Tuesday, May 12, 2026
Home Blog Page 791

काठमाडौँ उपत्यकाको तापक्रम ३३ डिग्री सेल्सियस पुग्ने पूर्वानुमान

0

काठमाडौँ: हाल मुलुकमा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको विहार आसपासको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

कोशी र सुदुरपश्चिम प्रदेश लगायत पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही देशका बाँकी भागमा मुख्यतया मौसम सफा रहेको छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मुख्यतया मौसमसफा रहने छ । कोशी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, मधेस, वाग्मती र गण्डकी प्रदेशका केही स्थान तथा लुम्बिनी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले कोशी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौँ उपत्यकाको तापक्रम बुधबारदेखि पुनः बढेको छ । गत मङ्गलबार २८ दशमलव पाँच डिग्री सेल्सियस तापक्रम मापन भएकामा बुधबार त्यो बढेर ३३ दशमलव तीन डिग्री सेल्सियस पुगेको थियो । आज यहाँको तापक्रम ३१देखि ३३ डिग्री सेल्सियसका बीच रहने विभागको पूर्वानुमान छ ।

जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति वितरण

0

भैरहवा (रुपन्देही): उद्यमी एवं पञ्चकन्या समूहका अध्यक्ष प्रेमबहादुर श्रेष्ठको नाममा स्थापित अक्षयकोषले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ ।

तिलोत्तमा नगरपालिका–१५ मा रहेको पञ्चकन्या समूहले सोही वडाको पशुपति माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको हो । विसं २०७० मा स्थापित अक्षयकोषबाट बुधबार छात्रवृत्ति वितरण गरेको पञ्चकन्या समूहका उपाध्यक्ष ध्रुवकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो ।

अक्षयकोषबाट उक्त विद्यालयमा अध्यययनरत कक्षा ११ का सुरक्षा गोदारलाई रु १० हजार नगदसहित शैक्षिक सामग्री, सन्दीप यादव, रमेश भुसाल, सविना गाहा र बादल परियारलाई जनही रु पाँच हजार र शैक्षिक सामग्री प्रदान गरिएको हो

 

जीप दुर्घटनामा दुई जनाको मृत्यु, दुई घाइते

0

काँक्रेविहार (सुर्खेत): सुर्खेतबाट कालीकोटतर्फ गइरहेको जीप सुर्खेत–दैलेख सडकखण्डअन्तर्गत वीरेन्द्रनगर नगरपालिकास्थित रातानाङ्गला नजिक आज बिहान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतका अनुसार जनाको शव रुखमा अड्किएको अवस्थामा भेटिएको छभने दुईजना घाइतेलाई उपचारका लागि प्रदेश अस्पताल पु¥याइएको छ । दुर्घटनाको विस्तृत विवरण प्राप्त भइनसकेको उक्त कार्यालयले जनाएको छ । दुर्घटनाबारे जानकारी प्राप्त हुनासाथ सुरक्षाकर्मीको एउटा टोली उद्धारका लागि परिचालन भएको थियो ।

रासस तस्बिर प्रदर्शनी अर्को सातासम्म जारी रहने

0

काठमाडौँ: गणतन्त्र दिवसका अवसरमा राष्ट्रिय समाचार समिति (रासस)द्वारा आयोजित ‘गणतन्त्रका उपलब्धिः समृद्धिका लागि पूर्वाधार’ शीर्षकको तस्बिर प्रदर्शनीको समयावधि एक साता थप भएको छ ।

यही जेठ १० गते सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माबाट उद्घाटन भएको प्रदर्शनीमा विशिष्ट व्यक्ति र जिज्ञासु सर्वसाधारण आउने क्रम जारी रहेकाले आजदेखि सात दिनसम्म प्रदर्शनीको अवधि थपिएको राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले जानकारी दिनुभयो ।

रासस केन्द्रीय कार्यालय, भद्रकालीमा आयोजित प्रदर्शनीको राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनाल, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियार, नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा महेन्द्र विष्ट र गोविन्द आचार्यलगायत समाजका प्रतिष्ठित व्यक्तिले अवलोकन गरिसक्नुभएको छ ।

प्रदर्शनीमा मुलुकका तीनवटै तहका सरकारले आफ्नो सीप, जनशक्ति र पुँजी तथा छिमेकीका साथै अन्य मित्रराष्ट्रसमेतका सहायतामा निर्मित एवं निर्माणाधीन राष्ट्रिय र प्रादेशिक गौरवका आयोजनाका तस्बिरहरू समावेश छन् ।

विसं २०७२ को गोरखा भूकम्पमा भत्किएका ऐतिहासिक सम्पदाका साथै सडक, पुल, स्वास्थ्य, शिक्षा, ऊर्जा, पर्यटनका पुनर्निर्मित भौतिक संरचना, नवनिर्मित पूर्वाधार, हुलाकी मार्ग, मूलपानी क्रिकेट मैदान, काठमाडौँ मधेस दू्रतमार्ग, थानकोट–नागढुङ्गा सुरुङमार्ग, सुनकोसी–मरिन डाइभर्सन बहुद्देश्यीय आयोजना, सौर्य प्यानल, एकीकृत बस्ती, राष्ट्रिय गौरव र प्रदेश गौरवका आयोजनाका राससबाट सम्प्रेषित तस्बिर प्रदर्शनीमा राखिएका छन् । प्रदर्शनीमा सातवटै प्रदेशमा निर्माण भएका भौतिक पूर्वाधारसम्बन्धी ९५ वटा तस्बिर समावेश छन् ।

गणतन्त्र दिवसका अवसरमा गत वर्ष पनि राससले ‘हाम्रो संस्कृतिः हाम्रो सम्पदा’ शीर्षकमा तस्बिर प्रदर्शनी आयोजना गरेको थियो ।

घोडाघोडीमा भेटियो नयाँ प्रजातिको चरा

0

घोडाघोडी (कैलाली), १७ जेठ: विश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी चरा अभय आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुुसन्धान गरिएको थियो । सोही क्रममा पहिलोपटक लालचुच्चे ठेउवा भेटिएको छ ।

घोडाघोडीको बेतहनी क्षेत्रमा एक जोडी लालचुच्चे ठेउवा भेटिएको पन्छी संरक्षण सङ्घका सहजकर्ता हिरुलाल डगौराले जानकारी दिनुभयो । उहाँका अनुसार यो प्रजातिको चरा भारत र बङ्गलादेशबाट गर्मी याममा नेपाल आउने गर्छन् । यो नयाँ प्रजाति थपिएसँगै घोडाघोडी आरक्षमा चराको सङ्ख्या तीन सय ८१ पुगेको छ । गर्मी याममा बसाइँ सर्ने चराको प्रजाति, सङ्ख्या र अवस्था पत्ता लगाउने उद्देश्यका साथ डिभिजन वन कार्यालयको आयोजना र नेपाल पन्छी संरक्षण सङ्घको समन्वयमा चरा गणना गरिएको हो ।

पोप फ्रान्सिसले समलिङ्गीहरूबारे गरेको टिप्पणीका लागि माफी मागे

0

काठमाडौं । पोप फ्रान्सिसले समलैंगिक पुरुषहरूप्रति अत्यधिक अपमानजनक भाषा प्रयोग गरेको रिपोर्टले दाबी गरेपछि माफी मागेका छन्।

भ्याटिकनले जारी गरेको एक विज्ञप्तिमा पोपले कसैलाई ठेस पुर्याउने मनसाय नभएको र “उनको शब्द प्रयोगबाट दुखित भएकाहरू” सँग माफी मागेको बताएको छ।

इटालियन विशप सम्मेलनमा पोपले समलिङ्गी व्यक्तिहरूलाई पादरी बन्नको लागि तालिम दिनु हुँदैन भनेका थिए। यो भनिरहँदा उनले समलिङ्गीका लागि ‘फ्रोसियाजिन’ शब्द प्रयोग गरे जुन निकै अपमानजनक शब्द हो ।

यो एक निजी बैठक थियो तर उनको बयान व्यापक रूपमा रिपोर्ट गरिएको थियो।

पोपको टिप्पणीमा विवाद भएपछि, क्याथोलिक चर्चको परिचालक निकाय होली सीका निर्देशक म्याटियो ब्रुनीले एक विज्ञप्तिमा भने: “पोप फ्रान्सिस बन्द ढोका पछाडि विशपहरूसँगको कुराकानीको बारेमा हालै प्रकाशित लेखहरू बारे सचेत हुनुहुन्छ।”

पोपको कथित टिप्पणीहरू पहिले इटालियन ट्याब्लोइड वेबसाइट डागोस्पिया द्वारा रिपोर्ट गरिएको थियो र चाँडै अन्य इटालियन समाचार एजेन्सीहरूले पुष्टि गरे।

यस रिपोर्टमा पोपले प्रयोग गरेको भाषा अचम्मको थियो किनभने पोप फ्रान्सिसले प्राय: सार्वजनिक रूपमा समलिङ्गी व्यक्तिहरूलाई सम्मान गर्ने कुरा गरेका छन्।

बंगलादेश र म्यानमारलाई विभाजन गरेर नयाँ इसाइ देश बनाउने षड्यन्त्र !

0

काठमाडौं । बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले बंगलादेश र म्यानमारका केही भूभाग विभाजन गरेर पूर्वी टिमोर जस्तो नयाँ इसाइ देश बनाउने षड्यन्त्र भइरहेको दाबी गरेकी छन् ।

उनले यस्तो कहिले हुन नदिने बताइन् । यद्यपि, प्रधानमन्त्री हसिनाले आफ्नो बयानमा यो योजनाको पछाडि कुन देशको हात रहेको छ भन्ने बताएकी छैनन् ।

बंगलादेशी वेबसाइट द डेली स्टारको रिपोर्टका अनुसार शेख हसिनाले जनवरी ७ मा भएको चुनावअघि आफूलाई आफ्नो देशको सीमाभित्र एयरबेस बनाउन अनुमति दिएमा बिना कुनै झन्झट चुनाब गराउन दिने प्रस्ताव आएको पनि दाबी गरेकी छन् । तर, यहाँ पनि उनले आफूलाई यो अफर कुन देशबाट आएको हो भन्ने खुलाइनन् ।

आइतबार गोनो भवनमा १४ दलको बैठकलाई सम्बोधन गर्दै अवामी लिग अध्यक्ष हसिनाले यस्तो टिप्पणी गरेकी हुन् । रिपोर्टका अनुसार देशमा चुनावपछि अवामी लिगका अध्यक्षसँग १४ दलको यो पहिलो बैठक थियो ।

बंगलादेशी प्रधानमन्त्रीले आफूले आन्तरिक र बाह्य दुवै क्षेत्रमा कडा चुनौतीको सामना गरिरहेको र आफूविरुद्ध षड्यन्त्र रचिएको दाबी गरिन् । प्रधानमन्त्री हसिनाले आफ्नो सम्बोधनमा भनिन्, ‘पूर्वी टिमोर जस्तै उनीहरु बंगलादेश र म्यानमारका केही भाग लिएर क्रिश्चियन राष्ट्र बनाउन खोजिरहेका छन्, जसको आधार बंगालको खाडीमा हुनेछ ।’

उनले बंगालको खाडी र हिन्द महासागर हुँदै शताब्दीयौंदेखि व्यापारिक गतिविधि हुँदै आएको तर अहिले धेरैको नजर यही क्षेत्रमा रहेको बताइन् । उनले यस क्षेत्रमा कुनै विवाद नरहेको र कतै द्वन्द्वको अवस्था नरहेको बताइन् । उनले यो क्षेत्रमा यस्तो हुन नदिने बताइन् ।

तर एयरबेस प्रस्तावसँग सम्बन्धित प्रश्नमा प्रधानमन्त्री हसिनाले आफूकहाँ एक गोरा विदेशी व्यक्ति यो प्रस्ताव लिएर आएको बताइन् । उनीहरूले देश बनाउन चाहेको जस्तो देखिए पनि उनीहरूको सोच धेरै अगाडि रहेको हसिनाले बताइन् । शेख हसिनाले भनिन् “यही कारणले गर्दा अवामी लिग सरकार सधैं समस्यामा परेको छ।” शेख हसिनाले थप समस्याहरू बढ्ने तर आत्तिनुपर्ने अवस्था नरहेको बताइन् ।

पूर्वी टिमोरलाई तिमोर-लेस्टे पनि भनिन्छ। यो क्रिस्चियन बाहुल्य देश हो। पूर्वी टिमोर १६ औं शताब्दीदेखि पोर्चुगलको उपनिवेश थियो र धेरै शताब्दीसम्म पोर्चुगल शासनको अधीनमा रह्यो। सन् १९७५ मा पोर्चुगलले पूर्वी टिमोरलाई स्वतन्त्र गर्यो। केही दिन पछि, पूर्वी टिमोरलाई इन्डोनेसियाले कब्जा गर्यो र आफ्नो २७ औं राज्य घोषणा गर्यो।

यस अवधिमा इन्डोनेसियाले स्वतन्त्रता आन्दोलनलाई दबाउने प्रयास गर्यो। अन्ततः १९९९ मा इन्डोनेसिया पूर्वी टिमोरमा जनमत संग्रह गर्न सहमत भयो। यसपछि सन् २००२ मा पूर्वी टिमोर स्वतन्त्र राष्ट्र बनेको थियो । यो २१औँ शताब्दीमा स्वतन्त्र हुने एसियाकै पहिलो र नयाँ राष्ट्र बन्यो।

कैलाश सिरोहिया पारिवारिक जमानतमा रिहा

0

काठमाडौँ । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पारिवारिक हाजिरी जमानीमा रिहा भएका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रन्जन अवालेले सिरोहियालाई हाजिर जमानीमा छाड्ने निर्णय गरिएको बताए ।

उनले भने, “हाम्रो सिफारिसमा सरकारी वकिल कार्यालयले उहाँलाई बोलाएको बेला उपस्थित हुनेगरी छाड्न अनुमति दिएको हो ।”

फौजदारी कार्यविधि संहिताको दफा १५ उपदफा (१) अनुसार परिवारको सदस्यको जमानतमा आरोपीलाई हिरासतमुक्त गर्न मिल्ने व्यवस्था छ ।

सोमबार जिल्ला अदालत धनुषाले उनलाई तेस्रो पटक ३ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । स्वास्थ्य समस्याको कारण सिरोहिया ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना भएका थिए। उनलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइएको थियो ।

 

मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या क्याम्पसमा अक्षयकोष स्थापना

0

काठमाडौँ: मङ्गलादेवी सिंह फाउन्डेसनद्वारा पद्मकन्या बहुमुखी क्याम्पस बागबजारमा रु पाँच लाखको अक्षयकोष स्थापना गरिएको छ ।

फाउन्डेसनले आज पद्मकन्या बहुमुखी क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा राजनीतिक शास्त्र सङ्कायमा अध्ययन गरेर उत्कृष्ट हुने दुई छात्रालाई पुरस्कार प्रदान गर्नका लागि उक्त अक्षयकोष स्थापना गरेको हो । अक्षयकोष स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा आज पद्मकन्या बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख दयालक्ष्मी प्रधानको उपस्थितिमा फाउन्डेसनका अध्यक्ष सिर्जना सिंह र क्याम्पसकी राजनीतिकशास्त्र विभाग प्रमुख सविता मल्लिकले हस्ताक्षर गर्नुभयो ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य एवं प्रतिनिधिसभा सदस्य प्रतिमा गौतमले पछिल्लो समय राजनीतिकशास्त्रमा अध्ययन गर्ने विद्यार्थी कमी हुँदै गएको बताउनुभयो ।“राजनीतिकशास्त्र राजनीति गर्नेका लागि मात्र होइन सबैले पढ्नुपर्छ,” उहाँले भन्नुभयो । ब्याजबाट प्रत्येक वर्ष दुई छात्रालाई जनही रु १० हजार नगद, सम्मान र प्रमाणपत्र प्रदान गर्ने उद्देश्यले अक्षयकोष स्थापना गरिएको जानकारी दिनुभयो । सोही क्याम्पसकी विद्यार्थी एवम् नेपाली कांग्रेस महासमिति सदस्य सिर्जना मल्लले उक्त अक्षयकोषले विद्यार्थीलाई पढाइप्रति हौसला प्रदान गर्ने बताउनुभयो । राजनीतिकशास्त्र अध्ययन गर्ने विद्यार्थी घट्दै गएको अवस्थामा यस्ता कार्यले विद्यार्थीलाई आकर्षित गर्ने उहाँको भनाइ छ ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, नेपाल महिला सङ्घका अध्यक्ष उषा राउत मिश्र, पद्मकन्या बहुमुखी क्याम्पसका पूर्व स्ववियु सभापति विनिता अधिकारीलगायतको सहभागिता रहेको थियो ।

विश्व कीर्तिमान कायम गर्न कालापत्थरमा रेस्लिङ

0

कालापत्थर (सोलुखुम्बु): विश्वकै अग्लो स्थानमा रेस्लिङ खेलेर कीर्तिमानी कायम गर्न मे २९ अर्थात ‘एभरेष्ट डे’को अवसरमा कालापत्थरमा रेस्लिङको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल सम्पन्न भएको छ ।

नेपाल महिला रेस्लिङ फाउण्डेशनको आयोजनामा आज पाँच हजार छ सय ४४ मिटरको उचाइमा रहेको कालापत्थरमा रेस्लिङको मैत्रीपूर्ण खेल सम्पन्न भएको हो । सोलुखुम्बुको खुम्बु गाउँपालिकास्थित कालापत्थरमा पहिलोपटक अन्तर्राष्ट्रिय रेस्लिङ प्रतियोगिता सम्पन्न गरिएको हो ।

नेपालको पहिलो महिला रेस्लर भगवती खड्का (युनिका) र अमेरिकाकी रेस्लर डानियल मोरिसन (डानी मो)बीच सम्पन्न मैत्रीपूर्ण प्रतिस्पर्धामा नेपालकी भगवती खड्का विजयी भइन् ।

रेस्लिङ खेलमार्फत विश्व कीर्तिमान बनाउने सपना देख्दै आएकी खड्काले विश्वमा हालसम्म यति उचाइमा रेस्लिङ खेल नखेलिएकाले यो विश्व रेकर्ड हुने दाबी गरिन्। हास्य कलाकारको प्रस्तुतिसहित हास्य कलाकार शिव शङ्कर रिजाल (जोगिन्दार पानवाला)ले प्रतियोगिताको कार्यक्रम सञ्चालन गरेका थिए। मैत्रीपूर्ण खेलमा नेपाली रेस्लर अस्मिता जुरेलीले रेफ्रीको भूमिका निर्वाह गरेकी थिइन् । कार्यक्रममा अल एराउड ट्रेक्सका एमडी सोनम शेर्पाले सहजीकरण गरेका थिए ।