कम्पनीले यो चिपको नाम ‘लिंक’ राखेको छ ।

 

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका