काठमाडौँ । नेपाली कांग्रेसले अन्य राजनीतिक दलहरूसँग संवाद गर्न विशेष समिति गठन गरेको छ।
बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा बसेको कार्यसम्पादन समितिको बैठकले केन्द्रीय सदस्य अर्जुन नरसिंह केसीको संयोजकत्वमा संवाद समिति गठन गर्ने निर्णय गरेको हो। उक्त जानकारी कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जारी गरेको विज्ञप्तिमार्फत दिएका छन्।
यसैगरी, बैठकले कांग्रेसको मर्यादाक्रम निर्धारणका लागि अर्को समिति पनि गठन गरेको छ। सो समितिको संयोजक केन्द्रीय सदस्य चिनकाजी श्रेष्ठलाई तोकिएको छ।


