Wednesday, January 22, 2025
Homeमनोरन्जनअनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि...

अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार

काठमाडौं: स्टार अभिनेता अनमोल केसी शीर्ष भुमिकामा रहने फिल्म ‘जेरी अप टप’ फ्लोरमा जानको लागि तयार भएको छ । वर्कसपसँगै लोकेशनको खोजी सकेर छायांकनमा जान लागेको यो फिल्मको लागि संगीतको खोजी गर्दै निर्माण कम्पनी आवेदन आह्वान गरेको छ ।

कुनै पनि सुन्दर सांगीतिक धुनबीना हरेक प्रकारका प्रेमकथा अपूरो हुने भन्दै निर्माण कम्पनी अनन्या फिल्मसले यो फिल्मको थीममा रहेर संगीत तयार गर्न चाहनेहरूको लागि अवावर प्रदान गर्दै सार्वजनिक आह्वान गरेको हो ।

इच्छुक जो कसैले पनि जेरी अन टपुको प्रेमिलो पृष्ठभुमीमा रहेर संगीत तयार गरि यही भदौ मसान्तसम्म अनन्या फिल्मसको आधिकारिक इ-मेल ananyaflims1@gmalifs.com मा पठाउन सकिने निर्माता सरोज न्यौपानेले बताए । न्यौपानेले सामाजिक सञ्जालमा स्टाटस लेख्दै प्रतिभावान जो कसैसँग पनि सहकार्यको लागि तयार रहेको उल्लेख गरेका छन् । यो फिल्ममा कालिप्रसाद बाँस्कोटा, रिकेश गुरुङ र जोहन चाम्लिङ राई सांगीतिक डिपार्टमेन्टमा छन् ।

सुयोग गुरुङको निर्देशनमा बन्ने फिल्ममा अनमोलसँगै अभिनेत्रीद्वय आँचल शर्मा र जसिता गुरुङ प्रमुख अभिनयमा रहनेछन् । यो फिल्मको निर्माणमा न्यौपानेसँग दीपक भण्डारीले सहकार्य गरेका छन् । जेरी अन टपुलाई उपत्यकामा रीच इन्टरटेन्मेन्ट र मोफसलमा एफडी कम्पनिले वितरण अधिकार लिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका