Wednesday, June 24, 2026
HomeNRN चुनाव बिशेष५ दिनको म्याद दिएर सरकारले माग्यो एनआरएनएको जवाफ (पत्रसहित)

५ दिनको म्याद दिएर सरकारले माग्यो एनआरएनएको जवाफ (पत्रसहित)

परराष्ट्र मन्त्रालयले चुनावी प्रक्रियामा प्रविधिको दुरुपयोग गरिएको, राष्ट्रिय समन्वय परिषद्को अधिवेशन तोकिएको समय भन्दा ढिला गरेको, अन्तर्राष्ट्रिय महाधिवेशन प्रतिनिधिको विवरण १५ अगस्टसम्म अन्तर्राष्ट्रिय समन्वय परिषद्को सचिवालयमा पेश गर्नुपर्नेमा सो मिति भन्दा पछि  त्यस्तो कार्य भएको जस्ता विषयमा गैरआवासीय नेपाली संघ (एनआरएनए)लाई पत्र काटेको छ ।

परराष्ट्र मन्त्रालयले पठाएको पत्रमा निर्वाचनको निष्पक्षतामाथि नै प्रश्न उठ्ने गरी गुनासाहरू आएकाले यस विषयमा सत्यतथ्य जानकारी गराउन ५ दिनको समय दिएर एनआरएनएसँग जवाफ माग गरेको हो ।

यस्तै गैरआवासीय नेपाली संघ जापानको चुनावबारे पनि प्रश्न उठाउँदै सो परराष्ट्रले निर्वाचनको वैधतामाथि प्रश्न चिन्ह खडा भएको उल्लेख गरेको छ ।

एनआरएनएको अक्टोबरमा हुने महाधिवेशन र नयाँ नेतृत्व चयन प्रक्रिया अनलाइनमार्फत नै गर्ने तयारी भइरहेको बेला सरकारले एनआरएनएले चुनावी प्रक्रियाबारे नै प्रश्न उठाउँदै पत्राचार गरेको हो ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका