Tuesday, May 12, 2026
Home Blog Page 856

वैशाख १ गतेदेखि भगवानबहाल बाहेक ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुल्ने

0

काठमाडौँ: समाजसेवी, राजनीतिकर्मी तथा धार्मिक अभियन्ता गङ्गादेवी थपलियाको पुस्तक ‘गङ्गादेवी थपलियाको जीवनयात्रा’ आज एक कार्यक्रमकाबीच विमोचन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देन र लेखक थपलियाले पुस्तकको विमोचन गर्नुभएको हो ।

“थपलियाले राजनीतिलाई सेवाभावका रुपमा लिनुभयो । आज पनि उहाँ उत्तिकै सक्रिय हुनुहुन्छ”, राप्रपा अध्यक्ष लिङ्देनले
भन्नुभयो ।

साहित्यकार गोपीकृष्ण प्रसाईँले पुस्तकको समीक्षा गर्दै थपलियाको पुस्तकमा सङ्घर्षका पल समेटिनुका साथै प्रतिकूल अवस्थामा पनि अगाडि बढ्नुपर्छ भन्ने सन्देश रहेको उल्लेख गर्नुभयो । “महिलाले केही गर्नुपर्छ भन्ने प्रेरणा पुस्तकबाट पाइन्छ”, उहाँले
भन्नुभयो ।

लेखक थपलियाले श्रीमानको साथ सहयोगले चुलोचौकामा सीमित नभइ समाजसेवामा लाग्न प्रेरित गरेको बताउनुभयो ।

‘महिला हरेक क्षेत्रमा सशक्त छन्’

0

नारायणगढ (चितवन): नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सचिव तथा पूर्वशिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले महिला हरेक कुरामा सवल तथा सशक्त हुने बताउनुभएको छ ।

आज चितवनको भरतपुरमा भएको एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागको तेस्रो राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले संवेदनशीलता, जिम्मेवारी वोध र परिपक्वताको हिसाबले महिला हरेक क्षेत्रमा सशक्त हुने गरेको बताउनुभएको हो । उहाँले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा ख्याति प्राप्त महिलाको नाम लिँदै महिला अधिकारको निम्ति संसारभर स्थापित भएको प्रसङ्ग उल्लेख गर्नुभयो । मुलुकको हितका लागि भएका कठिनपूर्ण आन्दोलनमा महिलाको उल्लेख्य सहभागिता रहेको र इमान्दारिता पूर्वक आफ्नो भूमिका निर्वाह गरेको उहाँले उल्लेख गर्नुभयो ।

बागमती प्रदेश सरकारका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले महिला समाज रुपान्तरणका लागि नेत्तृत्व गर्न सक्ने हुनुपर्ने उल्लेख गर्नुभयो । सङ्गठनबाट नेत्तृत्व गर्दै देशकै नेत्तृत्व गर्ने उद्देश्य राखेर आम महिला अघि बढ्नुपर्ने उहाँको भनाइ थियो । सङ्गठन बलियो भएमा मात्र स्थानीय तहदेखि केन्द्रीय तहसम्म बलियो हुने भन्दै उहाँले सङ्गठनमा लडेर नेत्तृत्वको विकास गर्नपर्ने बताउनुभयो ।

भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले अवसर पाएमा महिला कुनै कुरामा पनि कमी नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “हरेक कुरामा हामी अब्बल छौँ भन्ने कुरा हामीले पाएका अवसर र सम्पादन गरेका कार्यहरुबाट पुष्टि भएका छन् ।” महिलाले नेत्तृत्व गरेको ठाउँमा भएका काम थप राम्रो भएको उहाँको भनाइ थियो ।

एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन केन्द्रीय महिला विभागकी संयोजक छायाँ रेग्मीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्र चितवन जिल्ला इन्चार्ज घनश्याम दाहाल, एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनका अध्यक्ष शङ्कर अधिकारीलगायतले मन्तव्य राख्नुभएको थियो । सम्मेलनले आज नै ३५ सदस्यीय समिति चयन गर्नेछ । सम्मेलनमा देशभरबाट सात सय जना प्रतिनिधिको सहभागिता रहेको छ ।

लिमीका बालबालिकालाई खोप लगाइयो

0

सिमकोट (हुम्ला): जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका बालबालिकाकाले ११ महिनापछि नियमित खोप पाएका छन् ।

लिमी जाने बाटो हिमपातले अवरुद्ध भएपछि खोप कार्यक्रम कार्यान्वयनमा विलम्ब भएको हो । हिमपातले बाटो बन्द हुँदा समयमै खोप ढुवानी नहुँदा नियमित खोप कार्यक्रम प्रभावित भएको लिमी स्वास्थ्यचौकीका प्रमुख गोरखबहादुर भण्डारीले बताउनुभयो ।

गत फागुन २५ गतेदेखि चैत ७ गतेसम्म देशभर सञ्चालन भएको नौ महिनादेखिमाथिका र पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप पनि बुधबार नै लगाइएको जानकारी उहाँले दिनुभयो । लिमी स्वास्थ्यचौकीमा यो वर्ष दुई जना स्वास्थ्यकर्मीले सेवा प्रवाह गरेका हुन् ।

गौश्वाराको सिद्धभूमे सामुदायिक वनमा चिया खेती

0

गलेश्वर (म्याग्दी) : म्याग्दीको बेनी नगरपालिका–२ गौश्वाराको सिद्धभूमे हरियाली सामुदायिक वनमा चियाखेती सफल भएको छ ।

सामुदायिक वनको १० रोपनी क्षेत्रफलमध्ये चार रोपनीमा परीक्षणका रुपमा गरिएको चियाखेती सफल भएको सिद्धभूमे हरियाली सामुदायिक वन उपभोक्ता समितिका सदस्य खिमबहादुर मल्लठकुरीले जानकारी दिनुभयो ।

समुद्री सतहदेखि दुई हजार दुई सय मिटरको उचाइमा रहेको गौश्वारामा सात वर्षअघि गोल्डेन जातको चियाका पाँच हजार बिरुवा परीक्षणको रुपमा लगाइएको थियो । तिनै बिरुवा हुर्केर अहिले सो क्षेत्र चियाको वनमा रुपान्तरण भएको छ । “हामीले परीक्षणको रुपमा लगाएका बिरुवाले यस वर्षदेखि उत्पादन दिएका छन्”, उहाँले भन्नुभयो, “चिया खेती निकै राम्रो भएको छ । आगामी दिनमा बिरुवा थप्ने योजनामा छौँ ।” गौश्वारा गाउँ शीतोष्ण हावापानी भएको र पूर्वतर्फ फर्किएको जौविक विविधताले सम्पन्न नमूना गाउँ हो ।

मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ पूरा

0

म्याग्दी: म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माणाधीन ३७.५ मेगावाट क्षमताको मङ्गले राहुघाट जलविद्युत् आयोजनाको सुरुङ ‘ब्रेक थ्रु’ भएको छ ।

तुँदी पावर कम्पनी प्रवर्द्धक रहेको आयोजनाको बाँध बनेको रघुगङ्गा गाउँपालिका–८ बन्दीको अडिट १ र खरिबोटस्थित अडिट २ जोड्ने सुरुङको बुधबार साँझ ब्रेक थ्रु भएको हो । आयोजनाका आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले अडिट १ र २ जोड्ने एक हजार नौ सय मिटर लामो सुरुङ छेडिएको जानकारी दिनुभयो ।

“अडिट २ र मलाङस्थित अडिट ३ जोड्ने एक हजार आठ सय मिटर लामो सुरुङ यसअघिनै जोडिएको थियो”, उहाँले भन्नुभयो, “बाँधदेखि विद्युत्गृहमा पानी लैजान पाँच हजार तीन सय २८ मिटर लामो सुरुङ निर्माण भएको छ ।”

सुरुङ छेडिएपछि प्रवद्र्धक, सिभिल ठेकेदार एसियन इन्फ्रास्ट्रक्चरका प्राविधिक र कर्मचारीहरुले खुशियाली मनाएका छन् । तीन वर्षअघि चार ठाउँबाट सुरुङ निर्माण सुरु भएको थियो ।

बाँध नजिकै पानी थिग्र्याउने पोखरी निर्माण सकिएको छ । मलाङको ‘आउटलेट’देखि चिमखोलाको बगरखोला र राहुघाटको दोभानमा निर्माणाधीन बाँध जोड्ने नौ सय मिटर पाइप लाइन जडान भइरहेको छ । तीन सय मिटर ‘पेनस्टक’ पाइप जोड्न बाँकी छ । आउटलेट र विद्युत्गृहको उचाइ तीन सय ५० मिटर छ । विद्युत्गृह निर्माणलाई अन्तिमरुप दिनुका साथै ‘इलेक्ट्रोमेकानिकल’ उपकरण जडानको ४० प्रतिशत काम पूरा भएको छ ।

तुँदीले राहुघाटमा एकै साथ दुई वटा जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । मङ्गले राहुघाटको विद्युत्गृह नजिकै बगरखोलाको पानी मिसाएर ४८ दशमलव ५ मेगावाट विद्युत् उत्पादन गर्ने अर्को अपर राहुघाट जलविद्युत् आयोजना निर्माणाधीन छ ।

करिब रु १४ अर्ब लागतमा विसं २०७७ मा सुरु भएका दुईवटै आयोजनाको ८५ प्रतिशत भौतिक निर्माण पूरा भएको इञ्जिनियर तिमिल्सिनाले बताउनुभयो । बगरदेखि दग्नाम गाउँको फेदीमा निर्माणाधीन विद्युत्गृह जोड्ने अपर राहुघाटको चार हजार नौ सय मिटर लामो सुरुङ छ महिनाअघि निर्माण भएको थियो ।

अपर राहुघाटको विद्युत्गृह ७५ प्रतिशत र बाँध निर्माणको ५० प्रतिशत भौतिक प्रगति भएको छ । मङ्गले राहुघाटको सन् २०२४ को डिसेम्बर र अपर राहुघाटको जुन महिनामा विद्युत् उत्पादन गर्ने तयारी छ ।

उत्पादित विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोड्न रघुगङ्गा–३ अम्बाङमा बन्न लगेको राहुघाट ‘सबस्टेसन’देखि चिमखोलासम्म दुई सय केभी क्षमताको १४ किलोमिटर लामो प्रसारण लाइन बनाउन थालिएको छ ।

नेपाल विद्युत् प्राधिकरणले अम्बाङमा सबस्टेसन निर्माणमा ढिलाइ गरेकाले वैकल्पिक माध्यमबाट विद्युत् राष्ट्रिय प्रसारणमा जोड्ने तयारी छ । राहुघाट नदीको सहायक ठूलोखोलामा संयुक्त ऊर्जा प्रालिले २१ दशमलव ३ मेगावाट क्षमताको ठूलोखोला र ठूलोखोला हाइड्रोपावर लिमिटेडले २२.५ मेगावाट क्षमताको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण गरिरहेका छन् ।

राहुघाट नदीमै नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रो लिमिटेडले ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । राहुघाटको ७५ प्रतिशत पूर्वाधार निर्माण पूरा भएको छ ।
–––

वैशाख २ गतेदेखि भर्ना अभियान : सबै जिल्लामा पाठ्यपुस्तक पुर्याइयो

0

काठमाडौँ, २९ चैत : नयाँ शैक्षिकसत्र सुरु हुनु तीन दिन अगावै जनक शिक्षा सामग्री केन्द्रले ७७ वटै जिल्लामा पाठ्यपुस्तक पुर्याएको छ ।

केन्द्रका प्रबन्ध सञ्चालक अनिलकुमार झाले देशका विभिन्न भागमा रहेका नौ वटा बिक्री केन्द्रमा शैक्षिकसत्र–२०८१ का लागि सबै विषयका पुस्तक छापेर पुर्याइएको राससलाई बताउनुभयो । केन्द्रले प्रकाशन गरेको कार्यतालिकाअनुसार विराटनगर, जनकपुर, सानोठिमीस्थित केन्द्रीय कार्यालय, भरतपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट यही चैत १३ देखि २८ गतेसम्म पाठ्यपुस्तक बिक्री भएका छन् । केन्द्रले चालु शैक्षिकसत्रमा पनि समयमा नै किताब पु¥याएको थियो ।

प्रबन्ध सञ्चालक झाका अनुसार आउँदो शैक्षिकसत्रका लागि जिम्मेवारी दिइएको कक्षा ५ देखि १२ सम्मका एक करोड ७५ लाख थान किताब छापेर फागुनदेखि नै बिक्री सुरु गरेको थियो । केन्द्रले २४ सैँ घण्टा पुस्तक छापेको थियो । “हामीले भरमग्दुर प्रयास गरेर समयमा जिल्ला जिल्लामा पाठ्यपुस्तक पुर्याउने जिम्मेवारी पूरा गरेका छौँ । अब बिक्रेतामार्फत विद्यार्थीका हातहातमा पुस्तक पुग्नेछन्”, उत्साहित हुँदै प्रबन्ध सञ्चालक झाले भन्नुभयो, “राज्यको भर्ना अभियान आरम्भ हुँदा विद्यार्थीको हातमा पाठ्यपुस्तक पुगेनन् भन्ने गुनासो सम्भवतः अब सुन्नुपर्दैन । कुनै कारणवश कहीँ नपुगेको जानकारीमा आए तत्काल सम्बन्धित प्रदेश कार्यालयबाट आवश्यक व्यवस्था गरिनेछ ।”

कक्षा १ देखि ४ सम्मका पाठ्यपुस्तक छपाइ र वितरणको जिम्मेवारी निजी क्षेत्रले पाएको छ भने यस वर्षदेखि पाठ्यक्रम विकास केन्द्रले पूर्वप्राथमिक तहमा एकीकृत पाठ्यक्रममा आधारित भएर सूचीकृत (अनुमतिप्राप्त) प्रकाशनका पाठ्य सामग्री प्रयोग गर्न निर्देशन दिएको छ ।

केन्द्रले आगामी शैक्षिकसत्रका लागि कक्षा ३ देखि १२ सम्मका पाठ्यपुस्तकको मूल्यसूची र हरेक प्रदेशका लागि सूचीकृत बिक्रेताको मूल्यसूची पनि सार्वजनिक गरेको छ । शैक्षिकसत्रअगावै बजारमा पुस्तक उपलब्ध गराउन गत वर्षदेखि नै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सम्बन्धित निकायलाई अभिप्रेरित गराउँदै आउनुभएको छ भने यस वर्ष शिक्षामन्त्री सुमना श्रेष्ठले यही चैत १ गते केन्द्रको भक्तपुरस्थित कार्यालय र प्रेस निरीक्षण गरी समयमा पुस्तक उपलब्ध गराउन निर्देशन दिनुभएको थियो ।

भर्ना अभियान सुरु हुँदै

नयाँ शैक्षिकसत्रका लागि आगामी वैशाख २ गतेदेखि देशभर विद्यार्थी भर्ना अभियान सुरु हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा तथा मानव स्रोत विकास केन्द्रले विद्यार्थी भर्ना अभियान सहजीकरण कार्ययोजना तयार गरी कार्यान्वयनका लागि स्थानीय तह र अन्य सम्बन्धित पक्षलाई आग्रह गरेको छ । अभियानको पहिलो दिन वैशाख २ गते सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका महासङ्घ, गाउँपालिका महासङ्घ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया गर्ने कार्यक्रम छ । वैशाख २ देखि २१ गतेसम्म एफएम रेडियोबाट अभियानको सन्देश प्रसारण गरिने शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक गोविन्दराज पोख्रेलले जनाउनुभयो ।

सामुदायिक विद्यालयकेन्द्रित हुने यस अभियानअन्तर्गत वैशाख २ गते स्थानीय तहको निर्देशनअनुरुप विद्यालय व्यवस्थापन समिति र शिक्षक अभिभावक सङ्घले विद्यालयमा भर्ना भएका विद्यार्थीलाई पाठ्यपुस्तक वितरण गर्दै भर्ना अभियान थालिनेछ । वैशाख ५ गते अभियानको ब्यानरसहित घरदैलो कार्यक्रम, वैशाख ७ गते अभिभावकविहीन बालबालिकाको अभिभावकत्व लिन समाजका उदारमना सदस्यसँग आह्वान गर्नेलगायत कार्यक्रम निर्धारण भएको छ ।

अभियानकै क्रममा वैशाख १० गते उक्त दिनसम्म भर्ना भएका विद्यार्थीलाई पोसाक र छात्रवृत्ति प्रदान गरिनेछ । वैशाख १५ देखि २० गतेसम्म शिक्षा विकास तथा समन्वय एकाइबाट प्राप्त विवरणका आधारमा विद्यार्थी विवरण तयार गरी मन्त्रालय पठाइने केन्द्रले जनाएको छ । निजी क्षेत्रका अधिकांश विद्यालयले भने वैशाखको पहिलो सातादेखि कक्षा सञ्चालन हुने गरी भर्ना प्रक्रिया सुरु गरिसकेका छन् ।

‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षा प्राप्तिको सुनिश्चितता’ आदर्श वाक्य रहेको भर्ना अभियानले विद्यालय जाने उमेर समूहका सबै बालबालिकालाई भर्ना गराइ शिक्षासम्बन्धी नेपालको संविधानको मौलिक हक (धारा ३१) कार्यान्वयनलाई सुनिश्चित गर्ने लक्ष्य लिएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको ‘फ्ल्यास रिपोर्ट, २०७९’ अनुसार पूर्वप्राथमिक तहको कूल भर्नादर ९४ दशमलव ९ प्रतिशत छ । विगतको तुलनामा विद्यालय भर्नादर बढे पनि बीचमै पढाइ छाड्ने प्रवृत्ति भने अन्त्य भएको छैन।

महिलालाई उद्यम गर्न सघाउँदै बागलुङको तमानखोला गाउँपालिका

0

ढोरपाटन (बागलुङ): जिल्लाको तमानखोला गाउँपालिकाले महिलालाई उद्यमसँग जोडेर आत्मनिर्भर बनाउने प्रयास थालेको छ । गाउँपालिकाले छवटै वडाका महिलालाई सीप सिकाएर उद्यमसँग जोडेको हो ।

गाउँका महिलाले सीप सिकेर लघुउद्यम सञ्चालन थालेका छन् । दुई वर्ष अगाडिसम्म घरधन्दामा सीमित उनीहरू अहिले कपडा उत्पादन, सिलाइ, साबुन उत्पादन, सिस्नोबाट पाउडर बनाउने, डालो र डोको बुन्नेलगायत काममा व्यस्त भएका छन् ।

गाउँपालिकाको वडा नम्बर ३ तमान गाउँका महिलाले झोला, सल, सुइटर, टोपी बनाएका छन् । महिला कल्याण आमा समूहमा आबद्ध भएर उनीहरू उद्यममा लागेका हुन् । गाउँपालिकाले दिएको तालिमले आफूहरुको दैनिकी बदलिएको स्थानीय जुनुमाया घर्ती मगरले बताउनुभयो । बिहान बेलुका घरको काम धन्दा गर्ने र दिउँसो कपडा बुन्ने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “एक्लैभन्दा समूहमा काम गर्दा फाइदा हुन्छ, अहिले गाउँका दिदीबहिनी मिलेर उद्यम गरेका छौँ, हाम्रो आर्थिक अवस्थामा सुधार आएको छ, सेवाग्राहीको मागअनुसार उत्पादन पनि बढाएका छौँ ।”

वडा नम्बर २ को लघुउद्यमी महिला समूहले झोला उत्पादन गर्दै आएको छ । वडा नम्बर ५ को खुङ्खानीका महिला समूहले सिस्नोको पाउडर, बोङगाखानी लघुउद्यम आमा समूहले भेडाको ऊनबाट काम्लो उत्पादन गरी बजारीकरण गर्दै आएको छ । वडा नम्बर १ को सिर्जनशील लघुउद्यमी समूहले साबुन सरफलगायत सामग्री उत्पादन गर्दै आएको छ । स्थानीय स्रोत साधानको प्रयोगबाट आफूहरू उद्यममा लागेको माया विकले बताउनुभयो । विगतमा घाँस–दाउरा र पशुपालनमा व्यस्त उहाँ अहिले साबुन उत्पादनमा तल्लीन हुनुहुन्छ ।

महिलाले उत्पादन गरेका सामग्री प्रवद्र्धनका लागि गाउँपालिकाले सहयोग गर्दै आएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले बताउनुभयो । गाउँपालिकाले वडा नम्बर ३ मा महिला उद्यमीका लागि भवन निर्माण गरिसकेको भन्दै उनीहरुले उत्पादन गरेको खादा, दोसल्लालगायत सामग्री गाउँपालिकाले आयोजना गर्ने विभिन्न कार्यक्रममा प्रयोग हुने गरेको उहाँले जानकारी दिनुभयो । उत्पादित सामग्री बजारसम्म पु¥याउन ढुवानीको व्यवस्था गरिएको उहाँ बताउनुहुन्छ ।

अध्यक्ष बुढामगरले भन्नुभयो, “दिदीबहिनीलाई आत्मनिर्भर बनाउन सीप सिकाउनेदेखि उद्यम गर्न सहयोग गर्दै आएका थियौँ, अब उहाँहरुले उत्पादन गरेका वस्तुलाई बजारीकरण गर्न पनि साथ दिन्छौँ, सीपले उहाँहरुलाई आत्मनिर्भर बनाएको छ ।”

इजरायलले गल्ती गर्‍याे, सजाय पाउँछ- इरानी सर्वोच्च नेता खामेनी

0

काठमाडौं। इरानका सर्वोच्च नेता आयतोल्लाह अली खामेनीले सिरियाको राजधानीमा रहेको इरानको वाणिज्य दूतावासमा भएको आत्मघाती हमलाको लागि इजरायललाई कारबाही गर्नुपर्ने र त्यसको सजाय भोग्नुपर्ने बताएका छन्।

इदको अवसरमा इरानको राजधानी तेहरानमा आयोजित एक सभालाई सम्बोधन गर्दै अली खामेनीले यस्तो बताएका हुन्। इरानको सरकारी टिभीका अनुसार खामेनीले अप्रिल १ मा वाणिज्य दूतावासमा हमला गरेर इजरायलले गल्ती गरेको बताएका छन्।

खामेनीले भने, ‘सिरियाको वाणिज्य दूतावासमा हमला गर्नु ठूलो गल्ती हो। कुनै पनि देशमा रहेको दूतावासलाई त्यो देशको हिस्सा मानिन्छ। हाम्रो भूमिमा आक्रमण भएको छ।’

इजरायलको आक्रमणमा इरानको रिभोलुसनरी गार्डका दुई शीर्ष कमाण्डर र पाँच अधिकारीको मृत्यु भएको थियो। इरानका शीर्ष कमाण्डर र उनका सहायक एक मिसनमा सिरिया गएका थिए, त्यही क्रममा हमला भएको थियो।

इजरायलले अक्टोबर ७ देखि हमास विरुद्ध युद्ध गरिरहेको छ। इजरायलले गरेको यो युद्धमा ३३ हजारभन्दा बढी प्यालेस्टिनी नागरिकले ज्यान गुमाएका छन्।

युद्ध चलिरहेको बेलादेखि, लेबनानको सीमा नजिकै उत्तरी इजरायलमा इजरायल र इरान समर्थित समूह हिजबुल्लाहबीच लगभग दैनिक गोलीबारी भइरहेको छ।

साउदी अरेबियाको मक्काको मस्जिदबाट हाम फालेर आत्महत्याको प्रयास गरेपछि…

0

काठमाडौं । इस्लाम धर्मको सबैभन्दा पवित्र स्थान साउदी अरबको मक्काको ग्रान्ड मस्जिदमा मंगलबार एक व्यक्तिले आत्महत्याको प्रयास गरेका छन् । इस्लाम धर्मावलम्बीहरुको पवित्र महिना रमजान र ईदको अन्त्य हुनुअघि ती व्यक्तिले आत्महत्याको प्रयास गरेका थिए ।

सुरक्षा अधिकारीका अनुसार ती व्यक्तिले अल–मस्जिद अल–हरमको माथिल्लो तलाबाट हाम फालेका थिए । हाम फालेर ती व्यक्ति घाइते भएका छन् । तर, उनलाई हतारमा अस्पताल पुर्याइयो, जसले उनको ज्यान जोगियो ।

अधिकारीहरूले यस विषयमा अनुसन्धान गरिरहेका छन्। तर, आत्महत्याको प्रयास गर्ने व्यक्तिको पहिचान र राष्ट्रियता भने खुल्न सकेको छैन । सामाजिक सञ्जाल साइट एक्समा यो जानकारी दिँदै साउदी अधिकारीहरूले घटनाबारे आवश्यक प्रक्रिया पूरा भइसकेको बताए।

मक्काको मस्जिद भित्र आत्महत्याको यो पहिलो घटना होइन तर यसअघि पनि यस्ता घटना देखिएका छन् । सन् २०१८ मा यस्ता तीनवटा घटना घटेका छन् । एउटा घटनामा, एक इराकी मुस्लिमले पवित्र काबाको परिक्रमा क्षेत्रको उचाइबाट हाम फालेर आत्महत्या गरे।

इस्लाम धर्मावलम्बीहरुको नमाज पढ्ने र काबाको परिक्रमा गर्ने क्रममा काबाको उचाइबाट हुसेन हमिद अल हैदरी नामका एक इराकी व्यक्तिको ज्यान गएको छ ।

सोही वर्षको जुन महिनामा एकजना फ्रान्सेली मुस्लिमले मस्जिदको छतबाट हाम फालेका थिए । उनलाई अस्पताल लगिएकोमा उनको मृत्यु भएको हो ।

तेस्रो केस एक बंगलादेशी मुस्लिमको थियो जसमा ती व्यक्तिले मस्जिदको पहिलो तल्लाबाट पवित्र काबाको परिक्रमा क्षेत्रमा हाम फालेका थिए। उक्त व्यक्ति सुडानका एक अधबैंसे व्यक्तिमाथि खसे, उनी पनि घाइते भए र बंगलादेशीले ज्यान गुमाए।

सन् २०१७ मा पनि आत्महत्या प्रयासको घटना सार्वजनिक भएको थियो । साउदी अरबका एक व्यक्तिले मस्जिद परिसरमा आगो लगाएर आत्महत्या गर्ने प्रयास गरेका थिए तर सुरक्षाकर्मीको चासोका कारण जोगिएका थिए ।

साउदी अरबमा अप्रिल १० बुधबार इद मनाइँदैछ, जसलाई मध्यनजर गर्दै मक्कामा विश्वभरका मानिसहरुको भीड लागेको छ । इद मनाउन संसारभरबाट आएका मानिसहरुको भीड मक्का मस्जिद वरपर जम्मा भएको छ ।

राष्ट्रियसभा उपाध्यक्ष घिमिरेद्वारा शपथ

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितिमा राष्ट्रियसभाका नवनिर्वाचित उपाध्यक्ष विमला घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित एक समारोहकाबीच राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालसमक्ष उपाध्यक्ष घिमिरेले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

राष्ट्रियसभा नियमावली, २०७५ को नियम २१७ ‘क’को अनुसूची २ बमोजिम उपाध्यक्ष घिमिरेले राष्ट्रियसभाको उपाध्यक्ष पदको शपथ लिनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सभामुख देवराज घिमिरे, उच्च सरकारी अधिकारीलगायतको उपस्थिति थियो ।

राष्ट्रियसभाको आजको बैठकमा उपाध्यक्ष पदको मत विभाजनका माध्यमबाट सम्पन्न निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद विमला घिमिरे निर्वाचित हुनुभएको थियो ।