Friday, June 19, 2026
Home Blog Page 641

कोप–२९ सम्मेलनमा हिमालका मुद्दाबारे छलफल

0

बाकु (अजरबैजान): जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९) को उच्चस्तरीय बैठकमा पर्वतीय क्षेत्रमा जलवायु परिवर्तनको असरबारे छलफल भएको छ ।

कोप–२९ सम्मेलनको पाँचौ दिन शुक्रबार कोपको अध्यक्षमण्डलले आयोजना गरेको कार्यक्रममा नेपालले हिमाली क्षेत्रको पारिस्थितिकीय प्रणालीमा जलवायु परिवर्तनले गरेका असरबारे ध्यानाकर्षण गराएको थियो ।

वन तथा वातवरणमन्त्री ऐनबहादुर शाही ठकुरी सहभागी उक्त बैठकमा उहाँका तर्फबाट वन सचिव डा दीपकुमार खरालले पर्वतीय क्षेत्रको महत्व र हिमालमा जलवायु परिवर्तनले गरेका असर तथा गर्नुपर्ने कामका बारेमा ध्यानाकर्षण गराउनुभएको थियो ।

सम्मेलनमा छलफलका लागि एजेण्डा तय गर्ने बारेमा कोपको अध्यक्षको समूहले राखेको बैठकमा यसरी हिमालका मुद्दाबारे पहिलोपटक छलफल भएको हो । यसअघि सम्मेलनमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्मेलनमा सहभागिताका क्रममा हिमालमा परेको असरले तल्लो तटीय क्षेत्रमा पारेको असरबारे धारणा व्यक्त गर्नुभएको थियो । सो विषयलाई समेत आज विभिन्न देशहरुले उद्धृत गर्दै आफ्ना धारणा व्यक्त गरेको बैठकमा सहभागी मन्त्री शाहीका जलवायु सल्लाहकार मन्जित ढकालले जानकारी दिनुभयो ।

नेपालले यसरी हिमालका विषय प्रत्येक कोपमा छलफल होस् भनी माग राखेको थियो । नेपालको उक्त प्रस्तावमा भुटान, तान्जानियालगायत राष्ट्रले समर्थन गरेका थिए ।

यसैगरी वन मन्त्री शाही र संयुक्त अधिराज्य बेलायतका जलवायु परिवर्तनसम्बन्धी मन्त्री केरी एमसिक्याथ्रीबीच भेटवार्ता भएको छ । सम्मेलनस्थलमा कार्बन टे«डसम्बन्धी कार्यक्रमपछि उहाँहरुबीच भएको संक्षिप्त भेटवार्तामा मन्त्री शाहीले जलवायु परिवर्तनका असर र त्यसको न्यूनीकरणमा सहयोगलगायत विषयमा धारणा राख्नुभएको थियो ।

मन्त्री शाहीले यसअघि उक्त कार्यक्रममा कार्बन व्यापार प्रवर्द्धनका लागि नेपाल सरकारले नीतिगत, कानुनी र संरचनागत सुधारको प्रयास गरिरहेको र वातावरण नियमावली संशोधन, ‘लिफ कोलिजन’ सम्झौता अन्तिम चरणमा रहेको बताउनुभएको नीतिविज्ञ प्रताप पौडेलले जानकारी गराउनुभयो ।

कोप–२९ सम्मेलनको यही कात्तिक २६ गते भव्य समारोहका बीच उद्घाटन भएको थियो । सम्मेलनमा कात्तिक २७ र २८ गते भएको उच्चस्तरीय सत्रमा विश्वभरका नेताहरु भेला भई आफ्ना धारणा व्यक्त गर्नुभएको थियो । उच्चस्तरीय सत्रमा ८० देशका सरकार तथा राष्ट्र प्रमुखले सहभागिता जनाई सम्बोधन गर्नुभएको युएनएफसिसिसीको सचिवालयले जनाएको छ ।

शाहको क्रिकेट क्रेजः अष्ट्रेलियाको क्लबदेखि सुदूरपश्चिम रोयल्ससम्म

0

काठमाडौँ: “नेपाल प्रिमियर लिग (एनपिएल)को पहिलो संस्करणमै विश्वस्तरीय खेलाडीले देखाएको चासो र उनीहरुको अनुबन्धनले प्रतियोगिताको महत्व निकै बढाएको छ, यो हाम्रो अपेक्षाभन्दा राम्रो भइरहेको छ”, गत बिहीबार साँझ अबेरसम्म कार्यालयमा काममा तल्लिन स्वतन्त्र प्रताप शाहले रासससँगको कुराकानीको सुरुवातमा भन्नुभयो ।

‘सुदूरपश्चिम रोयल्स’का मालिक समेत रहनुभएका उहाँको व्यस्तता पनि उसैगरी बढेको छ, जसरी प्रतियोगिताको ‘चार्म’ बढिरहेको छ । “प्रतियोगिता सुरु हुन धेरै दिन बाँकी छैन, विदेशी खेलाडी अनुबन्धनदेखि प्रायोजकसँगको छलफलले समय निकाल्न पनि मुस्किल भइरहेको छ”, उहाँले भन्नुभयो, “अन्तर्राष्ट्रिय ब्रोडकास्टरदेखि खेलाडीको प्रवेशले प्रतियोगितालाई अझ स्तरीय बनाउँदै लगेको छ ।”

एनपिएलका आठ टिममध्ये सुदूरपश्चिम रोयल्सलाई शाहको कम्पनी एम्पायर स्पोट्र्स म्यानेजमेन्ट प्रालिले रु एक करोड ६८ लाख ८८ हजार आठ सय ८८ मा खरिद गरेको हो । जसरी प्रतियोगिताका आम दर्शक र व्यावसायिक कम्पनीहरुको चासो बढिरहेको छ, यसले एनपिएललाई प्रतिष्ठित र महत्वपूर्ण प्रतियोगिताका रुपमा स्थापित गरेको उहाँको बुझाइ छ ।

दुई दशकभन्दा लामो समयदेखि अष्ट्रेलियामा रहँदै आउनुभएका शाहले त्यहाँ पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । “विगत पाँच वर्षदेखि क्विन्सल्याण्ड राज्यको ब्रिसबेनमा एम्पायर लायन्स क्रिकेट क्लब सञ्चालन गरिरहेको छु, त्यहाँ पनि बर्सेनि क्रिकेट लिग आयोजना हुन्छ, यहाँ जस्तै बोलकबोलमा खेलाडी छनोट गरी प्रतियोगिता आयोजना भइरहेको छ”, उहाँले भन्नुभयो, “अष्ट्रेलियामा जागेको क्रिकेटको क्रेजले नै मलाई एनपिएलसम्म डोर्‍याएको हो ।”

स्कुले जीवनमा क्रिकेटमा सामान्य रुचि राख्ने उहाँ कुनै समय तेक्वान्दो खेलाडी हुनुहुन्थ्यो । त्यसबेला तेक्वान्दोका चर्चित खेलाडी दीपक विस्टलगायतसँग सहकार्य गरेको उहाँको अनुभव छ । विष्ट अहिले सुदूरपश्चिम रोयल्सको ‘ब्राण्ड एम्बासडर’ समेत हुनुहुन्छ ।

अध्ययनका सिलिसिलामा सिङ्गापुर हुँदै सन् २००३ मा अष्ट्रेलिया पुग्नुभएका कैलालीको टीकापुरका शाहले अष्ट्रेलियामा पनि क्रिकेट क्लब सञ्चालन गरिरहनुभएको छ । सन् १९९८ मा टीकापुरबाट एसएलसीको पढाइ सकाएपछि प्लस टु पढ्न काठमाडौँ आउनुभएका शाह सन् २००१ मा डिप्लोमा इन बिजनेस एडमिनिष्ट्रेसन पढ्न सिङ्गापुर गएकोमा सन् २००३ मा एड्भान्स डिप्लोमा पढ्न उतैबाट अष्ट्रेलिया जानुभएको हो ।

अष्ट्रेलियामा ‘माइग्रेस ल’को पढाइ सकाएपछि सन् २०१० मा शैक्षिक परामर्श क्षेत्रबाट व्यवसायमा हात हाल्नुभएका उहाँले कुनै समय पाँच वटा रेष्टुरेन्ट समेत सञ्चालन गर्नुभएको थियो । उहाँलाई नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रायलले २०७९ सालमा अष्ट्रेलियाका लागि पर्यटन दूतको महत्वपूर्ण जिम्मेवारी दिएको थियो ।

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)को सचिव समेत रहनुभएका शाह सन् २०२१ मा स्थापना भएको अन्तर्राष्ट्रिय युवा उद्यमी महासङ्घको संस्थापक अध्यक्ष समेत हुनुहुन्छ । महासङ्घको सञ्जाल यतिबेला विश्वका १२ वटा देशमा फैलिएको छ । भविष्यमा ४० देखि ५० देशमा सञ्जाल विस्तार गर्ने र नेपालका लागि केही गरौँ भन्ने युवा उद्यमीहरुलाई अवसर प्रदान गर्ने योजना रहेको उहाँले सुनाउनुभयो । यसै मञ्चमार्फत नेपालका विभिन्न क्षेत्रमा लगानी ल्याउने योजनाअन्तर्गत उहाँको नेतृत्वमा धनगढीमा पाँच तारे होटल निर्माणको प्रक्रिया अगाडि बढेको छ ।

विश्वभर फैलिएका नेपाली युवा उद्यमीलाई एकैठाउँमा ल्याइ नेपालमा सामूहिक लगानीको अवसर सृजना गर्ने र ‘आइडिया’ आदानप्रदान गर्ने उद्देश्यले महासङ्घ गठन गरिएको उहाँको भनाइ छ । महासङ्घले पहिलो अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर २९ र ३० मा हङहङमा आयोजना गर्दैछ । जसमा विश्वभर छरिएर रहेका दुई सयभन्दा बढी नेपाली युवा उद्यमीको सहभागिता रहने उहाँले जानकारी दिनुभयो ।

शाहको परिचय व्यवसायीका रुपमा मात्रै सीमित छैन, उहाँले केही चलचित्रमा नायकको भूमिमा अभियन समेत गर्नुभएको छ । नेपाली चलचित्र ‘फेसबुक’मार्फत कलाकारितामा प्रवेश गर्नुभएका उहाँले त्यसपछि ‘मेरो भ्यालेन्टाइन’ चलचित्रमा अभिनय गर्नुभयो ।

सन् २००६ देखि एनआरएनमा आबद्ध शाह सन् २००९ मा एनआरएनको अष्ट्रेलियाको उपाध्यक्ष भइ छ वर्ष काम गर्नुभयो । सन् २०१७ मा एनआरएन अष्ट्रेलियाको अध्यक्षमा झिनो मतान्तरले पराजित हुनुभयो भने सन् २०२३ मा काठमाडौँमा सम्पन्न एनआरएनएन अधिवेशनबाट वर्तमान कार्यसमितिको सचिवमा निर्वाचित हुनुभएको हो ।

नेपाली क्रिकेटप्रतिको माया
अष्ट्रेलिया केन्द्रित व्यापार व्यवसाय भए पनि शाहले नेपाली क्रिकेटलाई लामो समयदेखि नजिकबाट नियालिरहनुभएको छ । विश्व क्रिकेटमा नेपाली खेलाडीले देखाउँदै आएको खेल कौशल र दर्शकको अपार मायाले उहाँलाई नेपाली क्रिकेटप्रति आकर्षित गरिरहेको छ । उहाँ आफै पनि नेपाली क्रिकेटका ठूला प्रसंशक हुनुहुन्छ ।

“गत वर्ष श्रीलङ्कामा सम्पन्न एसिया कपमा त्यही पुगेर नेपाली क्रिकेट टोलीलाई हौसला दिनेमा म पनि थिएँ, सम्भव भएसम्म नेपालको खेल प्रत्यक्ष हेरिरहेको हुन्छ, नेपाली खेलाडीको प्रदर्शन पछिल्लो समय निकै प्रसंशायोग्य छ”, उहाँले भन्नुभयो ।

क्रिकेटप्रतिको यही प्रेमले आफूलाई एनपिएलसम्म डोर्‍याएको उहाँको भनाइ छ । “नेपालको खेल क्षेत्रमा केही गरौँ भन्ने थियो, यसै क्रममा केही समय अघि नेपाल क्रिकेट सङ्घ (क्यान)ले एनपिएलको टिमको बोलकबोल आह्वान गर्‍यो”, उहाँले भन्नुभयो, “नेपाली क्रिकेटसँग आबद्ध हुने यो मेरा लागि अवसर बन्यो ।”

शाह एनपिएलकै कारण पनि नेपालमा क्रिकेटको पूर्वाधार निर्माण छिटो गर्नुपर्ने आवश्यकता भएको बताउँछन् । यसप्रकारका प्रतियोगितामा ‘होम’ र ‘अवे’ आधारमा खेल सञ्चालन गर्ने चलन हुन्छ । तर हाम्रोमा पूर्वाधार कमीका कारण अहिले काठमाडौँमा मात्रै सञ्चालन हुँदैछ । अबका केही वर्षमा प्रत्येक प्रदेशमा खेल हुनेमा शाह आशावादी हुनुहुन्छ ।

“एनपिएल नेपाली क्रिकेट विकासको आधार बन्न सक्छ, चितवन, रुपन्देही, धनगढीलगायतका स्थानमा निर्माणाधिन क्रिकेट मैदान पूरा भएपछि खेलाडीहरुलाई सहज हुनेछ”, उहाँले भन्नुभयो, “एनपिएलकै कारण खेलाडी उत्पादन र विकासमा ठूलो सहयोग पुग्नेछ, राम्रा क्रिकेट खेलाडीलाई आर्थिक अभावकै कारण क्रिकेट छाड्ने वा विदेशिने बाध्यता हट्नेछ ।”

उहाँ अष्ट्रेलियाको क्विन्सल्याण्डमा पनि सन् २०१९ देखि ‘क्विन्सल्याण्ड नेपाली क्रिकेट लिग’मा पनि आबद्ध हुनुहुन्छ । भविष्यमा सुदूरपश्चिम रोयल्सका खेलाडीलाई पनि अष्ट्रेलियामा लैजाने र त्यहाँ पनि अवसर दिने योजना बनाएको उहाँको भनाइ छ ।

उहाँले अष्ट्रेलियाका लागि टी–२० विश्वकप जिताउने टोलीका ब्राड हजलाई सुदूरपश्चिम रोयल्सको ‘मेन्टर’का रुपमा भित्र्याउनुभएको छ । यसले दुई देशबीचको सम्बन्ध थप विस्तार हुनुका साथै नेपाली खेलाडीलाई पनि अष्ट्रेलियामा खेल्ने अवसर प्रदान हुनसक्ने शाहको भनाइ छ । जगत टमाटा मुख्य प्रशिक्षक रहेको सुदूरपश्चिम रोयल्सको कप्तान दीपेन्द्र सिंह ऐरीले गर्नुहुनेछ । उक्त टोलीलाई स्कटल्याण्डका ब्राण्डन म्याकमुलेन, न्युजिल्याण्डका बलिङ अलराउण्डर स्कट कुगेलेइन, इङ्ग्ल्याण्डका सेफ अली जेब, यूएईका रोहन मुस्ताफाले साथ दिनेछन् ।

साथै टोली आरिफ शेख, अभिनाश बोहोरा, बिनोद भण्डारी, अर्जुन कुमाल, खडक बोहोरा, इशान पाण्डे, नरेश बुढाऐर, भोजराज भट्ट, नरेन साउद र अमित श्रेष्ठ छन् ।

चिसो बढेपछि लिमी सीमा प्रहरी चौकी सिमकोटमा स्थानान्तरण

0

सिमकोट, (हुम्ला): हिमालपारिको गाउँले परिचित लिमीमा चिसो बढेपछि सीमा सुरक्षा प्रहरी चौकी सदरमुकाम सिमकोट स्थानान्तरण गरिएको छ । चिसो बढेको र हिउँदको समयमा आउजाउ गर्न कठीन हुने भएकाले उत्तरी नाम्खा गाउँपालिका–६ सुनखानी लिमीस्थित प्रहरी चौकीमा खटिएका सुरक्षाकर्मी सिमकोट झरेका हुन् ।

कात्तिक पहिलो हप्तादेखि लिमीमा चिसो अत्यधिक बढ्नुका साथै हिउँद यामका महिनामा खाद्यान्नको समेत समस्या हुने हुँदा बर्सेनि लिमी प्रहरी चौकी सदरमुकाम सिमकोट स्थान्तरण हुने गरेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले बताउनुभयो ।

सदरमुकाम सिमकोटबाट ५४ कोस दूरीमा रहेको उक्त प्रहरी चौकीमा जाडोका कारण सुरक्षाकर्मी बस्न कठिन हुने भएकाले जिल्ला प्रहरी कार्यालय हुम्लामा बर्सेनि स्थानान्तरण गर्नुपर्ने प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । यो वर्ष गत जेठमा लिमी पुगेका प्रहरी हाल सिमकोट झरेका छन् ।

गत वर्षको कात्तिक १४ गते सिमकोट झरे पनि यो वर्ष कात्तिक २१ गते सदरमुकाम झरेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । नाम्खा गाउँपालिका–६ लिमीमा रहेका तीन गाउँ तिल, हल्जी र जाँगको सुरक्षा र लिमीमा रहेका गाउँसँगै लाप्चा नाकाबाट हुने आपराधिक गतिविधि रोक्न प्रहरी चौकीको स्थापना गरिएको हो । उक्त प्रहरी चौकीमा प्रहरी सहायक निरीक्षक चोकबहादुर खत्री केसीको नेतृत्वमा खटिँदै आएको सुरक्षाकर्मीको टोली सिमकोट आइपुगेको प्रहरीले जनाएको छ ।

इजरायलले नेटो सदस्य देश टर्कीमाथि पनि आक्रमण गर्न सक्ने !

0

काठमाडौं: टर्कीका रक्षामन्त्री यासर गुलरले इजरायलले टर्कीमा आक्रमण गर्न सक्ने बताएका छन् । यसअघि टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले इजरायललाई टर्कीका लागि प्रत्यक्ष खतरा भएको बताएका थिए ।

अहिले इजरायलले टर्कीमा आक्रमण गर्न सक्ने देशका रक्षामन्त्रीले बताएका छन् । गुलेरले जुनसुकै बेला तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने बताएका छन् ।

टर्कीको एक न्यूज च्यानलको प्रत्यक्ष प्रसारणमा बोल्दै रक्षामन्त्री गुलरले भने, ‘इजरायल आक्रामक देश हो। उसले हामीलाई आक्रमण गर्न सक्छ। यस क्रममा गुलेरले टर्की कुनै पनि परिस्थितिका लागि तयार रहनुपर्नेमा जोड दिए ।’

उनले भने, ‘हाम्रा राष्ट्रपतिले हाम्रा जनतालाई चेतावनी दिएका छन् किनभने उनले यो खतरा देखेका छन्। यदि राष्ट्रपतिले इजरायलबाट कुनै सम्भावित खतरा देखेका छैनन् भने उनले त्यस्ता चिन्ताहरू उठाउनु पर्दैनथ्यो ।’

गुलेरले यसअघिका विश्वयुद्ध सानातिना घटनाबाट मात्र सुरु भएको बताए । साथै, उनले अचानक द्वन्द्व सुरु भएर तेस्रो विश्वयुद्ध सुरु हुन सक्ने चेतावनी दिए । मन्त्रीले थप भने, ‘अवश्य पनि हामी युद्ध चाहँदैनौं, तर सधैं तयार हुनुपर्छ।

रक्षा मन्त्रीले टर्कीको प्राथमिकता शान्ति कायम राख्नु भएकोमा जोड दिए तर उनले देशको सुरक्षा बलले कुनै पनि सम्भावित खतराबाट बच्न विस्तृत योजना बनाएको बताए। गुलेरको टिप्पणी यस्तो समयमा आएको हो जब गाजा र लेबनानमा इजरायलको सैन्य कारबाही जारी छ र सम्पूर्ण मध्यपूर्व ठूलो तनावबाट गुज्रिरहेको छ।

टर्कीका स्थानीय मिडियाका अनुसार राष्ट्रपति एर्दोगानले टर्कीले इजरायलसँगको सबै आधिकारिक सम्बन्ध तोडेको बताएका छन् ।

मिडिया एजका अनुसार एर्दोगानले भने, ‘एक देशको रूपमा टर्कीले इजरायलसँगको सबै सम्बन्ध तोडेको छ। यस समयमा इजरायलसँग हाम्रो कुनै सम्बन्ध छैन।’ मध्यपूर्वमा जारी द्वन्द्वको सन्दर्भमा एर्दोगानले तत्काल युद्धविराम हुनुपर्ने बताए ।

पाकिस्तान सरकारले आफ्नो बजेटमा कडा नियन्त्रण गर्नु आवश्यक छ: आईएमएफ

0

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले आगामी वर्षहरूमा पाकिस्तानले आफ्नो बजेटमा कडा नियन्त्रण लगाउनु पर्ने बताएको छ।

आईएमएफका अनुसार “पाकिस्तानको कुल राजस्वको ६० प्रतिशत ब्याज तिर्न खर्च भइरहेको छ।”

आईएमएफले पाकिस्तानका लागि प्राविधिक सहयोग प्रतिवेदन सार्वजनिक गरेको छ । यस रिपोर्टका अनुसार “पाकिस्तानले सार्वजनिक वित्तीय व्यवस्थापनमा ध्यान दिनु र काम गर्न आवश्यक छ।”

आइएमएफले पाकिस्तानको ऋण भुक्तानी आर्थिक वर्ष २०१७ यता दोब्बर भएको विश्वास गरेको छ। आइएमएफले खर्च कटौती गरे पनि पाकिस्तान सरकार यस मोर्चामा असफल भएको समेत बताएको छ।

एनपिएलको प्रत्यक्ष प्रसारण स्टार स्टारस्पोर्ट्सबाट हुने

0

काठमाडौं। पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्रत्यक्ष प्रसारण अब भारतीय च्यानल स्टार स्पोर्ट्सबाट हुने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एनपिएललाई अन्तर्राष्ट्रिय स्तरमा प्रस्तुत गर्न यो व्यवस्था गरिएको जानकारी दिएको हो।

क्यानका सचिव पारस खड्काले स्टार स्पोर्ट्समार्फत प्रत्यक्ष प्रसारण हुने घोषणा गर्दै, यस कदमले नेपालको घरेलु लिगलाई विश्वमञ्चमा पुर्‍याउने अवसर प्रदान गर्ने बताए।

ब्रान्डका रूपमा स्थापित गर्ने प्रयास

सचिव खड्काले पहिलो संस्करणको एनपिएललाई एउटा प्रतिष्ठित ब्रान्डको रूपमा स्थापित गर्ने क्यानको प्रयास भएको उल्लेख गरे। उनले विदेशी फ्रेन्चाइज टोलीहरू सहभागी गराउने प्रयास भए पनि यो संस्करणमा सम्भव नभएको र आगामी संस्करणमा एनपिएललाई अन्तर्राष्ट्रिय फ्रेन्चाइज खेलको रूपमा विस्तार गर्ने योजना रहेको बताए।

विदेशी खेलाडीका लागि सहजीकरण

लिगमा सहभागी हुने विदेशी खेलाडीहरूको श्रम स्वीकृति प्रक्रियालाई सहज बनाउन क्यानले आवश्यक पहल गरिरहेको जानकारी खड्काले दिए। उपनिर्वाचनका कारण मंसिर १६ गते खेल सुरु गर्न नसकिने भन्दै, छिटै नयाँ खेल तालिका सार्वजनिक गरिने उनले बताए।

सिद्धार्थ बैंक मुख्य प्रायोजक

नेपाल प्रिमियर लिगलाई पाँच वर्षका लागि सिद्धार्थ बैंकले मुख्य प्रायोजन गर्नेछ। सचिव खड्काले यस प्रायोजनलाई एनपिएलको दीर्घकालीन सफलता र स्थायित्वका लागि महत्त्वपूर्ण साझेदारी भएको बताएका छन्।

प्रतियोगिताको संरचना

क्यानको आयोजनामा ८ टोलीको सहभागितामा मंसिर १५ देखि पुस ६ गतेसम्म टियु क्रिकेट मैदानमा लिग सञ्चालन हुनेछ। यो लिगले नेपाली क्रिकेटलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ।

यो पहलले नेपाली क्रिकेटलाई अन्तर्राष्ट्रिय स्तरमा प्रोत्साहन गर्न महत्त्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।

सरकारले सार्वजनिक गर्यो विदेशबाट ल्याउन पाउने र नपाउने सामानको सूची

0

काठमाडौँ । सरकारले विदेशबाट फर्किने नेपाली नागरिकले भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिरेर पनि ल्याउन नपाउने सामानको सूची सार्वजनिक गरेको छ । आर्थिक ऐन २०८१ ले गरेको व्यवस्था बमोजिम अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै सो सूची सार्वजनिक गरेको हो।

जसअनुसार अघिल्लो वर्षको व्यवस्था भन्दा यसवर्ष सामान्य हेरफेर भएका छन् । यहाँ विदेशबाट आउँदा भन्सार छुटमा ल्याउन पाउने, भन्सार तिरेर ल्याउन पाउने र भन्सार तिर्छुभन्दा पनि ल्याउन नपाउने वस्तुहरूको बारेमा उल्लेख गरिएको छ ।

भन्सार तिरेर ल्याउन पाउने सामान

१. लुगाफाटा, बरबिछ्यौना, घर गृहस्थीका पुराना सामान

२. औषधि उपचार गराई फर्केका बिरामीले ल्याएका औषधि

३. शारीरिक रूपमा अशक्त यात्रुले सहाराको रूपमा प्रयोग गरेका सामान

४. सुनको गहना पुरुषको हकमा २५ ग्राम र महिलाको हकमा ५० ग्रामसम्म

चाँदीको गहना पाँच सय ग्रामसम्म र एक लाख रुपैयाँ मूल्यसम्मको जवाहिरात जडित सुनका वा चाँदीका साथमा ल्याएको गहना गुरिया।

(सामान्य गहनाको आकार मात्रै दिएर बनाइएका सुनका बेरुवा औंठी, बाला, सिक्री जस्ता रसायन प्रयोग नगरिएका वस्तु गहनाको रूपमा ल्याउन पाइने छैन ।)

५. ट्याबलेट वा ल्यापटप वा डेस्कटप कम्प्युटर, घडी, क्यामरा, भिडियो क्यामरा र सेलुलर मोबाइल फोन एक–एक थान । तर श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गइ लगातार कम्तीमा ६ महिना काम गरी फर्केका नेपाली नागरिकले आफ्नो साथमा थप एक थान नयाँ सेलुलर मोबाइल फोन ल्याएमा सो बापत लाग्ने महसुल समेत पूरै छुट हुने र त्यस्तो थप एक थान नयाँ सेलुलर मोबाइल फोनको हकमा भन्सार प्रक्रिया पूरा गर्नु पर्नेछ।

६. श्रम स्वीकृति लिइ विदेश गएर कम्तीमा १२ महिना काम गरेर फर्किएका सामाजिक सुरक्षा कोषमा सूचीकृत नेपालीले ल्याएको जुनसुकै आकारको टेलिभिजन र सूचीकृत नभएका नेपालीले ल्याएको ३२ इञ्चसम्मको टेलिभिजन ।

७. बच्चा राख्ने पेराम्बुलेटर र ट्राइसाइकल एक–एक थान

८. पेसागत यात्रुले प्रयोग गरी ल्याएको सामान्य प्रकारका सामानहरू एक–एक थान (जस्तै: डाक्टरका लागि ब्लड प्रेसर नाप्ने यन्त्र, स्टेथेस्कोप, खेलाडीको लागि फुटबल, भलिबल, ब्याडमिन्टन सेट, गायक सङ्गीतकारको लागि गितार, हार्मोनियम, तबला जस्ता सामान)

९. सात किलोग्रामसम्म खाद्य परिकार

१०. मदिरा एक लिटरसम्मको बोतल एक

यी सामानहरु आफू आउनुअघि पठाए पनि तोकिएको छुट पाइनेछ । त्यसमध्ये सुनचाँदी, ल्यापटप तथा मोबाइल एवं मदिराबाहेक अरु सामानको हकमा भन्सार प्रमुखले औचित्य हेरेर छाडिदिन सक्नेछ ।

भन्सार तिरेर ल्याउन पाउने सामान

१. टेलिभिजन, म्यूजिक सिष्टम, रेफ्रिजरेटर, वासिङ्ग मेशिन, पङ्खा, रेडियो, सेलुलर मोबाइल

२. लुगाफाटा, जुत्ता, कष्मेटिक्स लगायतका सामान १५ थान

३. घरायसी प्रयोगका उपकरण (मिक्सर, जुसर, सिलाई मेशिन, ग्यासटेबुल, इस्त्री, राइस कुकर जस्ता सामान) दुई–दुई थानसम्म

४. १० किलोग्राम सम्म खाद्य परिकार

५. व्यावसायिक पेशा- डाक्टर इन्जिनियरमा रहेका यात्रुले आफ्नो दक्षता वृद्धिको लागि आवश्यक पर्ने सामान दुई–दुई थान

६. यीबाहेक घर व्यवहारमा प्रयोग हुने वस्तु २–२ थान

तर, उल्लेखित बस्तुहरु तोकिएको भन्दा धेरै ल्याए पनि आवश्यकता हेरेर भन्सार अधिकृतले तोकिएभन्दा धेरै सामान भन्सार लिइ जाँचपास गरिदिन सक्नेछ ।

विदेशमा रहेका नेपाली नागरिकले ३५० अमेरिकी डलर मूल्यसम्मका माथि उल्लेखित सामान आफन्तलाई सामान पठाउँदा भन्सार छुट दिने व्यवस्था छ । त्यस्तो वस्तु आफू आउनुभन्दा अगाडि वा आएको तीन महिनासम्म जाँचपास हुनेगरी ल्याउन पाइनेछ ।

निःशुल्क ल्याउन पाउने हदभन्दा बढी उल्लेखित सामान ल्याएमा ६ महिनाभन्दा बढी विदेश बसेको हकमा १५ हजार, १ वर्षभन्दा बढी विदेश बसेका व्यक्तिको हकमा २५ हजार रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार छुट हुनेछ । १६ वर्षभन्दा कम उमेरको यात्रुले भने ५० प्रतिशतमात्रै छुट पाउँछन् ।

विदेशमा बसेका नेपाली यात्रुले सामान पठाउँदा हुने छुट

१. आफूले प्रयोग गरेका लत्ता कपडा हुलाकबाट पठाउँदा पूर्ण छुट ।

२. २०० खिल्ली चुरोट र ५० खिल्ली सिगार ल्याउँदा भन्सार छुट हुने तर सो परिमाणभन्दा बढी चुरोट वा सिगार ल्याएमा बढी परिमाणमा लाग्ने भन्सार महसुलमा १०० प्रतिशत थप भन्सार महसुल लाग्ने ।

३. भारतीय सेना वा प्रहरीमा रिटायर्ड भएर घर फर्किदा एक पटकका लागि ५० हजार रुपैयाँसम्म निजी प्रयोगको घरायसी सामानमा भन्सार छुट ।

४. कुनै नेपाल नागरिकको विदेशमा मृत्यु भएमा त्यस्तो व्यक्तिको निजी प्रयोगका सवारी साधन बाहेकका सबै सामान ल्याउँदा भन्सार छुट ।

५. उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले व्यक्तिगत प्रयोजनमा ल्याउन पाउने भनी तोकेका वस्तुहरु भन्सार महसुल तिरेर जति पनि ल्याउन पाइने ।

जफत हुने सामानहरु

१. विदेशबाट आउने नेपालीले ल्याएको सुन छुट हुने सीमाभन्दा ५० ग्राम बढी भए बढी भएको परिमाणमा तोकिएको दर अनुसार र ५० देखि १०० ग्रामसम्म भए थप ३ प्रतिशत अतिरिक्त शुल्क लिएर जाँचपास गर्ने । त्योभन्दा धेरै भए जफत गर्ने ।

२. चाँदीहरुका हकमा भने छुट हुने सीमाभन्दा जति धेरै ल्याए पनि ५० ग्राम बढी भए बढी भएको परिमाणमा तोकिएको दर अनुसार र ५० देखि जति धेरै भए पनि थप ३ प्रतिशतमा जाँचपास गरिने ।

प्रधानमन्त्री ओलीको पहल: सुशासन र विकासलाई प्राथमिकता

0

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले जनगुनासोलाई सम्बोधन गर्दै प्रशासनलाई सुस्त, सक्षम, र पारदर्शी बनाउने विषयलाई सरकारको उच्च प्राथमिकतामा राखेको बताएका छन्।

आज सिंहदरबारमा सम्पन्न राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठकमा प्रधानमन्त्री ओलीले सुशासनलाई विकासको अनिवार्य शर्त बताउँदै, शासकीय सुधारलाई पहिलो प्राथमिकता दिइएको स्पष्ट पारे।

वन क्षेत्रको भूमिकामा जोड

प्रधानमन्त्रीले वन वातावरण संरक्षणलाई विकासको सहजीकरणका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिए। उनले विकासलाई अवरोध गर्ने वनसम्बन्धी निकायको कामप्रति आपत्ति जनाउँदै अजरबैजानको बाकुमा भएको जलवायुसम्बन्धी सम्मेलनमा वन मन्त्रालयले अनावश्यक कर्मचारी पठाएको उदाहरण प्रस्तुत गरे।

आर्थिक विकासमा निजी क्षेत्रको योगदान

प्रधानमन्त्री ओलीले कृषिको आधुनिकीकरण, निजी क्षेत्रको प्रोत्साहन, र उत्पादकत्व वृद्धिका लागि साहसिक निर्णय लिनुपर्ने बताए। उनले भने, “उद्यमशीलतालाई प्रोत्साहित गर्दै, लगानीमैत्री वातावरण सिर्जना गर्न हामीले अग्रसर हुनुपर्छ। सामाजिक अराजकता र विकास अवरोध गर्नेलाई निरुत्साहित गर्न आवश्यक छ।”

शिक्षा क्षेत्रमा सुधारका निर्देशन

प्रधानमन्त्रीले माध्यमिक शिक्षा परीक्षा (एसईई) नतिजा सुधारका लागि शिक्षा मन्त्रालयलाई अनलाइन कक्षालगायतका विकल्पहरू विकास गर्न निर्देशन दिए।

ठोस निर्णयका साथ शासकीय सुधार

बैठकमा विभिन्न महत्त्वपूर्ण निर्णयहरू गरियो, जसमा आयोजनाको बहुवर्षीय ठेक्का व्यवस्थापन, विद्युत महसुल संकलन नियमावली, निःशुल्क शिक्षा, सार्वजनिक सेवामा इन्टर्नशिप कार्यक्रम, र विपद् उत्थानशील पूर्वाधार निर्माण जस्ता विषय समावेश थिए।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा. डा. शिवराज अधिकारीले चालु आर्थिक वर्षको प्रगति, प्रदेशहरूको आर्थिक अवस्था, र अघिल्लो तीनवटा विकास समस्या समाधान समितिका बैठकका निर्णयहरूको कार्यान्वयन स्थिति प्रस्तुत गरे।

बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, मन्त्रीगण, प्रदेश सरकारका मुख्यमन्त्रीहरू, मुख्यसचिव, नेपाल राष्ट्र बैंकका गभर्नर, र अन्य वरिष्ठ अधिकारीहरूको सहभागिता थियो।

यो बैठकले विकासलाई द्रुतगतिमा अघि बढाउन र सुशासनमा सुधार ल्याउन सरकारको प्रतिबद्धता थप प्रस्ट्याएको छ।

अभिषेकलाई आफ्नो ‘शो’ मा बोलाएर पछुताए अमिताभ बच्चन

0

बलिउड अभिनेता अभिषेक बच्चन हाल आफ्नो नयाँ फिल्म ‘आई वान्ट टु टक’ को प्रमोसनमा व्यस्त छन्। यसै सन्दर्भमा उनी आफ्ना सुपरस्टार पिता अमिताभ बच्चनको चर्चित क्विज शो ‘कौन बनेगा करोडपति’ (केबीसी) को १६औं संस्करणमा विशेष अतिथिका रूपमा सहभागी भए। बुबा–छोराको यो जोडीलाई एकसाथ पर्दामा देख्न फ्यानहरू उत्साहित छन्, जसले गर्दा कार्यक्रमको यो एपिसोड र अभिषेकका रमाइला हरकतहरू सामाजिक सञ्जालमा भाइरल भएका छन्।

प्रोमोमा देखाइएको एक रमाइलो क्षणमा, अभिषेकले आफ्नो पिताको शैलीमा ‘७ करोड’ भनेर कराउँछन्, जसरी अमिताभले प्रतियोगीहरूलाई ठूलो रकम जित्दा खुशी व्यक्त गर्छन्। मजाक गर्दै उनले भने, “हाम्रो घरमा डिनर टेबलमा पनि जब कोही प्रश्न सोध्छ, बच्चाहरू तपाईंको शैलीमा ‘७ करोड’ भनेर कराउँछन्।” उनको यो टिप्पणीले शो का दर्शकहरूलाई खुब हँसायो। यो सुनेर अमिताभले पनि ठट्टा गर्दै “यिनलाई यहाँ बोलाएर मैले गल्ती गरेँ” भनेपछि, बुबा–छोराको यो रमाइलो संवादले सबैलाई मुग्ध बनायो।

‘आई वान्ट टु टक’ को ट्रेलरले जित्दै दर्शकको मन

रोनी लाहिरी र शील कुमारको निर्माणमा बनेको ‘आई वान्ट टु टक’ यही नोभेम्बर २२ मा रिलिज हुँदैछ। फिल्ममा अभिषेकले अर्जुन नामक पात्रको मार्मिक र प्रेरणादायी कथा प्रस्तुत गर्दैछन्। यस फिल्मलाई चर्चित निर्देशक सुजित सिरकारले निर्देशन गरेका हुन्। फिल्मको ट्रेलरले दर्शकहरूबाट अत्यधिक सकारात्मक प्रतिक्रिया पाइरहेको छ, जसले अभिषेकका फ्यानहरूको उत्सुकता थप बढाएको छ।

रोचक कुरा के छ भने, यो सुजित सिरकार र अभिषेक बच्चनको पहिलो सहकार्य हो, जबकि सुजितले अमिताभसँग यसअघि चार वटा फिल्ममा काम गरिसकेका छन्। अभिषेक र सुजितको यो सहकार्यलाई पनि दर्शकहरूले निकै चासोका साथ हेरिरहेका छन्।

‘आई वान्ट टु टक’ मा अभिषेकले प्रस्तुत गर्ने अर्जुनको संघर्षले दर्शकलाई प्रेरित गर्ने अपेक्षा गरिएको छ।

अतिरिक्त महानिरीक्षकलाई पनि कूटनीतिक राहदानी दिने निर्णय

0

नेपाल प्रहरी र सशस्त्र प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजी) हरुले अब कूटनीतिक राहदानी (रातो पासपोर्ट) पाउने भएका छन्।

सरकारले राहदानी नियमावलीको दोस्रो संशोधन गर्दै कूटनीतिक राहदानी पाउने व्यक्तिहरूको सूचीमा एआईजीलाई समेत समावेश गरेको हो। यस सूचीमा राष्ट्रिय अनुसन्धान विभागका अतिरिक्त मुख्य निर्देशक र नेपाली सेनाका उपरथीलाई पनि समेटिएको छ।

यसअघि, कूटनीतिक राहदानी पाउने सूचीमा नेपाल सरकारका सचिव, नेपाली सेनाका प्रधान सेनापति, रथी, र नेपाल प्रहरी तथा सशस्त्र प्रहरीका महानिरीक्षक मात्र रहेका थिए।

नियमावली संशोधनले विशेष अवस्थामा साधारण र अस्थायी पासपोर्ट दिने प्रावधानमा समेत परिमार्जन गरेको छ। अब राहदानी हराएमा, नासिएमा, वा अन्य कारणले जारी गरिने एकतर्फी यात्रा अनुमतिपत्रको अवधि ५ महिना कायम गरिएको छ।

यो संशोधनले उच्च पदस्थ सरकारी अधिकारी र सुरक्षा निकायका अधिकारीहरूको अन्तर्राष्ट्रिय यात्रालाई सहज र मर्यादित बनाउने अपेक्षा गरिएको छ।

aig

Nobel Medical college