Sunday, April 12, 2026
Homeमुख्य समाचारअन्नपूर्णबाट साभार

अन्नपूर्णबाट साभार

दोलखा : उत्तरी दोलखाको बिगु गाउँपालिका–४, सिंगटीमा सोमबार राति बोलेरो दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा अन्य १७ जना घाइते भएका छन् ।

वागमती प्रदेश ०१०२३ च ७५८० नम्बरको बोलेरो सोमबार राति करिब ११ बजे सिंगटी चारगोलाईमा दुर्घटना हुँदा बिगु गाउँपालिका–३ का ३५ वर्षीय विनोद केसी, ४५ वर्षीय अजिता खत्री, ५२ वर्षीय राधा खत्री र २४ वर्षीय चन्डिका खड्काको मृत्यु भएको प्रहरी निरीक्षक रञ्जन कोइरालाले जानकारी दिए ।

घाइते हुनेमा बिगु गाउँपालिकाकी २७ वर्षीय सविना श्रेष्ठ, तीर्थकुमारी खड्का, कान्छीमाया श्रेष्ठ, तुलाकुमारी श्रेष्ठ, शेरबहादुर श्रेष्ठ, चेतविक्रम खड्का, चन्द्रकुमारी खड्का, श्रीराम खड्का, कविता खड्का, सुस्मिता श्रेष्ठ, तुलकुमारी श्रेष्ठ, कीर्तनदेवी कार्की, लक्ष्मी बुढाथोकी, उर्मिला खड्का, सलोम खड्का र चालक किशोर खड्का रहेको प्रहरीले जनाएको छ ।

उनीहरूको चरिकोट र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । केही गम्भीर घाइतेलाई थप उपचारका लागि काठमाडौं रिफर गरिएको प्रहरीले जनाएको छ । दुर्घटनामा परेका १० महिने शिशु भने सकुशल रहेको प्रहरी निरीक्षक कोइरालाले बताए ।

बिगु-२, स्थित तातोपानी कुण्डमा नुहाएर घर फर्कंदै गर्दा बोलेरो दुर्घटना भएको थियो । क्षमताभन्दा बढी यात्रु बोकेको बोलेरोले उकालोमा तान्न नसक्दा अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।

अन्नपूर्णबाट साभार

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका