Facebook
Sign in
  • News
  • Fashion
  • Gadgets
  • Lifestyle
  • Video
Sign in
Welcome!Log into your account
Forgot your password?
Password recovery
Recover your password
Search

Logo

Monday, May 11, 2026
Facebook

Logo

  • होमपेज
  • सामाचार
  • टृब्युन स्पेसल
  • राजनीति
  • देश र प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
  • प्रवास
    • अमेरिका
    • क्यानाडा
    • यूरोप
    • मध्य पूर्वी
    • अस्ट्रेलिया
    • जापान
    • कोरिया
  • अर्थ र ब्यापार
  • मनोरन्जन
  • अन्य
    • अन्तरवार्ता
    • खेलकुद
    • विचित्र संसार
    • बालसंसार
    • कला/साहित्य
    • सुन्दर नेपाल
    • सुन्दर नेपाल
    • सूचना प्रविधि
    • स्वास्थ्य र जीवनशैली
  • भिडियो
  • English
Home Blog Page 846

हलेसी तुवाचुङ नपाद्वारा इन्जिनियरिङ पढ्न एक लाख छात्रवृत्ति प्रदान

By
Himalayan Tribune
-
April 19, 2024
0

खोटाङ: हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न वडा नं ४ बडहरेका विकेश सिलवाल र वडा नं ६ मङ्गलटारका हेमन राईलाई जनही रु एक लाख प्रदान गरेको छ । पालिकाले छात्रवृत्तिस्वरुप उक्त रकम उपलब्ध गराएको हो ।

नगरपालिकाले बिहीबार उक्त रकम प्रदान गरेको हो । नगर कार्यपालिकाद्वारा पारित छात्रवृत्ति कार्यक्रमअन्तर्गत पहिलो पटक दुई छात्रलाई प्रोत्साहन रकम उपलब्ध गराइएको नगरप्रमुख विमला राईले जानकारी दिनुभयो । “नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ । नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ”, उहाँले भन्नुभयो, “चिकित्साशास्त्र, कृषि तथा पशु विज्ञान, वन तथा वातावरण विज्ञान, इन्जिनीयरिङ र सूचना प्रविधिका विषय गरी पाँच विषयमा उच्च शिक्षा अध्ययन गर्नेलाई रकम प्रदान गरिने छ ।”

यसैबीच, हलेसी तुवाचुङ नगरपालिकामा सञ्चालित सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर क्रमशः सुधार भएको छ । गत वर्षको परीक्षामा करिब २२ प्रतिशत विद्यार्थीमात्र सबै विषयमा उत्तीर्ण भएकामा यस वर्ष ४० दशमलव ६३ प्रतिशत उत्तीर्ण भएको नगरप्रमुख राईले बताउनुभयो । गत वर्षदेखि नगरपालिकाले सामुदायिक विद्यालयको परीक्षा सञ्चालन, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन व्यवस्थित गर्न थालेको थियो । कक्षा ४ देखि ९ सम्मको वार्षिक परीक्षामा फरक विद्यालयका शिक्षकलाई फरक विद्यालयमा परीक्षा केन्द्राध्यक्ष बनाएर खटाइएको थियो ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो । शैक्षिकसत्र २०८०÷८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँचजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए । यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन् ।

 

बागमती, गण्डकी र कर्णालीमा हल्का वर्षा हुने

By
Himalayan Tribune
-
April 19, 2024
0

काठमाडौँ: हाल मुलकमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले अहिले सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भेगमा मौसम मुख्यतया सफा रहेको जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका पहाडी भागमा आंशिक बदली हुने तथा बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ ।

त्यसैगरी, देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा वर्षा र हिमपातको पनि सम्भावना छ । आज राति देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार कोशी प्रदेशका पहाडी भूभागका केही स्थान तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा मेघगर्ज र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा पानी र हिउँ पर्नेछ । लुम्बिनी, कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका केही स्थानमा हुरीबतासको सम्भावना रहेकाले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगलागीबाट सात बिघा जमिनको गहुँबाली नष्ट

By
Himalayan Tribune
-
April 19, 2024
0

महेन्द्रनगर (कञ्चनपुर): कञ्चनपुरको दोधारा चाँदनी नगरपालिकामा बिहीबार आगलागीबाट सात बिघाभन्दा बढी जमिनको गहुँबाली नष्ट भएको छ ।

दोधारा चाँदनी–७ बाबाथानमा रुखको हाँगामा बिजुलीको तार खसेपछि निस्केको आगोको झिल्काले गहुँबालीमा आगलागी भएको दोधारा चाँदनी नगरपालिकाका प्रवक्ता ओम बस्नेतले जानकारी दिनुभयो । उहाँले स्थानीय पुजन बरालसहित १५ स्थानीयको गहुँबालीमा आगलागी भएको बताउनुभयो ।

“आगलागीबाट सात बिघा जमिनको गहुँबाली पूर्ण रूपमा क्षति भएको छ”, बस्नेतले भन्नुभयो, “स्थानीय, सुरक्षा निकाय, जनप्रतिनिधि र भीमदत्त र दोधारा चाँदनी नगरपालिकाको दमकलको सहायताले आगो निभाइएको थियो ।”

भित्र्याउने बेलाको गहुँ खेतमै जल्यो

टीकापुर– कैलालीको जोशीपुर गाउँपालिका र भजनी नगरपालिकामा आगलागीबाट किसानको घर भित्र्याउने बेलाको गहुँ खेतमै जलेको छ । जोशीपुरमा १३ कठ्ठा र भजनीमा आठ कठ्ठा जमिनमा लगाएको गहुँ नष्ट भएको हो ।

आगलागीबाट जोशीपुर–४ खर्चुवाका किसान परशुराम चौधरीको काटेर थुपारेको र काट्न बाँकी रहेको गहुँ जलेको इलाका प्रहरी कार्यालय जोशीपुरले जानकारी दिएको छ । तेह्र कठ्ठा जमिनमा लगाएको बाली नष्ट भएपछि चौधरीको परिवार पीडामा छ ।
स्थानीयका अनुसार बिजुलीको तार गहुँखेतमा लत्रिएका कारण आगलागी भएको हो । आगो स्थानीय बासिन्दा, प्रहरी र टीकापुरको दमकलको सहायतामा निभाइएको थियो ।

यसैगरी, भजनी नगरपालिका वडा नं ८ जनकपुरमा नारायणप्रसाद देवकोटाले आठ कठ्ठामा लागएको काट्ने बेला भएको गहुँमा आगो लागेको छ

 

पाथीभरा क्षेत्रमा मदिरा बिक्री, सेवनमा प्रतिबन्ध

By
Himalayan Tribune
-
April 19, 2024
0

फुङ्लिङ (ताप्लेजुङ): ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ । पाथीभरा क्षेत्र विकास समितिले सार्वजनिक सूचना जारी गरेर काफ्लेपाटी, बलुडाँडा, गुराँसे, माथिल्लो फेदीबजार तथा होटलमा मदिरा बेच्न तथा सेवनमा निषेध गरेको हो ।

तीर्थयात्रीको सुरक्षा र स्वास्थ्यलाई दृष्टिगत गरी मदिरा निषेध गरिएको जनाइएको छ । पाथीभरा क्षेत्रमा मदिराजन्य पदार्थको सेवन, ओसारपसार र बिक्री पूर्ण रूपमा निषेध गरिएसँगै यसको प्रभावकारी कार्यान्वयनका लागि सम्बद्ध सबै पक्षसँग समितिले आग्रह पनि गरेको छ ।

जन्ती बोकेको बस दुर्घटना, तीनजनाको मृत्यु, ५२ घाइते

By
Himalayan Tribune
-
April 19, 2024
0

चौतारा (सिन्धुपाल्चोक): जिल्लाको पिस्कर–५ धारावतीमा जन्ती बोकेको बस दुर्घटना हुँदा तीनजनाको घटनास्थलमै मृत्यु भएको छभने अन्य ५२ जना घाइते भएका छन् । दोलखाबाट जन्ती लिएर आउँदै गरेको रोल्वालिङ यातायातको बा४ख ५६१६ नम्बरको बस त्रिपुरासुन्दरी गाउँपालिका–५ धारावतीमा आज बिहान ७ बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक निरञ्जन भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको उद्धार गरी अस्पताल पठाउन थालिएको उहाँले बताउनुभयो । उहाँका अनुसार बस भिरमा खसेकाले उद्धारमा केही समस्या भएको छ ।

प्रधानमन्त्रीसँग विपिन जोशीका परिवारको भेट

By
Himalayan Tribune
-
April 19, 2024
0
काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुबाआमासहित परिवारका सदस्यले भेट गरेका हुन् । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप प्रयासका लागि प्रधानमन्त्रीसँग अनुरोध गरेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ । प्रधानमन्त्री दाहालले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र त्यस निम्ति निरन्तर पहल गरिरहेको बताउँदै चाँडै सकारात्मक परिणाम आउनेमा आफू आशावादी रहेको उल्लेख गर्नुभयो । –––

सुदूरपश्चिम विश्वविद्यालयमा तीन सयभन्दा बढी विद्यार्थी दीक्षित हुने

By
Himalayan Tribune
-
April 18, 2024
0

महेन्द्रनगर (कञ्चनपुर): सुदूरपश्चिम विश्वविद्यालयमा आगामी आइतबार तीन सय ७६ जना विद्यार्थी दीक्षित हुने भएका छन् ।

विश्वविद्यालयले आज कञ्चनपुरको महेन्द्रनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आगामी वैशाख ९ गते हुने चौथो दीक्षान्त समारोहको तयारी अन्तिम चरणमा पुगेको जानकारी गराएको छ । सुदूरपश्चिम विश्वविद्यालयका परीक्षा नियन्त्रक अनुराधा रोकायाले कूल एक हजार तीन सय ३७ विद्यार्थीमध्ये तीन सय ७६ जना प्रत्यक्ष दीक्षित हुने जानकारी दिनुभयो ।

उहाँले यो पटक अनलाइनबाट पनि फारम सङ्कलन गरेको बताउनुभयो । “विद्यार्थीको सहजताका लागि अनलाइन फारम भर्ने व्यवस्था गरेका थियौँ ।” उहाँले भन्नुभयो, “अहिले आवश्यक तयारी भइरहेको छ ।”

सुदूरपश्चिम विश्वविद्यालयका एवं प्रधानमन्त्री कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा हुने दीक्षान्त समारोहमा भारतको कुमाउ विश्वविद्यालयका कुलपति दिवानसिंह रावतको प्रमुख आतिथ्यता रहने विश्वविद्यालयले जनाएको छ ।

दीक्षान्त समारोहमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठलगायत विशिष्ट व्यक्तिहरुको सहभागिता रहनेछ । सुदूरपश्चिम विश्वविद्यालयका निमित्त उपकुलपति कर्णबहादुर थापाले समयमै दीक्षान्त समारोह हुने गइरहेको बताउनुभयो ।

व्यवस्थापन सङ्काय केन्द्रीय क्याम्पस स्नाकोत्तर तहका विद्यार्थी हेमन्त भट्टलाई चान्सलर र केन्द्रीय क्याम्पस इन्जिनियर सङ्काय स्नातक तहका नवीनप्रसाद भट्टलाई भाइस चान्सलर पदक पाउने भएको विश्वविद्यालयले जनाएको छ ।

स्वीडेनमा लिङ्ग परिवर्तन गर्न सजिलो, संसदबाट पारित भयो कानुन

By
Himalayan Tribune
-
April 18, 2024
0

काठमाडौं । स्वीडेनको संसदले बुधवार कानुनी रूपमा लिङ्ग परिवर्तन गर्नका लागि आवश्यक उमेर १८ बाट १६ वर्षमा झार्ने कानुन पारित गरेको छ । यद्यपि, १८ वर्ष मुनिका युवाहरूले अझै पनि अभिभावक, डाक्टर र राष्ट्रिय स्वास्थ्य तथा कल्याण बोर्डबाट अनुमति लिनुपर्नेछ।

अब लिंग डिसफोरिया निदानको लागि आवश्यक पर्दैन। चिकित्सा पेशेवरहरूका अनुसार, लिङ्ग डिसफोरिया एक मनोवैज्ञानिक तनाव हो जसको लिङ्ग अभिव्यक्तिले उनीहरूको लिङ्ग पहिचानसँग मेल खाँदैन।

करिब ६ घण्टासम्म चलेको बहसपछि पक्षमा २३४ सांसद, विपक्षमा ९४ र २१ अनुपस्थित थिए । स्वीडेनका कन्जरभेटिभ प्रधानमन्त्री उल्फ क्रिस्टरसनको सेन्टर लेफ्ट गठबन्धन यस मुद्दामा विभाजित भएको छ। डेनमार्क, नर्वे, फिनल्याण्ड र स्पेन पहिले नै समान कानून भएका देशहरू हुन्।

गत शुक्रबार, जर्मन सांसदहरूले समान कानूनलाई अनुमोदन गरे जसमा ट्रान्सजेन्डर, इन्टरसेक्स र गैर-बाइनरी व्यक्तिहरूलाई आधिकारिक रेकर्डमा आफ्नो नाम र लिङ्ग परिवर्तन गर्न सीधा रजिस्ट्री कार्यालयहरूमा सजिलो बनाइएको थियो।

बेलायतमा, स्कटिश संसदले २०२२ मा एक बिल पारित गर्‍यो जुन १६ वर्ष वा माथिका मानिसहरूलाई स्व-घोषणाद्वारा पहिचान कागजातहरूमा उनीहरूको लिङ्ग पदनाम परिवर्तन गर्न अनुमति दिन्छ।

दुबईमा भीषण बर्षा, क्लाउड सीडिङ कारण हो?

By
Himalayan Tribune
-
April 18, 2024
0

दुबई । सुख्खा हावापानी र अत्यधिक तापक्रमका लागि परिचित दुबईमा मंगलबार मुसलधारे पानी परेपछि जनजीवन अस्तब्यस्त भएको छ । अचानक आएको बर्षातले सम्पूर्ण मरुभूमि देशमा ठूलो बाढी निम्त्याएको थियो।

अचानक भारी वर्षाले चलायमान नगरको गतिलाई मात्र रोकेको छैन तर यस क्षेत्रका चरम मौसमी घटनाहरूमा जलवायु परिवर्तनको बढ्दो प्रभावको चिन्ता पनि बढाएको छ।

संयुक्त अरब इमिरेट्समा औसत वार्षिक वर्षा २०० मिमी भन्दा कम छ। गर्मीमा ५० डिग्री सेल्सियससम्म तापक्रम बढे पछि युएईमा पानीको ठूलो संकट छ । देश भूजल स्रोतमा निर्भर छ, जहाँ पानीको उपलब्धता अत्यन्तै कम रहेको छ।

पानी संकटको महत्वपूर्ण समस्यालाई सम्बोधन गर्न युएईले यसलाई समाधान गर्न नयाँ दिशामा कदम चालेको छ । यी मध्ये एक विधि क्लाउड सीडिङ ​​मार्फत कृत्रिम वर्षा बनाउनु हो। यो वर्षा बढाउनको लागि मौसम परिमार्जनको एक रूप हो। तर यसले कसरी काम गर्छ ? जानौं ।

क्लाउड सीडिङ ​​भनेको के हो ?

क्लाउड सीडिङ ​​एक प्रविधि हो जसमा सीडिङ ​​एजेन्टहरू लाई बादलमा छोडिन्छ र कन्डेन्सेसन प्रक्रिया बढाउन र वर्षा सुरु हुन्छ। यो प्रक्रिया एनसिएमले मौसम पूर्वानुमानको आधारमा वायुमण्डलीय अवस्थाको निगरानी र वर्षाको ढाँचामा आधारित सीडिङका लागि उपयुक्त बादलहरू पहिचान गरेर सुरु हुन्छ।

युएईले पहिलो पटक सन् १९८२ मा क्लाउड सिडिङको परीक्षण गरेको थियो। २००० को प्रारम्भमा कोलोराडो संयुक्त राज्य अमेरिकाको नेशनल सेन्टर फर एटमोस्फेरिक रिसर्च दक्षिण अफ्रिकाको विश्वविद्यालय र नासाद्वारा वैज्ञानिक र प्राविधिक अनुसन्धानले खाडी देशमा कृत्रिम वर्षा गराएको थियो ।

वर्षा संवर्धन कार्यक्रमलाई एमिरेटको नेशनल सेन्टर अफ मेटियोरोलोजीद्वारा व्यवस्थित गरिएको छ। यस कृत्रिम वर्षा कार्यक्रम अन्तर्गत वैज्ञानिकहरूले यूएईको वायु मण्डलको भौतिक र रासायनिक विशेषताहरू विशेष गरी एरोसोल र प्रदूषकहरू र क्लाउड गठनमा तिनीहरूको प्रभावहरूको विश्लेषणमा केन्द्रित थिए। यसको उद्देश्य क्लाउड विकास र वर्षा बृद्धि गर्न प्रभावकारी एजेन्ट पहिचान गर्नु थियो।

यस कृत्रिम वर्षा कार्यक्रम अन्तर्गत वैज्ञानिकहरूले युएईको वायुमण्डलको भौतिक र रासायनिक विशेषता विशेष गरी एरोसोल र प्रदूषकहरू र क्लाउड गठनमा तिनीहरूको प्रभावहरूको विश्लेषणमा केन्द्रित थिए। यसको उद्देश्य क्लाउड विकास र वर्षा बढाउन प्रभावकारी एजेन्ट पहिचान गर्नु थियो।

एकपटक अनुकूल बादलहरू पहिचान भएपछि हाइग्रोस्कोपिक फ्लेयरहरू भएका विशेष विमानहरू आकाशमा जान्छन्। विमानका पखेटाहरूमा राखिएका यी फ्लेयरहरूमा नुन सामग्रीबाट बनेका कम्पोनेन्टहरू हुन्छन्। केही क्लाउडहरूमा पुग्दा फ्लेयरहरू तैनाथ हुन्छन्, सीडिङ ​​एजेन्टलाई क्लाउडमा छोडेर आउँछन ।

नुन कणहरूले नाभिकको रूपमा काम गर्दछ जसको वरिपरि पानीका थोपाहरू गाढा हुन्छन् र अन्ततः यति भारी हुन्छन् कि तिनीहरू वर्षाको रूपमा खस्न थाल्छन्।

युक्रेनले रुससँग हार्‍याे भने तेस्रो विश्वयुद्ध हुन्छ: युक्रेनी प्रधानमन्त्री

By
Himalayan Tribune
-
April 18, 2024
0

काठमाडौं। युक्रेनका प्रधानमन्त्री डेनिस स्मिहलले युक्रेनले रुससँग हार्यो भने विश्वले तेस्रो विश्वयुद्धको सामना गर्नुपर्ने दाबी गरेका छन्।

डेनिसले अमेरिकी कांग्रेसलाई विदेशी राहत विधेयक पारित गर्न माग गरेका छन्। युक्रेनलाई राहत प्याकेज दिने विषयमा अमेरिकी संसदमा शनिबार मतदान हुँदैछ।

उनले भने, ‘यदि हामी बचेनौं भने, युक्रेनले हार्नेछ।’ यसले गर्दा अन्तर्राष्ट्रिय सुरक्षाको सम्पूर्ण प्रणाली ध्वस्त हुनेछ। विश्वलाई सुरक्षाको लागि नयाँ प्रणाली चाहिन्छ। त्यसो भए नयाँ तनाव उत्पन्न हुन सक्छ। यस्ता धेरै युद्धहरू देख्न सकिन्छ। यो विषय तेस्रो विश्वयुद्धतिर जान सक्छ।’

तर, युक्रेनले पराजयको अवस्थामा यस्तो चेतावनी दिएको यो पहिलो पटक भने होइन। गत वर्ष युक्रेनी राष्ट्रपति जेलेन्स्कीले तेस्रो विश्वयुद्ध सुरु गर्न रुसले पोल्याण्डमा आक्रमण गर्न सक्ने दाबी गरेका थिए। तर त्यस्ता दाबीलाई रुसले अस्वीकार गरेको छ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गत महिना पूर्वी युरोपमा आक्रमण गर्ने रुसको दाबीलाई ‘पूर्ण बकवास’ भनेका थिए।

1...845846847...1,300Page 846 of 1,300

हिमालयन ट्रिब्युनको लागि

  • सौरपानी मिडिया प्रा.लि. अन्तरगत
  • प्रकाशक: साहित्यसागर श्रोत केन्द्र
  • सम्पादक: गजे घले
  • व्यवस्थापक: आशिष पोखरेल
  • CONTACT
  • Balaju 16 Kathmandu Metropolitan City, Bagmati Province, Nepal
  • Phone No: 9851239436 US Office 4725 Fall Avenue, Richmond CA 94804, USA Phone: 1-5103236802
Copyright © 2026 Himalayan Tribune | Powered by Himalayan Tribune