Saturday, June 20, 2026
Home Blog Page 631

सामाजिक सुरक्षाको बृहत्तर अवधारणा अघि बढाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री ओली

0

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार सामाजिक सुरक्षाको बृहत्तर र परिपूर्ण अवधारणालाई अगाडि बढाउन प्रतिबद्ध रहेको बताउनुभएको छ । सातौँ सामाजिक सुरक्षा दिवसका अवसरमा आज शुभकामना दिँदै उहाँले सामाजिक सुरक्षा योजनालाई व्यवस्थित ढङ्गले सञ्चालन र त्यसलाई पूर्णता दिन सरकारको ध्यान केन्द्रित भएको बताउनुभयो ।

“अब कसैले अनाथ भएँ भन्नु पर्दैन, अनाथ भएर मैले अभिभावकत्व पाइनँ भन्ने स्थिति हुने छैन, मेरो रेखदेख गर्ने कोही छैन भन्ने अवस्था कसैको हुने छैन । मेरो सहारा कोही छैन भन्ने अवस्था पनि हुने छैन”, प्रधानमन्त्रीले शुभकामनामा भन्नुभएको छ, “त्यसका निम्ति राज्य छ र सरकार
छ ।”

वर्तमान सरकार सामाजिक न्याय र समानतासहित समृद्धिको यात्रामा हिँडेको जनताको सरकार भएको उल्लेख गर्दैै प्रधानमन्त्रीले देश र जनताप्रति निष्ठा र प्रतिबद्धता भएको यस सरकारले कसैलाई पनि एक्लो र असहाय हुन नदिने स्पष्ट पार्नुभएको छ । उहाँले कसैलाई पनि एक्लो महसुस नगर्न र सरकार साथमा छ भन्ने विश्वास लिएर अगाडि बढ्न आग्रहसमेत गर्नुभएको छ ।

नेपालको संविधानमा सामाजिक सुरक्षालाई नागरिकको मौलिक हकका रूपमा व्यवस्था गरिएको जनाउँदै प्रधानमन्त्री ओलीले संविधानको मर्मअनुसार नै सामाजिक सुरक्षासम्बन्धी अवधारणालाई व्यापक बनाउँदै लगिएको स्पष्ट पार्नुभयो । “ती अवधारणाअनुसारका कार्ययोजनाहरू तयार गर्नु, तिनलाई नीति कार्यक्रम र बजेटमा सामेल गर्नु आवश्यक छ र हामी त्यसलाई क्रमशः अगाडि बढाइरहेका छौँ”, प्रधानमन्त्रीले भन्नुभएको छ ।

विसं २०५१ मा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को तत्कालीन सरकारले सामाजिक सुरक्षाको क्षेत्रमा ज्येष्ठ नागरिक, एकल महिला, असहाय र अशक्त आदिलाई समेट्ने नीति लिएको स्मरण गर्दै उहाँले त्यसपछि मात्रै लोककल्याकारी राज्य, सामाजिक न्याय, समानता र सामाजिक सुरक्षाको अवधारणाले मूर्तरुप लिन थालेको बताउनुभयो ।

“यहाँसम्म आइपुग्दा हामीले सामाजिक सुरक्षालाई हाम्रो सामाजिक जीवन, राज्य र समाज सञ्चालनको एउटा अभिन्न अङ्गका रुपमा बुझिरहेका छौँ र ती अनुसारको व्यवहार गरिरहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभएको छ । हरेक नागरिक आफूले पनि सामाजिक सुरक्षाको सन्दर्भमा योगदान गर्नुपर्दछ भनेर सरकारले योगदानमा आधारित सामाजिक सुरक्षाको अवधारणा अघि बढाएको उहाँले जानकारी दिनुभयो ।

क्षतिग्रस्त काभ्रे एकीकृत खानेपानी आयोजना पुनःनिर्माणमा एडिबीले सहयोग गर्ने

0

काभ्रेपलाञ्चोक: जिल्लाका तीन पुराना नगरहरूको लागि निर्माणाधीन काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा गत असोज दोस्रो साताको बाढीपहिरोले भएको क्षतिको पुनःनिर्माणमा एसियाली विकास बैंक (ADB) ले सहयोग गर्ने भएको छ।

ADB का देशीय निर्देशक अनौड कौकोइससहिका टोली र धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जूको सोमबार सम्पन्न छलफलपछि आयोजना पुनःनिर्माणका लागि सहयोग गर्ने प्रतिबद्धता जनाइएको हो।

बाढीपहिरोको क्षति र पुनःनिर्माणको योजना

  • बाढीपहिरोले आयोजनाको इन्टेक, ट्याङ्की, वितरण पाइपलाइनजस्ता संरचनामा रु २१ करोड ८० लाख बराबरको क्षति पुर्‍याएको छ।
  • ADB ले पुनःनिर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (DPR) तयार गर्न र आर्थिक सहयोग उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ।
  • आयोजनाको अन्तिम चरणमा पुनःनिर्माणको कामलाई तीव्रता दिइने नगरप्रमुख ब्याञ्जूले जानकारी दिए।

आयोजनाको ऐतिहासिक महत्व

  • धुलिखेल, बनेपा, र पनौती नगरपालिकाको खानेपानी समस्या समाधानका लागि सन् २०१२ मा सुरु गरिएको यो आयोजना २०२४ सम्ममा सम्पन्न भई १ लाख ४० हजार स्थानीयलाई लाभान्वित गर्ने लक्ष्य राखिएको छ।
  • आयोजनाको कुल लागत रु ९९ करोड आठ लाख सात हजार रहेको छ।
  • मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो ठूलो आयोजना मानिएको यस परियोजनाले तीन नगरमा चौबीसै घण्टा स्वच्छ खानेपानी पुर्‍याउनेछ।

जर्मन सरकारको सहयोग

  • क्षतिग्रस्त धुलिखेल खानेपानी आयोजना पुनःनिर्माणका लागि जर्मन सरकारले जर्मन सहयोग नियोग (GIZ) मार्फत रु १ करोड ४५ लाख सहयोग गर्ने सहमति गरेको छ।
  • पुनःनिर्माणका लागि प्रारम्भिक अनुमान अनुसार रु ३ करोड ५१ लाख आवश्यक पर्ने जनाइएको छ।
  • यस सहयोगबाट इन्टेक, पाइपलाइन, र अन्य भौतिक संरचनाको पुनःनिर्माण गरिनेछ।

बाढीको प्रभाव

  • असोज दोस्रो साताको बाढीपहिरोले धुलिखेल नगरका ३, ४, ५, ६, र ८ वडाका उपभोक्तालाई एक महिनादेखि खानेपानीविहीन बनाएको छ।
  • नगरमा खानेपानी सेवा पुनःस्थापनाका लागि पुनःनिर्माण कार्यलाई प्राथमिकतामा राखिएको छ।

एसियाली विकास बैंक र जर्मन सरकारको सहकार्यले काभ्रे उपत्यकाको खानेपानी संकट समाधानमा महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। पुनःनिर्माण कार्यले छिटो गति लिएर स्थानीयको जीवनस्तर सुधार हुने विश्वास छ।

मुग्लिन–पोखरा सडकः पूर्वी खण्डको म्याद दोस्रोपटक थपियो

0

दमौली (तनहुँ): मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पूर्वी खण्डको म्याद दोस्रो पटक थपिएको छ। तनहुँको आँबुखैरेनीदेखि जामुनेसम्मको यो खण्डको नयाँ म्याद आगामी फागुन १ गतेसम्म कायम गरिएको छ। यसअघि गत वैशाख २ गते म्याद सकिएपछि पहिलोपटक एक सय ५५ दिन थप गरिएको थियो।

कामको प्रगति

आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेका अनुसार दोस्रो पटक थपिएको म्यादभित्र काम सम्पन्न गर्ने लक्ष्य राखिएको छ। हालसम्म यो खण्डको ६८ प्रतिशत काम सकिएको छ।
आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोक क्षेत्रमा अन्तिम चरणको कालोपत्रको काम तीव्र रुपमा भइरहेको पाण्डेले जानकारी दिए। उनका अनुसार यसअघि भएको छ सेन्टिमिटर मोटाइमा थप चार सेन्टिमिटरको कालोपत्र गर्ने काम सुरु गरिएको छ। हालसम्म दुई दशमलव चार किलोमिटरभन्दा बढी क्षेत्रमा अन्तिम चरणको कालोपत्र सम्पन्न भइसकेको छ।

सडकको अवस्था

पूर्वी खण्डअन्तर्गत ६३ किलोमिटर सडक कालोपत्र भइसकेको छ।

  • २९ किलोमिटर खण्ड चार लेनको छ।
  • पाँच किलोमिटर खण्ड दुई लेनको छ।
    अन्तिम चरणमा एकतर्फको कालोपत्र सकिएपछि अर्को तर्फको काम सुरु हुनेछ। कालोपत्र सकिएपछि सडकमा रङरोगनको काम अगाडि बढाइने पाण्डेले बताए।

अन्य कार्यहरू

  • दमौलीको बुल्दीपुलदेखि घाँसीकुवा खण्डमा एक–दुई दिनभित्र कालोपत्र सुरु गर्ने तयारी छ।
  • दमौली बजारमा सडक विस्तारका लागि नाला निर्माण भइरहेको छ।
  • बजार क्षेत्रमा २३–२३ मिटर चौडाइमा सडक विस्तार हुनेछ।
  • १४ वटा साना पुलको निर्माण सकिएको छ।
  • व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलको काम ४५ प्रतिशत सम्पन्न भएको छ।

परियोजना र लागत

यो सडक विसं २०२६ मा रेखाङ्कन गरिएको थियो। सवारी चाप बढेसँगै एसियाली विकास बैंक (ADB) को ऋण सहयोगमा यसलाई चार लेनको बनाउने काम सुरु गरिएको हो।

  • पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सन कम्पनीले पाएको छ।
  • कुल लागत: रु ६ अर्ब २१ करोड ३१ लाख १३ हजार।

पश्चिमी खण्डको स्थिति

जामुने–पोखरा खण्डको प्रगतिः

  • हालसम्म ३२ प्रतिशत काम सम्पन्न।
  • म्याद: आगामी डिसेम्बर ६ सम्म।
    तर, तोकिएको समयभित्र काम नसकिने भएकाले ठेकेदार कम्पनीले म्याद थपको प्रस्ताव गरेको छ।
  • पूर्वी खण्डको कामले तीव्रता पाए पनि पश्चिमी खण्डमा प्रगति अपेक्षाकृत कम देखिएको छ। दुवै खण्डको काम समयमै सम्पन्न गर्न थप म्याद र व्यवस्थापन आवश्यक देखिएको छ।

आजको मौसम : तराईका केही स्थानमा हल्का हुस्सु

0

काठमाडौँ, ११ मङ्सिरः हाल देशमा पश्चिमी वायुको सामान्य प्रभावका कारण पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सफा रहने छ । तराईका केही स्थानमा हल्का हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भेगमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ । यी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भेगका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

यसैगरी, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मौसम सफा रहने छभने यी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकाले कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा क्षणिक/आंशिक असर पर्न सक्ने हुनाले आवश्यक सतर्कता अपनाउन विभागले अनुरोध गरेको
छ ।

अवरुद्ध राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा

0

काठमाडौँ: कम्प्युटर प्रणालीमा समस्या देखिएर केही समय अवरुद्ध भएको राहदानी विभागको सेवा सोमबारदेखि पूर्ण रूपमा सञ्चालनमा आएको छ। विभागले सोमबार साँझ एक सूचना जारी गर्दै सेवाहरू पुनःसञ्चालन भएको जानकारी गराएको हो।

सेवा सुचारु भएपछि सेवाग्राहीहरूले अब अनलाइन फारम भरी विभागमा आवेदन दिन सक्नेछन्। विभागद्वारा जारी सूचनामा भनिएको छ, “राहदानी सेवा पूर्ण रूपमा सञ्चालनमा आएको छ। अत्यावश्यक परी विभागबाट सेवा लिन चाहनेले अनलाइन फारम भरेर आवेदन दिन सक्ने व्यवस्था मिलाइएको छ।”

सेवाविस्तार र परीक्षण

जिल्ला/इलाका प्रशासन कार्यालयहरू तथा विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवाविस्तार गरिने प्रक्रिया पनि जारी छ। मङ्गलबारदेखि परीक्षण कार्य सुरु गरिने सूचनामा उल्लेख गरिएको छ। यसअघि आवेदन दिइसकेका (बायोमेट्रिकसमेत) सेवाग्राहीहरूको राहदानी छपाइ नियमित प्रक्रियाबाट भइरहेको र सम्बन्धित कार्यालय वा नियोगहरूमा पठाउन सुरु गरिएको विभागले जनाएको छ।

समस्या समाधानप्रति प्रतिबद्धता

विभागले सेवाग्राहीलाई पर्न गएको असुविधाप्रति संवेदनशील रहेको र समस्याको शीघ्र समाधानका लागि आवश्यक सम्पूर्ण कार्यहरू गरिरहेको पनि जनाएको छ।

राहदानी सेवामा देखिएको समस्या समाधान भएसँगै अब सेवाग्राहीहरूले सहज रूपमा आवेदन दिन र सेवा प्राप्त गर्न सक्ने वातावरण तयार भएको छ। साथै, सेवाको विस्तार र परीक्षण कार्यले आगामी दिनमा सेवा प्रभावकारी बनाउन मद्दत पुर्याउने विश्वास गरिएको छ।

गुणस्तरीय बीउको उत्पादन गरी प्रभावकारी वितरण गरिनुपर्छः कृषिमन्त्री अधिकारी

0

काठमाडौँ: कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपालमा गुणस्तरीय बीउ उत्पादन गरी वितरणलाई प्रभावकारी बनाउन सबै निकायको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ ।

नेपाल हर्टीकल्चर सोसाइटी र राष्ट्रिय आलु तरकारी तथा मसलाबाली विकास केन्द्रको संयुक्त आयोजनामा सोमबारदेखि यहाँ सुरु भएको पन्ध्रौँ राष्ट्रिय हर्टिकल्चर सम्मेलनको उद्घाटन गर्दै मन्त्री अधिकारीले सबै कृषिजन्य बालीको उत्पादनको आधारभूत स्रोत बीउ भएकाले गुणस्तरीय बीउ उत्पादनलाई पहिलो प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो ।

आलु तथा मसालाबाली क्षेत्रको विकासका लागि सरकारी तथा गैरसरकारी निकायका साथै निजी क्षेत्रको भूमिका पनि महत्वपूर्ण हुने भएकाले आपसी सहकार्य र समन्वयबाट उत्पादन वृद्धिमा सबै केन्द्रित हुनुपर्नेमा उहाँले जोड दिनुभयो । नेपालका रैथाने बीउबिजनको संरक्षण अपरिहार्य रहेको बताउँदै मन्त्री अधिकारीले मन्त्रालयबाट हालै बीउबिजन नियमावली संशोधन गर्ने कार्य सम्पन्न गरिएको जानकारी दिनुभयो ।

पछिल्लो समय सरकारीस्तरका बीउ उत्पादन गर्ने फार्महरूको जग्गा अतिक्रमण भएको उल्लेख गर्दै मन्त्री अधिकारीले विदेशी बीउको बढ्दो आयात रोक्न मन्त्रालय निजी क्षेत्रको सहकार्यमा रणनीतिक हिसाबले अगाडि बढिरहेको उल्लेख गर्नुभयो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा सम्बन्धित सरकारी संस्थाहरू, विज्ञ, तरकारी बीउ उत्पादकहरू र कृषकको सहभागिता छ ।

सम्मेलनमा आलु, मसलाबाली तथा तरकारीको बीउ उत्पादन, जातीय विकास, बजारीकरण, मूल्य शृङ्खला, जलवायु परिवर्तन, जैविक विविधता, बीउसम्बन्धी कानुनलगायत विषयमा छलफल हुने आयोजकले जनाएको छ ।

माल्टामा सञ्चालन हुने भनिएको घुम्ती शिविर स्थगित

0

लिस्बन (पोर्चुगल): माल्टामा सञ्चालन हुने घुम्ती शिविर स्थगन गरिएको छ ।राहदानी प्रणालीमा प्राविधिक समस्या उत्पन्न भएको जनाउँदै माल्टामा हुने घुम्ती शिविर स्थगन गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ । माल्टाको बिरकिरकरामा यही मङ्सिर १५ गतेदेखि १९ सम्म शिविर सञ्चालन गरिने तयारी गरिएको थियो ।

यसअघि राहदानी नवीकरणलगायत कागजात प्रमाणीकरणसम्बन्धी कन्सुलर सेवा दिन राहदानी विभाग काठमाडौँ र स्पेनस्थित नेपाली दूतावासको संयुक्त टोली माल्टा जाने तय भएको थियोे ।

प्राविधिक समस्याका कारण राहदानीसम्बन्धी सेवा अवरुद्ध भएकाले हालका लागि माल्टामा सञ्चालन गर्न लागिएको घुम्ती सेवा स्थगन गरिएको स्पेनका लागि कार्यवाहक नेपाली राजदूत यज्ञराज पौड्यालले जानकारी दिनुभयो । राहदानी प्रणालीमा देखिएको समस्या समाधान हुनासाथ घुम्ती सेवा शिविर सञ्चालन गरिने उहाँले बताउनुभयो ।

व्यावसायिक सिँगडाखेतीबाट एक याममै चार लाख आम्दानी

0

राँझा (बाँके): जानकी गाउँपालिका–२ नेवाजीगाउँका किसान प्रेम कश्यपले व्यावसायिक सिँगडाखेती (पानी उम्रिएर लहरोमा फल लाग्ने ) गरेर गाउँमा नै लाखौँ रुपैयाँ आम्दानी गर्न सफल हुनुभएको छ । गाउँमा रहेको तलाउमा सिँगडाको व्यावसायिक रूपमा खेती गरेर एक याममै रु चार लाख आम्दानी गर्दै आउनुभएको छ । उहाँले गाउँमा रहेको १५ कट्ठाभन्दा बढी क्षेत्रफल भएको तलाउ गाउँपालिकासँग भाडामा लिएर वर्षौँदेखि सिँगडाखेती गर्दै आउनुभएको छ ।

“अहिले सिँगडाको याम हो, यामभर ६० क्विन्टलभन्दा बढी सिँगडा बिक्री गर्छु, क्विन्टलको रु छ हजारका दरले बिक्री भइरहेको छ”, उहाँले भन्नुभयो, “व्यापारी गाउँमै सिँगडा खरिद गर्न आउँछन्, बिक्री गर्न समस्या छैन ।”

एकपटक बीउ लगाएपछि यामभरमा तीन पटकसम्म सिँगडा टिप्न मिल्छ । सिँगडा खरिद गर्न नेपालगञ्जबाट खुद्रा व्यापारी गाउँमा नै आउने गरेका छन् । माग बढी आएका बेलामा चार–पाँच जना ज्यालादारी मजदुर लगाएर सिँगडा टिपाउने गरेका किसान कश्यपले बताउनुभयो ।

कश्यपको आठ जनाको परिवारका सबै सदस्यले सिँगडाखेतीमा साथ दिँदै आउनुभएको छ । बिहानदेखि साँझसम्म सिँगडा टिप्ने, जम्मा गर्ने र बिक्री गर्न भ्याइनभ्याई हुने गरेको छ । “यो हाम्रो पुख्यौली व्यवसाय हो, बाउबाजेका पालादेखि नै हामीले सिँगडाखेती गर्दै आएका छौँ, यसैको आम्दानीबाट घरपरिवार चल्दैै आएको छ”, उहाँले भन्नुभयो, “१५ कट्ठाभन्दा बढी तलाउको गाउँपालिकासँग वार्षिक २० हजार तिर्ने गरी भाडामा लिएको छु ।”

बाँकेका विभिन्न तलाउ तथा पोखरीमा सिँगडाखेती गर्ने गरिन्छ । बाह्रै महिना उत्पादन नहुने हुनाले यामका बेलामा यसको माग बढी हुने गरेको छ । यामका बेलामा किसानले यस खेतीबाट राम्रो आम्दानी गर्दै आएका छन् । असारमा तलाउमा सिँगडाको बीउ रोप्ने र कात्तिक–मङ्सिरमा त्यसबाट फल उत्पादन हुने किसान कश्यपले बताउनुभयो ।

“सिँगडाको बीउ असारतिर पानीमा हाल्छौँ, कात्तिक–मङ्सिरमा उत्पादन हुन्छ, अन्य बालीलाई जस्तो धेरै दुःख, मेहनत र लगानी गर्नु पर्दैन”, उहाँले भन्नुभयो, “रोपेपछि दुई–तीन पटकसम्म आवश्यकतानुसार कीराबाट जोगाउन विषादी तथा भिटामिन हाल्छौँ, अनि उत्पादन राम्रो हुन्छ ।”

चाडबाडका बेलामा अन्य दिनभन्दा बढी माग हुने गरेको उहाँले बताउनुभयो । अन्य समयमा भन्दा चाडबाडका बेलामा बढी माग हुन्छ, चाडबाडको समयमा स्थानीय गाउँमा स्थानीय मेला लाग्ने गर्दछन्, मेलामा धेरैजसो बिक्री हुने गर्दछ, चाडबाडमा व्रत बस्नेहरूले पनि यसलाई उमालेर, पिसेर हलुवा बनाएर खानुका साथै तरकारी पनि बनाउने गर्दछन् । यस वर्षको कात्तिक पूर्णिमा मेलामा सिँगडाको धेरै खपत भएको उहाँको भनाइ छ ।

भारतबाट आउने सिँगडाले गर्दा स्थानीय उत्पादन बिक्री गर्न समस्या उत्पन्न हुने गरेको छ । भारतबाट भन्सार छली गरेर, अन्य बाटोबाट आएको सिँगडा नेपालगञ्जमा सस्तो दरमा बिक्री हुन थालेपछि सस्तो दरमा बिक्री गर्नुपर्ने बाध्यता आउने गरेको किसान कश्यपले बताउनुभयो ।

शेष घलेले एनआरएनए उच्च स्तरीय समितिको दोस्रो बैठक बोलाउने

0

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका उच्चस्तरीय समितिका संयोजक शेष घलेले दोस्रो बैठक बोलाउने तयारी गरेका छन ।
उनले सम्बन्धित मन्त्रालयबाट प्रतिनिधि प्राप्त भएसँगै दोस्रो बैठक बोलाउने सदस्य रविना थापाले जानकारी दिइन । मंसिर ४ गते बसेको पहिलो बैठकबाट मे महिनामा एकताको महाधिवेशन गराउने निर्णय गरेका घलेले त्यसका लागि आवश्यक निर्णय गराएका थिए ।

त्यसका लागि मंसिर २० अघि नै उच्चस्तरीय समितिको कार्यक्षेत्र (टीओआर)तयार पनि गरिने भएको छ । सर्वोच्च अदालतको आदेश बमोजिम समितिको कार्यक्षेत्र र सञ्चालनको रुपरेखा निर्धारण गर्न परराष्ट्र मन्त्रालयको सहयोगमा दुई साताभित्र टीओआर तयार गर्न लागिएको थापाको भनाइ छ ।

मंसिर ४ को बैठकले प्रत्येक १५ दिनमा नियमित रुपमा बैठक आयोजना गरी आफ्नो लक्ष्यमा प्रगति सुनिश्चित गर्ने निर्णय गरेको थियो । सोहीअनुसार छिट्टै बैठक बोलाउनेबारे निर्णय भएपनि मिति भने तोकिसकिएको छैन ।
यस्तै बैठकले मे महिनाभित्र एकताको महाधिवेशन गर्ने, सचिवालय स्थापना गर्ने निर्णय पनि गरेको थियो भने सोहीअनुसार थापा र जानकी गुरुङले जिम्मेवारी दिइएको थियो ।

सदस्य बिनोद कुँवरका अनुसार समितिले एनआरएनएसँग सम्बन्धित नेपाली डायस्पोरा र अन्य सरोकारवालाहरूसंग नियमित संवाद र परामर्शमार्फत आफ्नो काम अगाडि बढाउने छ । नेपालको न्यायालयको निर्देशन अनुसार एनआरएनए सचिवालयले समितिका गतिविधिहरूलाई सहज बनाउने प्रमुख भूमिका निभाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
तीन समूहमा रहेको एनआरएनएलाई मिलाउने जिम्मेवारी पाएको समिति बैठकमा बालुवाटारस्थित कार्यालयबाटै गतिविधि गर्दै आएको बद्री केसी पक्षले भने सहभागिता जनाएको थिएन । केसी पक्षले दोस्रो फैसलाले आफूहरुलाई आधिकारिकता दिएको दाबीसहित घलेले आफूहरूसँग समन्वय गर्नुपर्ने बताउँदै आएको छ ।

यहीबीच घलेले एकताको प्रक्रियाअघि बढाइसक्दा कतिपय अभियन्ताहरूले केसीमाथि आक्रोश पोखेका छन । एकताको वातावरण तयार भएपनि केसीले भाँजो हाल्न खोजेको उनीहरूको भनाइ छ ।

२०७८ चैत मा एनआरएनएको १० औँ महाधिवेशन छुट्टाछुट्टैरुपमा दुई समूहमा भएको थियो । घलेकै संरक्षकत्वमा भएको एउटा पक्षको महाधिवेशनबाट विनोद कुँवर अध्यक्ष भएका थिए भने अर्को पक्षले आफूलाई संस्थापन दाबी गर्दै छुट्टै महाधिवेशन गरेर सहमतिको नाममा कुल आचार्य, बद्री केसी र रविना थापालाई अध्यक्ष चयन गरेको थियो ।

तीन जना अध्यक्ष रहेको कमिटीले त्यतिबेला आफूलाई संस्थापन दाबी गर्दै कार्यालयबाटै काम गर्दै आएको अवस्थामा विनोद कुँवर पक्षले आफूचाहिँ आधिकारिक भएको जिकिर गर्दै अदालतको ढोका ढकढक्याएको थियो ।

सोही मुद्दामा दुई वर्षपछि न्यायाधीशद्वय सपना मल्ल प्रधान र नहकुल सुवेदीको संयुक्त इजलासले गत चैत २१ गते कसैलाई पनि आधिकारिकता नदिई २०७८ माघ १ को अवस्थामा फर्किएर एकताको महाधिवेशन गर्न आदेश दिएको थियो ।
सो आदेशअनुसार तत्कालीन अवस्थामा गठन भएको उच्चस्तरीय समितिका संयोजक घले थिए भने उनकै नेतृत्वमा ६ जना सदस्य थप गरेर अदालतले १३ जनाको कमिटीलाई सबै विवाद समाधान गरेर ६ महिनाभित्र एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।
आदेशको पूर्णपाठ र परराष्ट्र मन्त्रालयको पत्राचारको आधारमा परराष्ट्र मन्त्रालयले पत्राचार गरेअनुसार मंसिर ४ गते बसेको उच्चस्तरीय समितिको बैठकले आगामी मे महिनाभित्र एकताको महाधिवेशन गर्ने निर्णय हो ।
यसैगरी १० औँ महाधिवेशनको आधिकारिकताबारे चैत २१ को फैसलापछि ११ औँ महाधिवेशनबाट निर्वाचित केसीलाई काम नगर्न भन्दै परराष्ट्र मन्त्रालयले पत्राचारसमेत गरेको थियो । केसी समूहले भने उच्च स्तरीय समितिलाई असहयोग गरेको घले निकटका अभियन्ताहरुले बताएका छन् ।

माडागास्करको तटमा दुईवटा डुङ्गा डुब्दा कम्तीमा २४ जनाको मृत्यु

0

काठमाडौं: माडागास्करको तटमा दुईवटा डुङ्गा पल्टिँदा २४ जनाको मृत्यु भएको छ । स्थानीय प्रशासनले सो जानकारी दिएको हो । प्रशासनले ज्यान गुमाउने अधिकांश सोमालियाका नागरिक रहेको बताएको छ ।

सोमालियाको विदेश मन्त्रालयले बाँकी रहेका मानिसको सुरक्षित फिर्ताको सुनिश्चितता गर्ने प्रयास भइरहेको जनाएको छ। दुवै डुंगामा जम्मा ७० जना सवार थिए ।

एक वरिष्ठ सरकारी अधिकारीले स्थानीय मिडियालाई बताएअनुसार मानिसहरूलाई माछा मार्नेहरूले उद्धार गरेका थिए।

बेरोजगारी र गरिबीका कारण अफ्रिकाका युवाहरू राम्रो जीवनको खोजीमा युरोप पलायन भइरहेका छन् । माडागास्करका अधिकारीहरूले मारिने अधिकांश आप्रवासी रहेको बताएका छन्।