Tuesday, May 26, 2026
Homeसूचना प्रविधि१२ दिन अन्तरिक्ष स्टेशनमा बसेर फर्किए जापानी अर्बपति

१२ दिन अन्तरिक्ष स्टेशनमा बसेर फर्किए जापानी अर्बपति

जापानी अर्बपति यासाकु मेजावा १२ दिने अन्तरिक्ष भ्रमण पूरा गरी पृथ्वीमा फर्किएका छन् । सन् २०२३ मा एलन मस्कको स्पेस एक्समार्फत् चन्द्रमाको भ्रमण गर्ने योजना अन्तरगतको अभ्यास दौडलाई पूर्णता दिँदै उनले अन्तराष्ट्रिय स्पेस स्टेसनको यात्रा तय गरेका हुन् ।

डिसेम्बर ८ मा कजाकिस्तानस्थित प्रक्षेपण केन्द्रबाट आफ्ना सहयोगी योजो हिरानो र रुसी अन्तरिक्षयात्री अलेक्जेन्डर मिसुर्किनसँगै सोयुज अन्तरिक्षयानमा चढेर अन्तरिक्षयात्रामा निस्किएका यासाकु डिसेम्बर २०, सोमबार सोही स्थानमा अवतरण गरेका हुन् ।

योसँगै यासाकु मेजावा पछिल्लो एक दशकयता अन्तर्राष्ट्रिय स्पेस स्टेसनको भ्रमण गर्ने पहिलो अन्तरिक्ष पर्यटक बनेका छन् ।

जापानका निकै बोलक्कड सेलिब्रेटीको रुपमा रहेका अर्बपति मेजावाले स्पेस स्टेसनबाटै आफ्नो जापानको चिवा प्रान्तस्थित आफ्नो गृहनगरको तस्वीर खिच्ने, शून्य गुरुत्वाकर्षण क्षेत्रमा चिया बनाउने तथा सुकिलो अण्डरवेयरको अभाव भएको विषयमा चर्चा गरेर आफ्ना सोसल मिडिया फलोअर्सहरूलाई मनोरञ्जन प्रदान गर्न कुनै कसर बाँकी राखेनन् ।

स्मरण रहोस् एलन मस्कको कम्पनी स्पेस एक्समार्फत् सन् २०२३ मा चन्द्रमामा पुग्ने पहिलो निजी यात्रु हुनेछन् ।

सन् २०१९ मा आफ्नो अनलाइन फेसन व्यवसाय जोजो सफ्टबैंकलाई बिक्री गरेका अर्बपति मेजावाले चन्द्रमा यात्रामा आफूसँगै जानका लागि ८ जना मानिसको खोजी गरिरहेका छन् । मेजावासँगै चन्द्रयात्रामा जानका लागि आवेदकहरूले चिकित्सा परीक्षण तथा अन्तरवार्ता समेत पास गर्नुपर्नेछ ।

रोयटर्सबाट

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका