Sunday, May 10, 2026
Home Blog Page 823

वेस्ट इन्डिज ‘ए’ विरुद्धको खेलमा नेपाल ६ विकेटले विजयी

0

काठमाडौं। नेपालले वेस्ट इन्डिज ए विरुद्धको टी-२० सिरिजको अन्तिम खेलमा जित हासिल गरेको छ।

शनिबार सम्पन्न खेलमा नेपालले वेस्ट इन्डिज ए लाई ६ विकेटले पराजित गरेको हो। वेस्ट इन्डिज ए ले दिएको १७३ रनको लक्ष्य पछाएको नेपालले १८.५ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरको थियो।

नेपालका लागि अनिल शाहले ५८ र आसिफ सेखले ५१ रन बनाउदै अर्धशतकीय पारी खेलेका थिए । त्यस्तै कुशल भुर्तेलले १३, कुशल मल्लले अविजित ३७ र दीपेन्द्र सिंह ऐरीले ५ रन बनाएका थिए।

त्यस्तै वेस्ट इन्डिजका बलर ओबेड म्याककोयले ३ र म्याथुज फोर्डले एक विकेट लिएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको वेस्ट इन्डिज ए ले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनाएको थियो।

वेस्ट इन्डिज ए का लागि एलिक एथानाजले सर्बाधिक ४२ रन बनाएका थिए भने कप्तान रोस्टन चेजले ३३ रन बनाएका थिए। त्यसैगरी जोन्सन चार्लेजले २४, म्याथ्युज फोर्डले २३ रन बनाएका थिए।

त्यसैगरी नेपाली बलर सागर ढकाल र सोमपाल कामीले ३(३ विकेट लिएका थिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए।

योसँगै वेस्ट इन्डिज ए ले ३(२ ले टी(२० सिरिज जितेको छ । योसँगै नेपाली क्रिकेट टिम विश्वकपका लागि आइतबार अमेरिकातर्फ प्रस्थान गर्ने तालिका रहेको छ।

 

दूध बिक्रीबाट मनग्य आम्दानी

0

तम्घास (गुल्मी): गुल्मीको रेसुङ्गा नगरपालिका–७ का शम्भु पाण्डे रोजगारीका लागि १२ वर्ष विदेश बस्नुभयो । विदेश (दुवई)मा उहाँले होटलमा काम गर्नुहुन्थ्यो । उहाँ एकपटक घर आएको बेला फेरि विदेश जान मन लागेन । अन्ततः उहाँले २०७० सालदेखि व्यावसायिक गाईपालन सुरु गर्नुभयो ।

सिद्धबाबा गौशला तथा कृषि फर्ममा १० गाईबाट व्यवसाय सुरु गर्नुभएका पाण्डेको गोठमा अहिले १५ माऊ गाई छन् । त्यसबाहेक साना बाच्छीहरु पनि छन् । गाईबाट पाण्डेले दैनिक न्यूनतम ८० लिटर दूध उत्पादन गर्नुहुन्छ । प्रतिलिटर रु ७५ मा तम्घासमा उक्त दूध बिक्री गर्नुहुन्छ ।

“दैनिक ६ हजारको दूध बिक्री हुन्छ । मासिक रु एक लाख ८० हजार वार्षिक रु २१ लाख ६० हजारभन्दा बढी आम्दानी हुन्छ,” पाण्डेले भन्नुभयो, “दूध बिक्रीबाट आम्दानीसँगै सन्तुष्टि पनि मिलेको छ ।” विदेशको काममा स्वतन्त्रता नहुने भन्दै उहाँले विदेशको काम र स्वदेशको कर्ममा तुलना गर्न नसकिने बताउनुभयो । पाण्डेसँग अहिले जर्सी, होलिस्टाइनलगायत जातका गाई छन् । “बिहान साढे ४ बजे उठेर गाईको स्याहारसुसारमा लाग्छु,” उहाँले भन्नुभयो, “एकचित्त भएर काममा लागे सफल भइन्छ ।”

धुर्कोट गाउँपालिका–६ का मेघनाथ अर्यालले कोभिड–१९ भन्दा अगाडि बुटबलमा व्यवसाय गर्नुहुन्थ्यो । विसं २०७७ मा कोरोनाले उहाँलाई घर फर्कायो । बच्चाबच्चीको पढाइ पनि बन्द भयो । कोभिडले केही समय बुटबल फर्किने स्थिति भएन । केही समयका लागि गाउँ आएका अर्याल पुनः बुटबल नफर्किने गरी भैँसी व्यवसायमा लाग्नुभयो । २०७७ सालबाटै ‘अर्याल पुशपक्षी फर्म’ बाट भँैसीपालन व्यवसायमा लाग्नुभएका अर्यालको गोठमा अहिले २२ वटा माऊ भैँसी छन् । त्योबाहेक साना पाडापाडी गरेर ३० वटाभन्दा धेरै छन् ।

“प्रतिलिटर सय रुपैयाँमा दैनिक ८० लिटर दूध घरबाटै बिक्री भइरहेको छ,” अर्यालले भन्नुभयो, “गाउँका १० जनालाई रोजगार पनि दिएको छु ।” उहाँले एउटा याममा एक सय ५० लिटरसम्म दूध बिक्री गरेको बताउनुभयो । व्यवसाय सुरु गर्दाको वर्ष बाहिरी वातावरण नबुझेर घाटामा गए पनि अहिले फर्मको स्थिति सुधारजनक रहेकाले भैँसीपालन व्यवसायमा सन्तुष्टि मिलेको छ । अर्यालले गत वर्ष भेटेरिनरी कार्यालयले रु पाँच लाखको कार्यक्रम दिएर सहयोग गरेको बताउनुभयो । सुरुमा गाउँमै भैँसीपालन व्यवसाय गर्छुभन्दा नपत्याउने गाउँलेहरु अहिले आफ्नो कर्म देखेर दङ्ग परेका अर्यालको भनाइ छ ।

अर्यालले भैँसीपालन व्यवसायका साथसाथै व्यावसायिक मकै र धानखेती पनि गर्नुभएको छ यसका लागि मालिका गाउँपालिका–६ मा वार्षिक रु १८ लाख तिर्नेगरी जग्गा भाडामा लिनुभएको छ । तर गाउँमा कामदार नपाइने समस्या भएको अर्याल बताउनुहुन्छ ।

पाण्डे र अर्याल मात्र होइन, धुर्कोट गाउँपालिका–५ वस्तुका रवीन्द्र घिमिरे पनि दूध उत्पादनमै व्यस्त हुनुहुन्छ । बिहानदेखि बेलुकासम्म उहाँको समय गाई÷भैँसीको स्याहार, दूध दुहुने, व्याकेटिङ गर्ने र बजार पठाउनेमा बित्छ । “अहिलेसम्म रु एक करोड छ लाख लगानी लगाएको छु, यसबाट ३० गाई÷भैँसी अट्ने गोठ बनाएको छु । ३० गाई÷भैँसी पनि किनेको छु,” घिमिरेले भन्नुभयो, “भैँसीपालन व्यवसायबाट म र मेरो परिवार सन्तुष्ट छ ।”

घिमिरेले दैनिक ७० भन्दा बढी लिटर दूध बिक्री गरिरहेको बताउनुभयो । उहाँले २०६२ सालमा त्रिभुवन विश्वविद्यालयबाट समाजशास्त्र विषयमा स्नातकोत्तर गर्नुभएको हो । सानैदेखि आफू पनि स्वरोजगार बन्ने र अरूलाई पनि स्वरोजगार बनाउने आफ्नो लक्ष्य भएको घिमिरे बताउनुहुन्छ । कोरोना महामारीपछि गाउँ आएर व्यवसाय सुरु गर्दा घरमा र गाउँमा कसैले नपत्याएको उहाँ बताउनुहुन्छ ।

“सुरुमा त कसैले पत्याएनन् तर निरन्तर गर्दै गए,” घिमिरेले भन्नुभयो, “अहिले व्यावसायिक कृषक बन्न पाउँदा खुसी लागेको छ ।” माथिल्लो तह अध्ययन गरेर विदेश नै जानुपर्छ भन्ने धारणा गलत साबित गराउन आफू लागिपरेको उहाँले बताउनुभयो । हिमालय माविबाट एसएलसी दिएपछि उच्च शिक्षा अध्ययन गर्न गाउँ छोडेको २२ वर्षपछि घिमिरे फेरि गाउँ फर्किएर व्यावसायिक भैँसीपालनमा लाग्नुभएको हो । राज्यले कृषि क्षेत्रलाई अगाडि बढाउन अनुदानको सट्टा सरल कृषि कर्जाको व्यवस्था गर्नुपर्ने घिमिरेको भनाइ छ । लम्पी स्किन रोगबाट धेरै गाई÷भैँसी गुमाए पन क्षतिपूर्ति नपाएको उहाँको गुनासो छ ।

गुल्मीमा पाण्डे, अर्याल र घिमिरे त व्यावसायिक दुग्ध उत्पादनमा लागेका केही प्रतिनिधिमूलक कृषक मात्रै हुनुहुन्छ । बजारको कुनै समस्या नहुने र दूधबाट विभिन्न थरीका परिकार समेत बनाएर बिक्री गर्न सकिने भएपछि जिल्लाका किसान दुग्ध उत्पादनतर्फ आकर्षित भएका छन् । अधिकांश दूध सम्बन्धित स्थानीय बजारमै खपत हुने गरेको छ । त्यसका अलवा तम्घास, रिडी, सत्यवतीको जुहाङ्ग, रुरुक्षेत्रको बलेटक्सार, मुसिकोटको वामिटक्सार जस्ता ठाउँमा दूध बढी खपत हुँदै आएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्रका प्रमुख हुमाकान्त पाण्डेले गुल्मीको दुई लाख ६० हजार जनसङ्ख्यालाई वार्षिक ९० लिटरका दरले पिउन पुग्नेगरी दूध उत्पादन भएको बताउनुभयो । जिल्लामा दूध उत्पादन वृद्धि गर्न भेटेरिनरी अस्पताल तथा विज्ञ केन्द्रले अगुवा किसानलाई तालिम दिएको उहाँले बताउनुभयो ।

बालन्यायको आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्छ: प्रधानन्यायाधीश श्रेष्ठ

0

काठमाडौँ: सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताउनुभएको छ ।

काठमाडौँमा आज आयोजित बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा उहाँले बालन्याय बालअधिकारको महत्वपूर्ण आयाम रहेकाले त्यसको महत्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताउनुभयो । उहाँले भन्नुभयो, “बालन्यायकोे उचित र प्रभावकारी कार्यन्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व हो । त्यसैले नेपाल पनि त्यसमा प्रतिवद्ध छ ।”
उहाँले चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा एउटा छुट्टै बाल अदालतको स्थापना गर्ने सरकारको तयारी भएको बताउँदै बालन्याय प्रणालीलाई सुदृढीकरण गर्नेतर्फ विभिन्न प्रयासका बावजुद थुप्रै समस्या र चुनौती विद्यमान रहेको औँल्याउनुभयो ।

कार्यक्रममा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचूडले बालबालिका समाजका भविष्य रहेका बताउँदै बालबालिकाको कमजोरी र आवश्यकता पहिचान गरी सम्बोधन गर्नुपर्ने बताउनुभयो । “बालबालिका समाजको विभिन्न आयामसँग गुज्रिएका हुन्छन् । पारिवारिक विघटन, घरेलु हिंसा, गरिबी वा अरू कारणले गर्दा उनीहरूले आवश्यक मार्गदर्शन पाउँदैनन् र नकारात्मक प्रभावमा पर्दछन्”, उहाँले भन्नुभयो ।

बालबालिकालाई न्याय दिने कुरामा सम्पूर्ण कोणतर्फ ध्यानदिनु आवश्यक रहेको भन्दै चन्द्रचूडले विशेषगरी सीमान्तीकृत र पछि पारिएका समुदायका बालबालिकाले न्याय नपाउनेतर्फ सचेत रहँदै उनीहरूका तर्फबाट पनि आवाज उठाउनुपर्नेमा जोड दिनुभयो । विश्वभर नै साइबर क्राइमको जोखिम बढेको र त्यसमा मुख्य गरी बालबालिका निशानामा परेको पनि उहाँको भनाइ थियो ।

कार्यक्रममा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले बालबालिकाको क्षेत्रमा रहेका समस्या पहिचान गरी तिनको सामाधान गर्न आवश्यक ऐन कानुन बनाउनुपर्नेमा जोड दिनुभयो ।
“नेपालले बालबालिकासम्बन्धी महासन्धीमा पक्ष राष्ट्र भएर हस्ताक्षर गरेको छ, त्यसलाई अक्षरशः पालनाका लागि हामी प्रतिबद्ध र दृढ छौँ”, उहाँले भन्नुभयो, “धेरै सन्धी र कानुनलाई अङ्गिकार गरिए पनि व्यवहारमा कार्यान्वयन गर्ने कुरामा खरो उत्रनुपर्ने आवश्यकता महसुस भएको छ । भविष्यमा ठोस् कदम चाल्ने छौँ ।”

महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले देशमा बाल सुधार गृहको अवस्था निकै नाजुक रहेको बताउनुभयो । उहाँले क्षमताभन्दा बढी बालबन्दीहरू एकैठाउँमा रहनुपर्ने बाध्यता रहेको भन्दै सुधारको पाटोमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो,“प्रत्येक जिल्लामा बाल न्यायिक समितिहरू छन् तर बालबालिकाहरूले साँच्चिकै न्याय पाएका छन् त ? त्यसमा पनि सोच्नुपर्छ । बाल न्यायसम्बन्धी थुप्रै कानुन बने पनि कार्यान्वयनको पाटो कमजोर रहेकाले अब सुधार्दै लैजानुपर्छ ।”

नेपालका लागि युनिसेफ प्रतिनिधि एलिश आकुङ्गाले युनिसेफले बालअधिकारमा सहयोगी साझेदारका रूपमा काम गर्दैआइरहेको बताउनुभयो । बाल न्यायसम्बन्धी सबै कानुन र नियमहरूको सङ्कलनसहित विशेष गरी कठिन परिस्थितिहरूमा बालबालिकासँग सम्बन्धित विभिन्न विषयमा अध्ययन गरी कार्य गर्दैआइरहेका पनि उहाँको भनाइ छ ।

केन्द्रीय बालन्याय समितिका अध्यक्ष एवम् सर्वाेच्च अदालतका न्यायाधीश डा आनन्दमोहन भट्टराईले बालन्यायको पाटोमा थुप्रै चुनौती भए पनि केही हदसम्म उपलब्धि हासिल गरेको दाबी गर्नुभयो । उहाँले भन्नुभयो, “बाल न्यायसम्बन्धीको अवस्थालाई सुधार गर्न हामीसँग स्रोतसाधनका आवश्यकता छ । तथापि हामीले बाल सुधार गृह थप्ने र सुधारका लागि पहल गरिनै रहेका छौँ।”

उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा देखाएको छः महासचिव पोखरेल

0

कीर्तिपुर (काठमाडौँ): नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले हालै सम्पन्न उपनिर्वाचनले पुराना पार्टीप्रतिको भरोसा र आवश्यकता अझै छ भन्ने देखिएको बताउनुभएको छ ।

पार्टीको कीर्तिपुर नगर कमिटीको आज सम्पन्न छैटौँ अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले पुराना पार्टी काम लाग्दैनन् भन्ने भ्रम हटेको बताउनुभयो । “देशको नेतृत्व बलिदानको जगमा उभिएका स्थापित दलहरूले नै गर्न सक्छन् भन्ने सन्देश उपचुनावले दिएको छ”, उहाँले भन्नुभयो ।

महासचिव पोखरेलले उपचुनावबाट धर्मको आवरणमा विगतको राजतन्त्रलाई अगाडि ल्याउन खोज्नेहरूको पक्षमा जनता छैनन् भन्ने पनि सावित भएको बताउनुभयो ।

यसैगरी उहाँले राजनीतिक आन्दोलन टुङ्गिएकाले अब विकास, समृद्ध र त्यसमार्फत समाजवादतर्फको यात्रामा देशलाई डोर्याउने अभिभारा राजनीतिक शक्तिहरूको काँधमा आएको पनि धारणा राख्नुभयो । यसका लागि स्पष्ट दृष्टिकोणसहितको नेतृत्व, बलिया राजनीतिक दलहरू र राजनीतिक स्थिरता अत्यावश्यक हुने धारणा पनि उहाँको थियो ।

एमाले केन्द्रीय सदस्य एवं कीर्तिपुर नगर इन्चार्ज सुरेन्द्र मानन्धरले आन्तरिक कमजोरीका कारण स्थानीय सरकारको नेतृत्व गर्ने अवसर गुमाउनुपरेको कुराबाट पाठ सिक्दै अघि बढ्नुपर्नेमा जोड दिनुभयो । त्यअवसरमा महासचिव पोखरेलले वरिष्ठ जनवादी गायक रामकृष्ण दुलाललाई सम्मान गर्नुभएको थियो ।

विदेश पठाइदिने भन्दै रु ३४ लाखभन्दा बढी रकम ठगी गर्ने पक्राउ

0

काठमाडौँ: वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेमा योगेश राई रहेका जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रोहित श्रेष्ठ र जिवेन्द्र श्रेष्ठलाई वैदेशिक रोजगारीका लागि बेलायत पठाइदिने भन्दै निजले रु ३४ लाख २३ हजार तीन सय ठगी गरेको आरोपमा प्रहरी वृत्त महाराजगञ्जको टोलीले पक्राउ गरेको हो ।”

पक्राउ परेका निज राईमाथि गरी जिल्ला प्रहरी परिसर काठमाडौँबाट थप अनुसन्धान भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो ।

काठमाडौँ महानगरद्वारा दाङ र गुल्मीका दुई पालिकालाई राहत प्रदान

0

काठमाडौँ: काठमाडौँ महानगरपालिकाले अग्नि प्रभावित दाङ र गुल्मीका दुई गाउँपालिकालाई राहत सहयोग गर्ने भएको छ ।

दाङको राजपुर गाउँपालिका र गुल्मीको इस्मा गाउँपालिकाका अग्नि प्रभावितलाई रु १०/१० लाख उपलब्ध गराउने निर्णय भएको काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “आगलागीबाट घर, गोठ, पशुचौपाया र धन सम्पत्ति क्षति बेहोरेका पीडितका लागि उक्त रकम सहयोग गर्ने महानगर विपद् व्यवस्थापन समितिले निर्णय गरेको हो, रकम महानगरपालिकाको विपद् व्यवस्थापन कोषबाट पठाइने छ ।”

दाङको राजपुर गाउँपालिका–७ स्थित हाटबास क्षेत्रमा यही वैशाख १६ गते आगलागी हुँदा २५ वटा घर र ३५ वटा गोठ जलेर नष्ट भएका थिए । साथै वैशाख ८ र ९ गुल्मीको इस्मा गाउँपालिकाका विभिन्न स्थानमा आगलागी हुँदा २८ वटा घर र ५१ वटा गोठ जलेर नष्ट भएको जनाइएको छ ।

‘स्वास्थ्य सेवा सुनिश्चितताका लागि स्वास्थ्य बीमा अपरिहार्य’

0

काठमाडौँ: स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्दै यसलाई थप सशक्त रूपमा अगाडि बढाइनुपर्नेमा जोड दिइएको छ । माक्र्सवादी ज्ञान केन्द्रद्वारा आज ‘भर्चुअल’ रूपमा आयोजित ‘स्वास्थ्य बीमा कार्यक्रमः अवधारणा, चुनौती र अबको बाटो’ विषयक अन्तक्र्रियामा सहभागीहरूले समाजवादी मोडेलमा आधारित रहेको हुनाले स्वास्थ्य बीमा कार्यक्रमको स्थायित्व अनिवार्य रहेको बताउनुभयो ।

उहाँहरुले सेवा उपभोग गर्ने क्रममा बीमितले दुःख पाएको अवस्था रहेकाले त्यसमा सुधारका लागि बीमा बोर्डले प्रविधिको प्रयोग बढाउनपर्नेमा जोड दिनुभयो । सहभागीले स्वास्थ्य बीमा कार्यक्रमलाई सबल बनाउन बीमित गराउने नीतिमा परिमार्जन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

स्वास्थ्य सेवाका सबै कार्यक्रम एक ठाउँबाट सञ्चालन हुनसके यस कार्यक्रमको प्रभावकारिता बढ्ने र कार्यक्रम सञ्चालनका लागि स्रोत सुनिश्चित गर्न सहयोग पुग्ने सहभागीको विश्वास थियो । सेवा उपभोग गर्ने सन्दर्भमा बीमितले विभिन्न जटिलता भोग्न परिरहेको उल्लेख गर्दै उहाँहरुले बीमितका गुनासो सुन्ने र समाधानका लागि पहल गर्न आवश्यक छुट्टै निकाय निर्माण गर्न सुझाव दिनुभयो ।

कार्यक्रममा जनस्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा भुवन पौडेलले गुणस्तरीय स्वास्थ्य सेवा सर्वसाधारणलाई प्रवाह गर्ने र स्वास्थ्य सेवाको सुनिश्चितता गर्ने उद्देश्यले सञ्चालित स्वास्थ्य बीमालाई स्थायित्व दिनुको विकल्प नरहेको बताउनुभयो । उहाँले अस्पतालले दिने सेवासँग सम्बन्धित रहेकाले स्वास्थ्य बीमाप्रति बीमितको विश्वास बढाउने समग्र स्वास्थ्य प्रणालीमा सुधार आवश्यक रहेको उल्लेख गर्नुभयो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्का पूर्वउपाध्क्ष डा भोजराज अधिकारीले पनि अस्पतालको सेवा सुधार नगरी बीमा कार्यक्रम कार्यान्वयनमा देखापरेका समस्या समाधानमा चुनौती देखिएको बताउनुभयो । बीमितले बीमा कार्यक्रममार्फत सेवा लिने ठाउँ अस्पताल रहेकाले अस्पतालको सेवा सुधारमा जोड दिनुपर्ने उहाँको भनाइ छ । “स्वास्थ्य क्षेत्रमा राज्यले सञ्चालन गरिरहेका अन्य कार्यक्रमलाई पनि स्वास्थ्य बीमा कार्यक्रममा जोड्नुपर्छ”, डा अधिकारीले भन्नुभयो ।

स्वास्थ्य बीमा बोर्डका अध्यक्ष डा गुणराज लोहनीले स्वास्थ्य बीमा कार्यक्रमलाई अझ प्रभावकारी बनाउन बोर्ड लागिपरेको बताउनुभयो । योगदानमा र आपसी समझदारीमा आधारित कार्यक्रम भएको हुनाले खर्चअनुसारको आम्दानी सुनिश्चित हुन नसक्दा केही कठिनाइ देखापरेको उहाँको भनाइ छ ।

बीमितमार्फत कम रकम उठ्ने तर खर्च बढी हुने अवस्था रहेको उल्लेख गर्दै अध्यक्ष डा लोहनीले आम्दानीको आधारमा सबै औपचारिक क्षेत्रलाई समेट्न नसकिएको बताउनुभयो । उहाँले कर्मचारी, शिक्षकलगायत क्षेत्रलाई आम्दानीको आधार हुने कानुनी व्यवस्था रहेकाले उक्त काममा बीमा बोर्ड लागिपरेको बताउनुभयो । त्यसमा बीमा बोर्डले मात्र निर्णय गरेर सम्भव नहुने भएकाले सरकारको साथ चाहिने उहाँको भनाइ छ ।

मधेसका जनताप्रतिको जिम्मेवारी भुलेको छैनः प्रधानमन्त्री

0

सर्लाही: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेसका जनताप्रतिको सम्मान र उनीहरूको आर्थिक एवं सामाजिक विकासका निम्ति आफू प्रतिबद्ध रहेको बताउनुभएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सर्लाहीको निर्वाचन क्षेत्र–४ ले बलरामा आज आयोजना गरेको बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले पछिल्लो समय मधेसी जनतामा जागरण पैदा भएकाले यहाँका जनताले मुक्तिको पक्षमा उभिने विश्वास व्यक्त गर्नुभयो ।

मिटरब्याजपीडितका समस्या समाधान गर्न र नागरिकताविहीन जनताको मागलाई सम्बोधन गर्न आफू नेतृत्वको सरकारले प्राथमिकताका साथ काम गरेको स्पष्ट पार्दै उहाँले आगामी दिनमा पनि मधेसको मुद्दालाई आफूले गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

आगामी आवको नीति तथा कार्यक्रम एवं बजेटमा मधेस प्रदेशलाई पहिलो प्राथमिकतामा राख्ने उल्लेख गर्दै प्रधानमन्त्री दाहालले मधेसका जनताको पक्षमा निरन्तर प्रतिबद्ध भएर लाग्ने विश्वास दिलाउनुभयो ।

तराईमा सिँचाइ र विद्युतीकरणका कार्यक्रमलाई पहिलो प्राथमिकतामा राखेर काम अगाडि बढाएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “मधेसको जमिन सिँचाइमा नहुँदासम्म उत्पादकतत्व बढ्दैन, जनताले रोजगारी पाउँदैन र समृद्धि पनि हासिल हुँदैन, त्यसैले मधेसमा सिँचाइ गर्ने मेरो प्राथमिकता छ ।”

मधेसका जनताको मुक्तिका लागि यहाँका जनताले ठूलो त्याग गरेको उल्लेख गर्दै उहाँले जनताका मुक्तिका लागि सङ्घर्ष गर्ने सम्पूर्ण सहिदप्रति सम्मान व्यक्त गर्नुभयो ।

उहाँले बलरा र सर्लाहीका जनताको मागलाई सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । ‘आगलागी पीडितलाई राहत उपलब्ध हुन्छ’ देशभर आगलागीबाट ठूलो क्षति भएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले आगजनीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्नुभयो ।

उहाँले आगलागीबाट प्रभावित जनतालाई तत्कालका लागि रु ५० हजार प्रतिपरिवार राहत उपलब्ध गराउने मन्त्रिपरिषद्ले निर्णय गरेको जानकारी गराउनुभयो । प्रधानमन्त्री दाहालले आगलागीबाट भएको क्षतिको अवस्था हेरेर थप राहत उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

उहाँले विभिन्न राजनीतिक पार्टीहरू नेपाली कांग्रेस, नेकपा (एमाले), जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमतलगायत पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नुभएका सयौँ नेता तथा कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभयो । यसअघि उहाँले सर्लाही जिल्लाको गडहिया–डुमरिया नगरपालिका बलरा–८ स्थित जनता नमूना माविको नवनिर्मित भवनको उद्घाटन गर्नुभएको थियो ।

अन्नपूर्ण आधार शिविरमा म्याग्दीका जनप्रतिनिधि र सुरक्षा अधिकारीको समन्वय बैठक

0

म्याग्दी: समुद्री सतहदेखि चार हजार एक सय मिटर उचाइमा अवस्थित अन्नपूर्ण प्रथम हिमालको आधार शिविरमा म्याग्दीका स्थानीय तहका प्रमुख र सुरक्षा अधिकारीहरूको समन्वय बैठक बसेको छ ।

आठ हजार मिटर अग्लो पहिलो मानवपाइला परेको अन्नपूर्ण हिमालको आधार शिविर म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको वडा नं ४ मा पर्छ । जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख राजकुमार थापाको अध्यक्षता रहेको बैठकमा छवटै स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढकाललगायत सुरक्षा अधिकारीहरूको उपस्थिति रहेको थियो ।

आधार शिविरमा शुक्रबार बैठक सम्पन्न गरी आज त्यहाँबाट फर्कनुभएका अन्नपूर्ण गाउँपालिका म्याग्दीका अध्यक्ष भारतकुमार पुनले समन्वय बैठकको निर्णयानुसार आरोहीले प्रयोग गर्ने आधार शिविर र हिमाल भएको भूगोलमा अन्नपूर्ण आरोहण दिवस मनाउन नेपाल पर्यटन बोर्डलाई पत्राचार गरिने जानकारी दिनुभयो ।

फ्रान्सका मौरिस हर्जोगले सन् १९५० जुन ३ तारिखका दिन अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गर्नुभएको थियो । हरेक वर्ष जुन ३ मा स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरेर ‘अन्नपूर्ण डे’ मनाउने गरिएको छ । यसअघिका वर्षमा पोखरा र कास्कीको अन्नपूर्ण गाउँपालिकाको भूगोलमा अन्नपूर्ण दिवस मनाइएको र म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले हिमालको रोयल्टी नपाएको अध्यक्ष पुनले बताउनुभयो ।

“राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा रोयल्टी दाबी गरेपछि गत मङ्सिरमा अध्यक्ष बालानन्द पौडेलसहितको टोलीले स्थलगत अध्ययन गरेर जानुभएको थियो”, उहाँले भन्नुभयो, “अन्नपूर्ण दिवस मनाउन बजेट विनियोजन गरेको पर्यटन बोर्डले म्याग्दीमा कार्यक्रम आयोजना गर्न गरेको प्रस्तावलाई बेवास्ता गरेकाले दबाबका लागि निर्णयसहित पत्राचार गरिएको हो ।”

मौरिस हर्जोगले अन्नपूर्ण आरोहण गरेको दुई वर्षपछि सगरमाथाको पहिलो आरोहण भएको थियो । अन्नपूर्ण पहिलोपटक मानवपाइला परेको आठ हजार मिटर अग्लो हिमाल हो । हर्जोगले अन्नपूूर्ण हिमाल आरोहण गर्न प्रयोग गरेको पैदलमार्गलाई पछ्याएर तयार पारिएको नारच्याङबाट आधार शिविर जोड्ने ‘मौरीस हर्जोग’ पदमार्गको प्रवर्द्धनका लागि आधार शिविरमा समन्वय बैठक र जनप्रतिनिधिहरूको पदयात्रा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले बताउनुभयो ।

चालु वसन्तयाममा अन्नपूर्ण आरोहणको अनुमति लिएका २५ जना आरोहीले रु ५१ लाख ६१ हजार आठ सय ८० रोयल्टी तिरेका पर्यटन विभागले जनाएको छ । गत वसन्तयाममा पाँच समूहका ५४ जनाले अन्नपूर्ण हिमाल आरोहणको अनुमति लिएका थिए । हुुमखोला हुँुदै गुरासेडाँडा, फुुतफेते झरना, सम्धीखर्क, भुुसकेत, नारच्याङ पञ्चकुुण्ड ताल हँुुदै चार हजार एक सय मिटर उचाइको अन्नपूूर्ण हिमालको आधार शिविर पुग्ने पदमार्गलाई प्रथम आरोहीको सम्मानमा ‘मौरिस हर्जोग’ नामकरण गरिएको छ ।

प्रशासकीय अधिकृत सुवेदीका अनुसार समन्वय बैठकले अन्नपूर्ण आधार शिविर, मौरिस हर्जोग पदमार्गलगायत पर्यटकीयस्थलको प्रवर्द्धनमा एकताबद्ध भएर पहल गर्ने निर्णय पनि गरेको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य तथा भूपू खेलाडी मञ्चका अध्यक्ष खड्ग रानाभाट, भूपू खेलाडी मञ्चका कोषाध्यक्ष दिनेशकुमार श्रेष्ठ र नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष तेजबहादुर गुरुङको टोलीले अन्नपूर्ण आधार शिविरलाई लक्षित गरेर म्याराथन प्रतियोगिता सञ्चालन गर्न सम्भाव्यता अध्ययन गरेको छ ।

नारच्याङबाट कुल ४२ किलोमिटरको दूरीमा रहेको नर्थ अन्नपूर्ण आधार शिविर पुग्नका लागि हुमखोलासम्म निलगिरिखोला जलविद्युत् आयोजनाले २० किलोमिटर सडकको मार्ग खोलेको छ । विसं २०७७ माघमा नारच्याङमा अन्नपूर्ण पर्यटन महोत्सव आयोजना गरिएको थियो ।

अन्नपूर्ण र निलगिरि हिमालको फेदीबाट बग्ने मिस्त्रीखोलाको किनारैकिनार, अग्ला झरना, मनमोहक हिमशृङ्खला, अनौठो भूगोल, पहाड, दुर्लभ वनस्पति, वन्यजन्तुको अवलोकन गर्दै आधार शिविर पुग्न सकिन्छ । अन्नपूर्णको फेदीमा करिब २० हजार वर्गमिटरमा फैलिएको मनोरम पञ्चकुण्ड ताल यहाँका थप आकर्षणका रूपमा रहेको छ ।

प्रतिपक्षको काम नै समीकरण भत्काउने बन्यो : प्रधानमन्त्री

0

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तत्काल सत्ता गठबन्धन भत्कने अवस्थामा नरहेको बताएका छन् । माओवादी केन्द्रको संसदीय दलको बैठकलाई आज कथ्मंदुमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले सत्तापक्ष र प्रतिपक्षका कतिपय बाटोमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको रहेको उल्लेख गरेका छन् ।

बैठकमा सहभागी एक सदस्यका अनुसार प्रधानमन्त्री प्रचण्डले भने, “प्रतिपक्षको काम भनेको समीकरण भत्काउने परम्परा नै भइसक्यो । तत्काल अहिलेको यो समीकरण भत्काउन सक्ने स्थिति देखिँदैन । तर सत्ता पक्ष र प्रतिपक्षका कतिपय बाटोहरूमा आन्तरिक अन्तर्विरोध भने गम्भीर प्रकारको देखिन्छ ।”

प्रधानमन्त्री प्रचण्डले संसद् बैठक सुचारु गर्नका लागि विपक्षी दलहरूसँग संवाद जारी राखेको बताएका छन् । यसको निकासका लागि छिट्टै सर्वदलीय बैठक बोलाउन लागेको जानकारी गराएका छन् । यही वैशाख २८ गते बस्ने प्रतिनिधि सभाको बैठकको पूर्वसन्ध्यामा माओवादी केन्द्रले संसदीय दलको बैठक राखेको हो ।