Thursday, June 18, 2026
Home Blog Page 659

दुई वटा रेड पान्डाको छालासहित पक्राउ एक जना

0

काठमाडौँ: काठमाडौँ महानगरपालिका–२६ गोङ्गबु मित्रनगरस्थित सडकबाट वन्यजन्तु रेड पाण्डाको छालासहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाग्लुङको वरेङ गाउँपालिका–३ घर भई काठमाडौँ महानगरपालिका स्वयम्भू बस्ने ४५ वर्षीय तारा थापा रहेको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “प्रहरी वृत्त महाराजगञ्ज र प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनलाई दुईवटा रेड पाण्डाको छालासहित पक्राउ गरेको हो ।” उक्त सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी परिसरले जनाएको छ ।

धनराज गुरुङमाथि पनि अनुसन्धान हुन्छ : गृहमन्त्री

0

काठमाडौं: गृहमन्त्री रमेश लेखकले आफ्नै पार्टीका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए ।

‘धनराजजीमाथि पनि अनुसन्धान हुन्छ, छानबिन हुन्छ,’ उनले भने, ‘यदि तथ्य प्रमाणले उहाँले गैरकानुनी काम गरेको देखियो भने उहाँमाथि कारबाही हुन्छ ।’

उनले संसदीय छानबिन समितिको सिफारिस अनुसार पूर्वगृहमन्त्री रवि लामिछानेमाथि छानबिन भइरहेको बताए । कारबाही सिफारिस भएकामध्ये कुमार रम्तेल जेलमा रहेको भन्दै उनले भने, ‘रविजी र छविजी (पूर्व डीआईजी छविलाल जोशी) माथि अनुसन्धान अगाडि बढाएको हो ।’

उनले अगाडि भने, ‘एक जना व्यक्ति विशेषमा केन्द्रित भएको होइन । सहकारीको रकम हिनामिनामा धेरै मानिस काराबाही परेका छन् । केही मानिस न्यायिक हिरासतमा हुनुहुन्छ ।’

पक्राउ पूर्जी जारी भएकाहरुको प्रहरीले खोजी गरिरहेको समेत उनले बताए । लाखौं मानिसको अर्बौं अपचलन भएको भन्दै गृहमन्त्री लेखकले बचत फिर्ता गर्ने र ठगी गर्नेहरुलाई कारबाही गर्ने सुनिश्चिता गर्न सरकार लागेको उनले बताए ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति समेत रहेका लामिछानेमाथि दुव्यर्वहार भएको विषयमा सोधिएको प्रश्नल उनले आफूले पनि सुनेपछि सम्बन्धित निकाय निकायसँग जानकारी लिएको बताए ।

‘मलाई (व्यर्ववहार) भएको जस्तो किन लागेको छैन’, उनले भने, ‘किनभने अदालतभित्र भएको भए अदालतले पनि नोटिसमा लिन्थ्यो होला । अदालतलले पनि भन्थ्यो होला । केही भनेको स्थिति छैन ।’

गुगलसँग १५ वर्षसम्म लडेर एक दम्पत्तिले ३ खर्ब ४८ अर्ब जरिवाना तिराए

0

काठमाडौं: “गुगलले हामीलाई इन्टरनेटबाट लगभग गायब बनायो” यो शिवान राफ र उनका पति एडम राफको भनाइ हो। यो दम्पतीले २००६ मा आफ्नो राम्रो पारिश्रमिक भएको जागिर छोडे र वस्तु तथा सेवाको बजार मूल्य तुलना गर्ने वेबसाइट फाउन्डेम सुरु गरेका थिए ।

तर, त्यसपछि सर्च इन्जिनको स्वचालित स्पाम फिल्टरहरू मध्ये एकको कारणले फाउन्डेममा गुगल सर्च पेनाल्टी लगाइयो । जसले वेबसाइटको व्यवसायलाई असर गर्यो। वास्तवमा, यस पेनाल्टीको कारण फाउन्डेम इन्टरनेटमा ‘प्राइस कम्पेरिजन’ र ‘कम्पेरिजन शपिङ’ जस्ता कीवर्डबाट गरिने खोज परिणामहरूको सूचीमा धेरै पछाडि धकेलियो।

स्टार्टअप सुरु गर्ने संस्थापकहरूका लागि स्टार्टअप सुरु भएको पहिलो दिन उत्साह र आशंकाले भरिएको हुन्छ । तर, शिवान र एडमका लागि यो झनै खराब थियो। एडम भन्छन्, “हामीले हाम्रा पेजहरूको बरियता कस्तो भनेर हेर्नको लागि निगरानी गरिरहेका थियौं र त्यसपछि हामीले ती सबै तुरुन्तै घटेको देख्यौं ।”

पहिलो दिन फाउन्डेमको योजना अनुसार चलेन। यसले १५ वर्षसम्म चल्ने कानुनी लडाइँलाई जन्म दियो। र, अन्ततः गुगललाई २.४ बिलियन पाउण्डको रेकर्ड जरिवाना लगाइयो । अदालतमा गुगलले आफ्नो बजार प्रभुत्वको दुरुपयोग गरेको ठहर गरिएको थियो।

यस केसलाई गुगलको विश्वव्यापी नियमनमा ऐतिहासिक क्षणको रूपमा हेरिएको थियो।

गुगलले जुन २०१७ मा जारी भएको उक्त निर्णयको विरुद्ध अदालतमा सात वर्ष लामो लडाइँ लडे पनि यस वर्ष सेप्टेम्बरमा युरोपको सर्वोच्च अदालतले गुगलको अपिललाई खारेज गर्‍यो।

लेबनानमा युनिफिल सेनामाथि रकेट आक्रमण, ८ शान्ति सैनिक घाइते

0

काठमाडौं: लेबनानमा रहेको संयुक्त राष्ट्रसंघीय शान्ति सेना (युनिफिल) का आठ अस्ट्रियाली सैनिक नाकोउरास्थित फोर्सको मुख्यालयमा रकेट आक्रमण हुँदा घाइते भएको अस्ट्रियाको रक्षा मन्त्रालयले मंगलबार जनाएको छ।

युनिफिल दक्षिणी लेबनानमा इजरायलसँग सीमारेखाको साथ शत्रुताहरू निगरानी गर्न तैनाथ गरिएको छ। दिउँसो युनिफिलको मुख्यालय नाकोउरामा रकेट प्रहार हुँदा गाडीको वर्कशपमा आगलागी भएको मन्त्रालयले जनाएको छ । त्यसबेला शान्ति सैनिकहरू बंकरहरूमा थिएनन्।

आक्रमणमा केही शान्ति सैनिकहरू घाइते भएका छन्। यद्यपि कोही पनि गम्भीर घाइते भएनन्। रकेट युनिफिलको मुख्यालयको उत्तरबाट प्रहार गरिएको थियो । रकेट सम्भवतः हिज्बुल्लाह वा सम्बद्ध समूहले प्रहार गरेको अनुमान छ ।

अस्ट्रियाले घटनाको अनुसन्धान सुरु गरेको छ । शान्ति सेनामाथिको कुनै पनि जानाजानी आक्रमण अन्तर्राष्ट्रिय मानवीय कानुन र संकल्प १७०१ को गम्भीर उल्लङ्घन भएको पनि अस्ट्ियाले बताएको छ ।

“हामी यस हमलाको कडा निन्दा गर्दछौं र यसको तुरुन्त अनुसन्धान गर्न माग गर्दछौं। यो आक्रमण कहाँबाट भएको हो भन्ने स्पष्ट छैन र कुनै सैनिकलाई तत्काल चिकित्सा उपचार आवश्यक पर्दैन,” मन्त्रालयले एक विज्ञप्तिमा भन्यो।

रास्वपाले भन्यो- रवि निर्दोष छन्, प्रदर्शन पूर्वाग्रह र प्रतिशोधविरुद्ध हो

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गोरखा मिडियामा सहकारीको रकम जीबी राईले ल्याएकाले सजायको भागीदारपनि राई नै हुनुपर्ने बताएको छ।

बुधबार एक विज्ञप्ति जारी गर्दै रास्वपाले रवि लामिछानेले सहकारीको रकम गोरखा मिडियामा ल्याउने प्रक्रियामा संलग्न नरहेकोले उनी दोषी नरहेको दोहोर्‍याएको छ।

रास्वपाले आफूहरुको अहिले जारी प्रदर्शन निर्दोष व्यक्तिलाई पक्राउ गर्ने राजनीतिक पूर्वाग्रह र प्रतिशोधको खेल विरुद्ध भएको कार्यबाहक प्रवक्ता मनिष झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

महिला साफ च्याम्पियनशिप: आज फाइनल- ११ हजार टिकट बिक्यो

0

काठमाडौँ: साफ महिला च्याम्पियनसिपको फाइनलमा ११ हजार टिकट बिक्री गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

‘रंगशालाको क्षमता १५ हजार हो । हामीले साधारण र भीआईपीतर्फ गरी कुल ११ हजार टिकट बिक्री गरेका छौँ,’ एन्फाका प्रवक्ता सुरेश शाहले भने।

उनले सुरक्षा अवस्थालाई ध्यानमा राखी बाँकी चार हजार टिकट बिक्री नगरिएको जानकारी
पनि दिए ।

नेपालद्वारा स्कटल्याण्ड पाँच विकेटले पराजित

0

काठमाडौँ: नेपालले आइसिसी पुरुष क्रिकेट विश्वकप लिग–२ शृङ्खलाअन्तर्गत आज सम्पन्न एकदिवसीय खेलमा स्कटल्याण्डलाई पाँच विकेटले पराजित गरेको छ । अमेरिकाको डालसस्थित ग्रान्ड प्रेरि स्टेडियममा टस हारेर पहिलो ब्याटिङ गरेको स्कटल्याण्ड ४१ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै १५४ रनमा समेटियो ।

स्कटल्याण्डलाई सस्तैमा समेट्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए । साथै करन केसी, सोमपाल कामी, गुल्सन झाले २/२ विकेट तथा आरिफ शेखले एक विकेट लिए । स्कटल्याण्डका लगि मार्क वाटले ३४ रन बनाए भने अन्य ब्याटरले उल्लेखनीय रन बनाउन सकेनन् ।

स्कटल्याण्डले प्रस्तुत गरेको उक्त लक्ष्य नेपालले २९ दशमलव पाँच ओभरमा पूरा गर्यो । नेपालको जितमा आरिफ शेखले ५१ रनको योगदान दिए । साथै कुशल भुर्तेल र गुल्शन झाले २५/२५ रन बनाए भने आसिफ शेखले २१ रन बनाए ।

स्कटल्याण्डका लागि ब्राण्डम म्याकुलमले २ विकेट लिए । साथै ब्राड कुरी, मार्क वाट र ज्याक जार्विसले समान १/१ विकेट लिए ।लिग–२ अन्तर्गत त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपाल अमेरिकासँग तीन विकेटले पराजित भएको थियो । त्यस्तै स्कटल्याण्डले आफ्नो पहिलो खेलमै अमेरिकालाई १० विकेटले पराजित गरेको थियो ।

प्रहरी अतिरिक्त महानिरीक्षकद्वय राणा र ह्योजुलाई दर्ज्यानी चिन्ह प्रदान

0

काठमाडौँ: नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणा र प्राविधिकतर्फका प्रहरी अतिरिक्त महानिरीक्षक डा सुन्दरप्रसाद ह्योजुलाई  दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकबाट दुवै जनालाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति गरिएको थियो । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आज राति आयोजित एक समारोहमा उहाँहरुलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो । उहाँले हुँदै राष्ट्र, जनता र सङ्गठनलाई पु¥याएको योगदान र राज्य प्रदत्त जिम्मेवारी निर्वाहमा प्रदर्शित कार्यसम्पादनको स्तरको आधारमा पदोन्नति भएको चर्चा गर्नुभयो ।

प्रहरी महानिरीक्षक कुँवरले देश र जनताको सेवामा अनवरत रूपमा लागेका नेपाल प्रहरीलाई भरोसायोग्य र विश्वासयोग्य संस्थाका रूपमा आम नागरिकको नजरमा उच्च बनाउन व्यावसायिक प्रहरी अधिकृतका रूपमा जिम्मेवारी पूरा गर्न सम्पूर्ण प्रहरी कर्मचारीहरूलाई निर्देशन समेत दिनुभयो ।

नेपाल प्रहरीका हरेक प्रणालीलाई पारदर्शी, अनुमानयोग्य र नियम सङ्गत बनाउनका लागि हरसम्भव प्रयास भइरहेको समेत उहाँले उल्लेख गर्नुभयो । नेपाल प्रहरीका नेतृत्वतहमा रहेकाले दिने कुशल मार्गनिर्देशन र सकल दर्जाको सामूहिक प्रयासले आगामी दिनमा सङ्गठनको विकास, विस्तार र स्वरूप अझ परिमार्जन र परिष्कृत हुँदै जाने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी अतिरिक्त महानिरीक्षक किरण राणाले सङ्गठनको निष्ठालाई सदैव सर्वोपरी राखेर कार्यसम्पादन गर्ने बताउनुभयो । समारोहमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू, प्रहरी नायव महानिरीक्षकहरू, वरिष्ठ प्रहरी अधिकृतलगायत प्रहरी अधिकृत तथा जवानलगायतको उपस्थिति थियो ।

यस्तो छ बुधबारका लागि विदेशी मुद्राको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।

युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९३ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ २५ र बिक्रीदर एक सय ७५ रुपैयाँ ०३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ४३ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ १२ पैसा र बिक्रीदर ८८ रुपैयाँ ५१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९७ रुपैयाँ ०९ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ३२ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिददर आठ रुपैयाँ ७५ पैसा र बिक्रीदर आठ रुपैयाँ ७९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १८ रुपैयाँ ८९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।

केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर तीन रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रीदर ३० रुपैयाँ ८३ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ६८ पैसा र बिक्रीदर नौ रुपैयाँ ७२ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ५९ पैसा र बिक्रीदर १२ रुपैयाँ ६४ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ४३ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २८ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ६० पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ५६ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५६ रुपैयाँ र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५९ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

सङ्खुवासभामा निर्माणाधीन तल्लो अरुण जलविद्युत् आयोजनाको मुआब्जा वितरण सुरु

0

खाँदबारी (सङ्खुवासभा): सङ्खुवासभामा निर्माणाधीन छ सय ६९ मेगावाट क्षमताको अरुण तल्लो जलविद्युत् आयोजनाका प्रभावितलाई मुआब्जा रकम वितरण सुरु गरिएको छ । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाले तल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि जग्गा अधिग्रहणमा परेकालाई मुआब्जा दिनका लागि प्रक्रिया अघि बढाएको हो । जिल्ला प्रशासन कार्यालय सङ्खुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले रु पाँच लाखदेखि ३४ लाखसम्म जग्गाको मूल्याङ्कन गरी वितरण सुरु गरिएको जानकारी दिनुभयो ।

तल्लो अरुण जलविद्युत् आयोजना बन्ने क्रममा तीन सय ३८ घरधुरी प्रत्यक्ष प्रभावित हुनेछन् । जसमा १६ घर पूर्णरुपमा विस्थापित हुनेछन् । आयोजना निर्माणका लागि करिब ६५ दशमलव ९६ हेक्टर निजी जमिन अधिग्रहण गरिनेछ । प्रभावित स्थानीयलाई करिब रु एक अर्ब ४० करोड मुआब्जा वितरण गर्ने सतलज कम्पनीले जनाएको छ ।

मकालु गाउँपालिकामा निर्माण भइरहेको नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत्को उत्पादनपछि खेर गएको पानीबाट खाँदबारी नगरपालिका–२ चेवाबेसीमा करिब १७ दशमलव चार किलोमिटर सुरुङमार्गबाट पानी ल्याएर तल्लो अरुण निर्माण गर्न लागिएको एसजेभीएन लोअर अरुण पावर डेभलपमेन्ट कम्पनीका उपमहाप्रबन्धक आरसी सुलेरियाले बताउनुभयो ।

सतलजले अहिले नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । अरुण तेस्रोको निर्माण ढाँचा मै तल्लो अरुण निर्माण गर्न सतलज तयार भएको हो ।