Wednesday, October 28, 2026
Homeराजनीतिअध्यादेशबारे राष्ट्रपति–महान्यायाधिवक्ता छलफल, ‘सामग्रीमा हस्तक्षेप गर्न मिल्दैन’ सुझाव

अध्यादेशबारे राष्ट्रपति–महान्यायाधिवक्ता छलफल, ‘सामग्रीमा हस्तक्षेप गर्न मिल्दैन’ सुझाव

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले सरकारद्वारा पठाइएका अध्यादेशका विषयमा महान्यायाधिवक्ता नारायणदत्त कँडेलसँग छलफल गरेका छन्।

बिहीबार करिब एक घण्टा भएको भेटमा राष्ट्रपतिले अध्यादेशहरू अध्ययनमै रहेको जानकारी गराएका थिए। सो क्रममा उनले अध्यादेशसम्बन्धी रायसमेत मागेका थिए।

महान्यायाधिवक्ता कँडेलका अनुसार मन्त्रिपरिषदबाट निर्णय भई सिफारिस गरिएका अध्यादेश राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने हुन्छ र त्यसको सामग्री (कन्टेन्ट) मा प्रवेश गर्न नमिल्ने राय दिइएको छ।

सरकारले बुधबारसम्म ६ वटा अध्यादेश प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालयमा पठाएको छ। कँडेलले राष्ट्रपतिले कुनै एक मात्र अध्यादेश नभई समग्र विषयमा चासो राखेको र संवैधानिक सीमाभित्र रहेर काम गर्नुपर्ने धारणा राखिएको जानकारी दिए।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका