Wednesday, June 10, 2026
Home Blog Page 718

प्रतिनिधिसभा बैठकमा महङ्गीलगायत आपराधिक घटना नियन्त्रणसम्बन्धमा ध्यानाकर्षण

0

काठमाडौँ : आज बसेको प्रतिनिधिसभा बैठकमा सांसदहरूले देशमा बढ्दै गएको महङ्गीलगायत आपराधिक घटना नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको आजको शून्य समयमा सांसद भगवती चौधरीले पछिल्लो समय देशमा आपराधिक क्रियाकलाप बढ्दै गएको भन्दै त्यस्ता क्रियाकलाप नियन्त्रणका लागि सरकारसँग अनुरोध गर्नुभयो ।

सांसद महेशकुमार बर्तौलाले चितवन राष्ट्रिय निकुञ्ज र पर्सा राष्ट्रिय निकुञ्जलाई एकीकृत पर्यटन पवर्द्धन गर्ने उद्देश्यका साथ कार्ययोजना अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो । सांसद माधव सापकोटाले सङ्घमा नयाँ सरकार बनेसँगै प्रदेश सरकार निर्माणमा ढिलाइ भइरहेको जनाउँदै सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।

यस्तै, सांसद मीना तामाङले काभ्रेपलाञ्चोकको बनेपा–६ की ममता काफ्लेकोे हालै अमेरिकामा श्रीमानद्वारा हत्या गरिएकाप्रति आपत्ति जनाउँदै दोषीलाई कारबाही हुुनुपर्ने बताउनुभयो । सांसद मेनकाकुमारी पोख्रेलले दाङको घोराही–तुल्सीपुर सडकखण्डअन्तर्गत पर्ने सेवा खोलामा निर्माणाधीन पुलको काममा ढिलाइ भएका कारण जनताले सास्ती भोग्नुपरेको बताउनुभयो । सांसद मैना कार्कीले जाजरकोटमा पछिल्लो समय भूकम्पले सतारहेको उल्लेख गर्दै भूकम्पपीडितका लागि उचित राहतको व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो ।

सांसद मङ्गलप्रसाद गुप्ताले कपिलवस्तुका विभिन्न स्थानमा बाढीका कारण जनजीवन कष्टकर भएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद योगेन्द्र मण्डलले गत असार महिनामा प्रकाशित माध्यामिक शिक्षा परीक्षा (एसइई) को नतिजा सन्तोषजनक नभएको भन्दै आगामी वर्षमा सुधारका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।

सांसद रणकुमारी बलमपाकी मगरले एसइई र १२ कक्षाको परीक्षाफल प्रकाशित भएसँगै देशमा शिक्षाको अवस्था प्रष्ट भएको भन्दै शिक्षा प्रणाली सुधार गर्न सरकार र सरोकारवाला निकाय गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो । सांसद रणेन्द्र बरालीले पछिल्लो समय देशमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै त्यसको अन्त्य गर्नुपर्ने माग गर्नुभयो ।

सांसदहरू रामहरि खतिवडा, रोशन कार्की, लक्ष्मी तिवारी, लालवीर चौधरी, लीलादेवी लिम्बू, लीलानाथ श्रेष्ठ, लेखनाथ दाहाल, विक्रम पाण्डे, विजुला रायमाझी, राजेन्द्र बजगाइँ, रुक्मणी राना बराइली, रामकुमार राई र रामकृष्ण यादवले देशमा रहेको भष्टाचार, आपराधिक क्रियाकलाप र महङ्गी अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो ।

नेकपा एकीकृत (समाजवादी) का पदाधिकारी र पोलिटब्युरो सदस्यको निर्वाचन हुने

0

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १८ पदाधिकारीसहित पोलिटब्युरो सदस्य छनौटका लागि निर्वाचन हुने भएको छ ।सोमबार सम्पन्न केन्द्रीय कमिटी बैठकले सहमतिको प्रयास सफल नभएपछि निर्वाचनको माध्यमबाट पदाधिकारी तथा पोलिटब्युरो सदस्य छनौट गर्ने निर्णय गरेको हो । सोही निर्णयअनुसार पार्टीको निर्वाचन आयोगले मतदाताको नामावली प्रकाशन गरी प्रक्रिया अगाडि बढाएको छ ।

वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र कोषाध्यक्ष गरी १८ पदका साथै ८४ पोलिटब्युरो सदस्यका छनौटका लागि निर्वाचन गर्न लागिएको हो । पार्टीमा तीन सय ४४ सदस्यीय केन्द्रीय कमिटीको व्यवस्था छ ।

उम्मेदवारी दर्ता, दाबी विरोध, उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशनलगायत कार्यक्रम मङ्गलबार बिहानदेखि सुरु भई, दिउँसो २ देखि पाँच बजेसम्म मतदान र साँझसम्म मतगणना गरिने निर्वाचन आयोगका अध्यक्ष माधव पौडेलद्वारा जारी तालिकामा उल्लेख छ । केन्द्रीय कमिटी सदस्यले मात्र निर्वाचन प्रक्रियामा सहभागी हुन पाउने छन् । सचिवालय सदस्य, स्थायी समिति सदस्य विभागलगायत संरचना केही दिनपछि निर्माण गर्ने जनाइएको छ । केन्द्रीय कमिटीमा हाल अध्यक्ष, सम्मानित नेता र महासचिव गरी तीन पदाधिकारी छन् ।

ताप्लेजुङ गोल्डकपः टिकटबाट एकै दिनमा १० लाखभन्दा बढी सङ्कलन

0

ताप्लेजुङ: अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकपको फाइनल खेलमा टिकट बिक्रीबाटै रु १० लाखभन्दा बढी सङ्कलन भएको छ । फाइनल खेल हेर्नका लागि चार हजार ५६ जना दर्शकले टिकट लिएका थिए ।

प्रतिव्यक्ति रु दुई सय ५० का दरले राखिएको उक्त टिकट बिक्रीबाट रु १० लाख १४ हजार सङ्कलन भएको आयोजकले जनाएको छ । फाइनल खेल करिब १२ हजार दर्शकले अवलोकन गरेको आयोजक लाखेजात्रा सञ्चालन समितिले जनाएको छ ।

पहिलो चरणका खेल हेर्न रु एक सय, सेमिफाइनलका खेल हेर्न रु दुई सय र फाइनल खेल हेर्नका लागि रु दुई सय ५० दरका टिकट निर्धारण गरिएको थियो । दर्शकको सुविधाका लागि प्याराफिट निर्माणसहितका काममा मोटो रकम खर्च हुने भएकाले टिकट काट्नुपर्ने बाध्यता रहेको आयोजकले बताएको छ ।

देशकै पुरानो भद्रपुर नाकाबाट वर्षाैदेखि निर्यात शून्य

0

झापा: विगत छ वर्षदेखि मुख्य भन्सारको मान्यता पाएको भद्रपुर नाकाबाट निर्यात व्यापार शून्य छ । सीमावर्ती भारतीय नाका गलगलियाको स्तरोन्नति नहुँदा भद्रपुरबाट नेपाली सामान निर्यात हुन नसकेको हो । विसं २००७ भन्दाअघिदेखि राणाकालीन व्यापारिक नाकाका रुपमा परिचित भद्रपुरको भन्सार नेपालकै पुरानो मानिन्छ । तर विसं २०७५ भदौ १९ गते मात्र यसले छोटी भन्सारबाट स्तरोन्नति हुँदै मुख्य भन्सारको मान्यता पाएको हो ।

मुख्य भन्सारको मान्यता पाएपछि भद्रपुर भन्सार कार्यालयको भौतिक पूर्वाधार, जनशक्ति र क्षेत्राधिकार बढेको छ । तर, निर्यात व्यापारको ढोका भने अहिलेसम्म खुल् नसकेको जनाइएको छ ।

नेपालले भन्सारको स्तरोन्नति गरे जस्तै सीमापारिको गलगलियास्थित भारतीय नाकाको स्तरोन्नति हुन सकेको छैन । गलगलिया अहिले पनि छोटी भन्सारका रुपमा सञ्चालन भइरहेको छ । त्यहाँ सामान भण्डारण गर्ने गोदाम र जाँचपास गर्ने एजेन्टलगायत सुविधा नभएको जनाइएको छ ।

विसं २००७ पछि नेपालबाट चामल, काठलगायतका सामान भारत निर्यात गर्ने मुख्य नाकाका रुपमा भद्रपुर चिनिएको थियो । काँकडभिट्टामा मेची पुल र राजमार्ग विस्तार भएपछि भद्रपुरको व्यापार क्रमशः ओरालो लागेको हो । आर्थिक वर्ष २०७६/७७ देखि गत आव २०८०/८१ सम्म पाँच वर्षको अवधिमा भद्रपुर भन्सार कार्यालयले रु ९९ करोड ७७ लाख राजस्व असुली गरेको कार्यालयका प्रमुख भन्सार अधिकृत अर्जुनप्रसाद सिटौलाले बताउनुभयो ।

उहाँका अनुसार आव २०७६/७७ मा रु १४ करोड ४९ लाख, आव २०७७/७८ मा रु २७ करोड ३४ लाख, आव २०७८/७९ मा २४ करोड १३ लाख, आव २०७९/८० मा रु नौ करोड ४७ लाख र आव २०८०/८१ मा रु २४ करोड ३४ लाख राजस्व असुली भएको छ ।

चालू आव २०८१/८२ मा भद्रपुर भन्सारले रु ३३ करोड १३ लाख राजस्व असुलीको लक्ष्य निर्धारण गरेको छ । आव २०८०/८१ मा रु १२ करोड सात लाख असुलीको लक्ष्य लिएको कार्यालयले आश्चर्यजनक उपलब्धि हासिल गर्दै रु २४ करोड ३४ लाख राजस्व असुली गरेको थियो ।

विगत पाँच वर्षमा असुली भएको रु ९९ करोड ७७ लाख भन्सारबाट आयात भएको मालसामानको महसुलबापत हो । हालसम्म यस भन्सारबाट नेपाली कुनै पनि सामान निर्यात नभएको हुँदा निर्याततर्फको राजस्व शून्य रहेको भन्सार प्रमुख सिटौलाले स्वीकार गर्नुभयो ।

व्यापारिक नाका भनेकै दोस्रो र तेस्रो मुलुकसँग सामानको आयात र निर्यात गर्ने स्थान हो । तथापि भद्रपुर नाका नेपालका लागि सामान भित्र्याउने नाकामा सीमित हुन पुगेको छ ।

सीमावर्ती गलगलिया नाका भारतको विहार प्रान्तअन्तर्गतको कम प्राथमिकतामा परेको भन्सारको सूचीमा रहेको छ । गलगलिया भन्सारमा भौतिक पूर्वाधार, गोदाम, भन्सार एजेन्ट लगायतको सुविधा छैन । स्थानीय व्यवसायीका अनुसार रु पाँच लाखभन्दा बढी मूल्यका सामान नेपाल ल्याउनसमेत गलगलिया भन्सारले दिएको छैन । पाँच लाखभन्दा बढी मूल्यका सामान फारवेसगञ्ज नाकाबाट जाँचपास गराएर मात्र नेपाल ल्याउन पाइने नियमका कारण नेपाली व्यवसायी हैरान छन् ।

भद्रपुर भन्सार कार्यालयका प्रमुख सिटौलाले यस नाकाबाट लत्ताकपडा, चिया उद्योगका पार्टपूर्जा, प्याकिङ मेटेरियल, प्लाइउड उद्योगमा प्रयोग हुने रेजिनलगायतका केमिकल र बालीनालीमा प्रयोग हुने विषादीजन्य वस्तुहरु आयात हुने गरेको जानकारी दिनुभयो ।

झापा उद्योग सङ्घका अध्यक्ष यामबहादुर श्रेष्ठले भारतीय नाकाको भन्सारलाई स्तरोन्नति गरिने हो भने नेपालबाट चिया, प्लाइउडलगायत बर्सेनि अर्बौं मूल्यका नेपाली उत्पादन निर्यातको बाटो खुल्ने सम्भावना रहेको बताउनुभयो ।

“भारतीय पक्षलाई विभिन्न माध्यमबाट गलगलिया भन्सारको स्तरोन्नति गर्नका लागि दबाब दिइरहेका छौँ”, अध्यक्ष श्रेष्ठले भन्नुभयो, “यही दबाबका कारण भारतको विहार सरकारले गलगलिया भन्सारलाई स्तरोन्नति गर्दै भन्सार कोड प्रदान गरेको खबर आएको छ । अब चाँडै निर्यात व्यापारका लागि ढोका खुल्ने आशा गरेका छौँ ।”

उहाँले भारतीय भन्सारले कोड प्राप्त गरेपछि क्वारेन्टाइनलगायत अन्य कार्यालय स्थापना गर्न जरुरी रहेको बताउनुभयो । गलगलिया भन्सारमा चाँडै भन्सार एजेन्टहरु नियुक्त हुने जानकारी आएकोसमेत उहाँले बताउनुभयो ।

नेपालकै पुरानो भन्सार भए पनि विगतमा मेची नदीमा पुल नभएका कारण व्यापार प्रभावित भएको थियो । विसं २०७६ मा मेची नदीमा पक्की पुल निर्माण भइसकेको छ । नेपालतर्फ छोटी भन्सारलाई स्तरोन्नति गरेर मुख्य भन्सार घोषणा भएपछि भन्सारमा जनशक्ति थप गरेर २० जना पुर्याइएको छ ।

भद्रपुर भन्सार कार्यालय मातहतमा पाठामारी, घेराबारी, पन्थापाडा, केचना र कुमरखोद गरी पाँच वटा छोटी भन्सार छन् । कुमरखोदबाहेक अरु छोटी भन्सारको गतिविधि ठप्प रहेको छ ।

काभ्रेको खानीखोलामा तीन सय २३ परिवारलाई ‘एक–घर–एक धारा’

0

काभ्रेपलाञ्चोक: काभ्रेको खानीखोला गाउँपालिकाको तीन सय २३ परिवारलाई घरघरघै खानेपानी उपलब्ध गराइएको छ । गाउँपालिकाको ‘एक–घर–एक धारा’ अभियान कार्यक्रमअन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को परिवारका घरमै खानेपानी उपलब्ध गराएको छ ।

योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङद्वारा शुभारम्भ गरिएको हो । गाउँपालिकाको वडा नं ३ र ४ मा १ सय ७८ धारा निर्माण सम्पन्न भएको छ भने वडा नं ५ मा एक सय ४५ घरमा धारा जडान गरी खानेपानी उपलब्ध गराइएको अध्यक्ष थिङले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै खानेपानी आयोजना नेपाल स्वास्थ्यका लागि पानी (नेवा) को संयोजन, च्यारिटी वाटरको सहयोग र गाउँपालिकाको साझेदारीमा निर्माण सम्पन्न भएको हो ।

गाउँपालिकाले ‘दिगो र गुणस्तरयुक्त संरचना हाम्रो पहिचान, सुरक्षित पानी सफा र स्वच्छ गाउँ हाम्रो अभियान’ नाराका साथ खानेपानी आयोजना सञ्चालन गरिरहेको छ । अध्यक्ष थिङले खानीखोलाका दुई हजार चार ४ सय परिवारमा स्वच्छ र सफा खानेपानीको व्यवस्था गर्ने क्रममा हालसम्म सात सय घरधुरीमा योजनामार्फत पु¥याइएको बताउनुभयो । “बाँकी परिवारमा क्रमशः योजनामार्फत नै खानेपानी व्यवस्था गर्ने लक्ष्य लिएका छौँ”, थिङले भन्नुभयो ।

वडा नं ३ को आहाले जुरे, भाङ्टार, सौरे र चित्रे बस्ती र ४ डाँडागाउँ, बाँसघारी, सिरुटारमा नेवाको रु एक करोड २५ लाख आठ हजार, गाउँपालिकाको तर्फबाट रु ४९ लाख आठ हजार नौ सय, जनश्रमदानबाट रु २४ लाख ७६ हजार पाँच सय ५० गरी कूल रु एक करोड ७६ लाख ८३ हजार पाँच सयको लागतमा खानेपानी आयोजना निर्माण सम्पन्न भएको थियो । उक्त खानेपानी आयोजना विसं विसं २०७९ मा सुरु गरिएको थियो ।

यस्तै खानिखोला–५ गैरीखोला तालढुङ्गामा ‘एक घर–एक धारा’ कार्यक्रमअन्तर्गतनै एक सय ४५ घरमा धारा जडानका लागि गाउँपालिका, नेपाल स्वास्थ्यका लागि पानी (नेवाः) सिन्धुली तथा स्थानीय जनश्रमदान गरी रु एक करोड छ लाख निर्माण सम्पन्न भएको हो । उक्त खानेपानी आयोजनाको विसं २०८० साउन १ गते सम्झौता गरिएको र समयमै निर्माण सम्पन्न भएको गाउँपालिकाका अध्यक्ष थिङले जानकारी दिनुभयो ।

प्राङ्गारिक मल तथा बायोग्यास उद्योगमा लगानी करोडौंको, उपलब्धि शून्य

0

खोटाङ : दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित ओखरबोटेमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग तत्कालीन १ नं. प्रदेश (हाल कोशी प्रदेश)का तत्कालीन मुख्यमन्त्री शेरधन राईले वि.सं. २०७७ चैत–२१ गते उद्घाटन गर्नुभएको थियो । तत्कालीन नगर प्रमुख दीपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले विसं २०७६ असार–१ मा शिलान्यास गर्नुभएको प्राङ्गारिक मल तथा बायोग्यास प्लान्ट अर्थमन्त्रालयको विशेष अनुदानवापत रु तीन करोड ३२ लाख तथा नगरपालिकाको रु एक करोड ५६ लाख लगानीमा स्थापना गरिएको हो ।

रासायनिक मल प्रयोग हुँदै आएको नगरपालिकालाई अर्गानिक नगर बनाउने अभियानमा स्वतःस्फूर्त लागेका नगरवासी आफ्नै ठाउँमा प्राङ्गारिक मल उद्योग सञ्चालन भएपछि हर्षित बनेका थिए । प्रतिघण्टा एक हजार केजी मल उत्पादन गर्न सकिने क्षमताको प्राङ्गारिक मल उद्योग तथा गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्नेगरी स्थापना गरिएको बायोग्याँस प्लान्ट अहिले अलपत्र छ ।

पन्ध्र वडा रहेको यस नगरपालिकालाई अर्गानिक नगर बनाउँदै आन्तरिक आम्दानीको स्रोतको रुपमा विकास गर्ने उद्देश्यसहित रु चार करोड ५६ लाख लगानीमा स्थापना गरिएको प्राङ्गारिक मल तथा बायोग्यास उद्योग लामो समयदेखि अलपत्र बनेपछि नगरपालिकाका वर्तमान जनप्रतिनिधि आलोचित बनेका छन् । राज्यको करोडौँ लगानीमा स्थापना गरिएको दुई उद्योग उद्घाटन गरेको तीन वर्ष पाँच महिना बितिसक्दा पनि सञ्चालनमा ल्याउने नगरपालिकाको कुनै योजना नभएपछि जिल्लावासीले अलपत्र उद्योगको तस्बिर सामाजिक सञ्जालमा राख्दै आलोचना गर्ने गरेका छन् ।

आफ्नो गाउँमा प्राङ्गारिक मल उद्योग तथा बायोग्यास प्लान्ट स्थापना हुने भएपछि आफूले छ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको तत्कालीन नगरकार्यपालिका सदस्य गङ्गाबहादुर विश्वकर्माले बताउनुभएको छ । “उद्योगबाट उत्पादन भएको मललाई नगरपालिकाकै अगुवाइमा थोकमार्फत बिक्री तथा वितरण गर्ने लक्ष्य राखिएको थियो । “उद्घाटन गरेको चार वर्ष हुन लाग्यो । अहिलेसम्म सञ्चालनमा ल्याउने वर्तमान जनप्रतिनिधिको कुनै तयारी छैन”, जिल्लाका अगुवा कृषक रहनुभएका विश्वकर्माले भन्नुभयो, “उद्योगमा राज्यको ठूलो लगानीमा फसेको छ । वर्तमान जनप्रतिनिधिले यसलाई तत्काल सञ्चालनमा नल्याएको खण्डमा त्यो लगानी खेर जानेवाला छ ।”

उद्योगबाट उत्पादित प्राङ्गारिक मल मलिलो र राम्रो हुने भएकाले पहिलो चरणमा नगरपालिकाभित्रकै कृषकलाई अनुदानमा वितरण गर्ने भनिएको थियो । तीन हजार पाँच सय घनमिटर क्षमताको अण्डरग्राउण्ड डुम (ट्याङ्की) मा कच्चापदार्थ हालेर गोबरग्यास उत्पादन गर्ने र त्यसलाई सिएनजी ग्याँसमा परिवर्तन गरेर एलपी ग्याँसकै रुपमा सिलिण्डर भरेर उपभोक्तालाई वितरण गर्ने लक्ष्य राखिएको थियो ।

दिक्तेल बजारका शौचालयको ट्याङ्कीमा रहेका दिसापिसाबलाई सक्सन मेसिनले तानेर बायोग्याँस प्लान्टमा लैजाने नगरपालिकाको तयारी थियो । आवश्यक गोबर र स्याउलाका लागि कम्पोष्ट मल उद्योग र बायोग्यास प्लान्ट रहेको स्थानभन्दा केहीमाथि सुधारिएको गोठमा भैँसीपालनसमेत गरिएको थियो ।

नगरपालिकाले उद्योगमा स्थानीय चार युवालाई पूर्णकालीन तथा २५ जनालाई अल्पकालीन रुपमा रोजगारीसमेत दिएको थियो । लामो समयसम्म बिना काम जागिर खाएका ती कर्मचारी तथा गोठमा बाँधिएका भैँसी अहिले उद्योगमा छैनन् ।

कर्मचारीका लागि कति रकम भुक्तानी दिइयो भन्ने नगरपालिकासँग यकिन तथ्याङ्क छैन । मलमूत्रका लागि रु दुई लाखमा खरिद गरिएका तीन भैँसीमध्ये एउटा मरेको र दुई वटा रु ९० हजारमा लिलाम गरिएको नगरपालिकाले जनाएको छ ।

दश स्थानीय तह रहेको जिल्लाको सबैभन्दा ठूलो यस नगरपालिकालाई पाँच वर्षभित्र पूर्ण अर्गानिक बनाउने तयारी स्वरुप प्राङ्गारिक मल उद्योग स्थापना गरिएको तत्कालीन नगरप्रमुख रिजालले बताउनुभएको थियो । अघिल्लो स्थानीय सरकारले दीर्घकालीन कार्ययोजना नबनाइ विभिन्न संरचना निर्माण गरेकाले यस्तो अवस्था आएको वर्तमान नगरप्रमुख तीर्थराज भट्टराईको दाबी छ । उद्योग परिसरमै निर्माण निर्माण गरिएका पोखरी र हाइटेक ग्रिन हाउस पनि अलपत्र अवस्थामा छ । पोखरी र हाइटेक ग्रिन हाउस निर्माणमा नगरपालिकाको ठूलो मात्रामा रकम खर्च भएको स्रोतको दाबी छ ।

प्राङ्गारिक मल उद्योगका लागि खरिद गरिएको एउटा सक्सन मेसिन, दुईवटा ट्याक्टर र एउटा गाडी भने नगरपालिकाले उपयोग गरिरहेको छ । बनेका संरचना व्यवस्थित गरेर सञ्चालन गर्न नसक्नुले वर्तमान जनप्रतिनिधिको कार्यक्षमताप्रति प्रश्नचिन्ह खडा भएको नगरवासीको गुनासो छ । मल उत्पादनका लागि आवश्यक कच्चापदार्थका लागि भैँसी खरिद, उद्योगको कम्पाउण्डमा गार्डेनिङका लागि विभिन्न किसिमका फूलका बिरुवा तथा सजावटका सामग्रीमा पनि खर्च भएको छ ।

आमूल परिवर्तन रिपब्लिकन र संयुक्त नागरिक पार्टीबीच एकता

0

ललितपुर: आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबीच एकता भएको छ।
आज ललितपुरमा आयोजिक पार्टी एकता घोषणा कार्यक्रममा आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबेबीच एकता भई आमूल परिवर्तन नागरिक पार्टी नामाकरण गरिएको छ।
आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरि तथा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता घोषणा गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले बधाई दिंदै आ-आफ्ना मन्तव्य राख्नुभएको थियो।

घोषित पार्टीका अध्यक्ष द्वय भरत गिरि तथा दलमर्दन कामीले पार्टी एकताले पूर्णता पाए पनि अझै गृहकार्य भइरहेको र अन्य पार्टीहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताउनुभयो।

आमूल परिवर्तन रिपब्लिकन र संयुक्त नागरिक पार्टीबीच एकता

ललितपुर: आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबीच एकता भएको छ।
आज ललितपुरमा आयोजिक पार्टी एकता घोषणा कार्यक्रममा आमूल परिवर्तन रिपब्लिकन पार्टी र संयुक्त नागरिक पार्टीबेबीच एकता भई आमूल परिवर्तन नागरिक पार्टी नामाकरण गरिएको छ।
आमूल परिवर्तन रिपब्लिकन पार्टीका अध्यक्ष भरत गिरि तथा संयुक्त नागरिक पार्टीका अध्यक्ष दलमर्दन कामीले संयुक्त रुपमा पानसमा बत्ति बालेर पार्टी एकता घोषणा गर्नुभएको उक्त कार्यक्रममा विभिन्न वक्ताहरूले बधाई दिंदै आ-आफ्ना मन्तव्य राख्नुभएको थियो।

घोषित पार्टीका अध्यक्ष द्वय भरत गिरि तथा दलमर्दन कामीले पार्टी एकताले पूर्णता पाए पनि अझै गृहकार्य भइरहेको र अन्य पार्टीहरूलाई पनि एकतामा ल्याउने प्रयास भइरहेको बताउनुभयो।

यस्तो छ पार्टी घोषणाको पूर्णपाठ

घोषणा पत्र १० गते

इजरायली आक्रमणको बीचमा लेबनानका प्रधानमन्त्रीले आपतकालीन बैठक बोलाए

0

काठमाडौं: लेबनानका कार्यवाहक प्रधानमन्त्री नजिब मिकातीले इजरायली आक्रमणको बीचमा आपतकालीन बैठक बोलाएका छन्।

लेबनानको सरकारी समाचार एजेन्सीको रिपोर्टअनुसार लेबनानका प्रधानमन्त्री नजिब मकातीले देशको दक्षिणी भागको अवस्थाबारे छलफल गर्न मन्त्रीहरूसँग आपतकालीन बैठक बोलाएका हुन्।

भेटमा प्रधानमन्त्री मकातीले बढ्दो अवस्था रोक्न आफू लेबनानका साथीहरूसँग निरन्तर सम्पर्कमा रहेको बताए ।

उनले गाजामा युद्धविरामका लागि अन्तर्राष्ट्रिय समुदायले गरिरहेको प्रयासलाई लेबनानले समर्थन गर्ने कुरामा जोड दिए।

इजरायल र लेबनानबीच बढेको तनावबारे अमेरिकाले यस्तो भन्यो

0

काठमाडौं: इजरायलले हिजबुल्लाहको स्थानमा आक्रमण गरेपछि लेबनानसँग तनाव बढेको छ ।

इजरायलले लेबनानमा हिजबुल्लाहका धेरै स्थानहरूलाई लक्षित गरी हवाई आक्रमण गरेको छ। हिजबुल्लाहले इजरायलमा ३ सय रकेट प्रहार गरेको दाबी गरेको छ ।

लेबनान र इजरायलबीचको पछिल्लो तनावलाई लिएर अमेरिकाले प्रतिक्रिया दिएको छ ।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ – राष्ट्रपति बाइडेनले इजरायल र लेबनानबीच चलिरहेको घटनाक्रमको निगरानी गरिरहेका छन्।

उनी साँझदेखि नै राष्ट्रिय सुरक्षा टोलीसँग सम्पर्कमा छन् ।

राष्ट्रपति जो बाइडेनको निर्देशनमा, वरिष्ठ अमेरिकी अधिकारीहरू इजरायलमा आफ्ना समकक्षहरूसँग निरन्तर सम्पर्कमा छन्।

ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “हामी इजरायलको रक्षा र क्षेत्रमा स्थायित्व ल्याउने काममा सहयोग गर्न जारी राख्नेछौँ।”

नेपाली समाजलाई बिथोल्न सम्भव छैन: प्रधानमन्त्री

0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाज बहुसांस्कृतिक र शान्तिप्रेमी भएकाले यस समाजलाई बिथोल्ने र भड्काउने प्रयास सफल नहुने बताएका छन्।

टुँडिखेलमा आज आयोजित गौरा पर्वको कार्यक्रममा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले नेपालीपन भनेको मेलमिलाप र शान्तिपूर्ण भएपनि कतिपय नयाँ पुस्तामा सभ्यता, शिष्टता र मर्यादाको ख्याल नभएको देख्दा दुःख लागेको बताए।

नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले सुन्दर सुदूरपश्चिमबाट सुरु भएको गौरा पर्व नेपालको मौलिक पर्व भएको उल्लेख गरे।