Sunday, April 19, 2026
Homeअन्तराष्ट्रियअफगानिस्तानबाट अमेरिका फिर्ता गर्ने अभियान अन्तिम चरणमा

अफगानिस्तानबाट अमेरिका फिर्ता गर्ने अभियान अन्तिम चरणमा

अफगानिस्तानबाट सर्वसाधारणलाई निकालिने प्रक्रिया अब आफ्नो अन्तिम चरणमा प्रवेश गरेको र काबुल विमानस्थलमा लगभग एक हजार नजिक सर्वसाधारण भएको जसलाई अमेरिकी सैनिकभन्दा अघि नै उद्धार गरिने बताइएको छ ।

अफगानिस्तानका नयाँ शासक विमानस्थलको जिम्मेवारी लिनका लागि तयार भएको पनि खबर छ ।

एक सुरक्षा अधिकारीले नाम नबताउने शर्तमा समाचार एजेन्सी रोयटर्सलाई बताए अनुसार उद्धार अभियानको अन्तिम समयका लागि अहिले नै कुनै निर्णय लिइसकिएको छैन ।

तर अमेरिकाका राष्ट्रपति जो बाइडेनले पहिले नै उनको फौज ३१ अगस्टको समयसीमामा कायम भएको बताइसकेका छन् ।

काबुल विमानस्थलमा तैनाथ यी सुरक्षा अधिकारीले रोयटर्सलाई भने, ‘हामी सबै विदेशी नागरिक र जोखिमा भएका मानिसहरुलाई आज नै यहाँबाट निकाल्न चाहन्छौं । सैनिकलाई त्यसपछि मात्रै उडाइनेछ ।’

यसअघि एक अमेरिकी अधिकारीले शनिबार रोयटर्ससँगको कुराकानीमा विमानस्थलमा अब ४ हजारभन्दा कम सैनिक भएको बताएका थिए ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका