Saturday, June 20, 2026
Home Blog Page 623

५६ लाखको मेसिनबाट स्याङ्जामा सुन्तला ग्रेडिङ,प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने

0

वालिङ (स्याङ्जा): सुन्तला गे्रडिङका लागि प्रविधिको प्रयोगले सहज भएको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकस्थित त्रिपुत्र बागवानी फार्मले सुन्तलाको ग्रेडिङ थालेसँगै सहज भएको हो ।

नेपालमा पहिलोपटक २०७५ सालदेखि सुन्तलाको गे्रडिङ मेसिन जडान गरी काम सुरु भएसँगै सहज भएको बागवानी सञ्चालक एवं अगुवा किसान फणिनारायण अर्यालले बताउनुभयो । पोष्ट हार्भेष्ट निर्देशनालय काठमाडौँ र बागवानी फार्मबीच सम्झौता भएर ८५ प्रतिशत अनुदानमा रु ५६ लाख लागतमा भारतबाट मेसिन ल्याई जडान गरिएको हो ।

“निर्देशनालयको ८५ प्रतिशत अनुदान र फार्मको १५ प्रतिशत लागत साझेदारीमा सुन्तलाका क्षेत्रमा ग्रेडिङ प्रविधि नेपालमा पहिलोपटक भित्रिएको हो”, उहाँले भन्नुभयो, “मेसिन जडान भएसँगै सुन्तलाको ग्रेडिङ तथा सफा गर्न सहज भएको छ ।” प्रतिघण्टा पाँच टनसम्म सुन्तला ग्रेडिङ गर्ने क्षमताको मेसिनले फोहरमैला, कालो टीका सफा गर्ने सञ्चालक अर्यालले बताउनुभयो ।

सञ्चालक अर्यालले बगैँचामा उत्पादन भएका सुन्तला तथा अन्य किसानबाट खरिद गरेका सुन्तला मेसिनमार्फत ग्रेडिङ गरी बजार पठाउँदै आउनुभएको छ । “मेसिनबाट विभिन्न आठवटा आकारमा सुन्तलाको वर्गीकरण गर्दै आएका छौँ”, उहाँले भन्नुभयो, “मान्छे लगाएर काम गर्दा झण्झटिलो, धेरै कामदार लाग्ने, दाग लाग्ने, थिच्चिनेजस्ता समस्या हुुन्थ्यो, मेसिनको प्रयोगले सहज भएको छ ।”

आठवटा आकारमा सुन्तला ग्रेडिङ गरेर छुट्याइए पनि बजार मागका आधारमा चारवटा आकारमा पठाउने गरिएको उहाँले बताउनुभयो । साना सुन्तलाको प्रतिकेजी न्यूनतम मूल्य रु २५ देखि ठूला सुन्तलाका मूल्य रु ९० मा अहिले फार्मबाट बिक्री हुने गरेको छ ।

फार्मले सुन्तलाको बजारीकरणका लागि भाटभटेनी सुपर मार्केटका सञ्चालकसँग सम्झौता गरेको छ । उक्त कम्पनीसँग गत वर्षदेखि ५० टन सुन्तला उपलब्ध गराउनेगरी सम्झौता भएको उहाँले बताउनुभयो ।

राष्ट्रपति पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि अस्पताल भर्ना

0

काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पताल भर्ना हुनुभएको छ ।

उक्त अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राध्यापक डाक्टर घनश्याम गुरुङका अनुसार राष्ट्रपतिलाई आज बिहान उपचारार्थ भर्ना गरिएको हो ।

डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित

0

झापा: संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । “संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ”, उहाँ भन्नुहुन्छ, “दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन ।”

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उहाँले बताउनुभयो । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिका–का जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिनु भएको छ । धान खेत मासेर उहाँले डेढ बिघामा सुपारीखेती गर्नुभएको छ । “बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्”, किसान पाण्डेले समस्या सुनाउँदै भन्नुभयो, “दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।”

मेचीनगर–४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गर्नुभयो । बाहुनडाँगीमा ज¬ङ्गली हात्तीले धान, मकैलगायत बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उहाँले दुःख व्यक्त गर्नुभयोे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताउनुहुन्छ । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उहाँले बताउनुभयो ।

भैरहवामा कतार एयरवेजको उडान स्थगित

0

बुटवल: भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट केही सातायता नियमित उडान भर्दै आएको कतार एयरवेजले आफ्नो उडान स्थगित गरेको छ।

गत कार्तिक २७ गतेदेखि कतार एयरवेजले वाइडबडी विमान एयरबस ३३० मार्फत दोहा–भैरहवा–काठमाडौँ–दोहा रुटमा दैनिक व्यावसायिक उडान गर्दै आएको थियो।

गौतम बुद्ध विमानस्थलका सूचना अधिकारी विनोदकुमार रावतका अनुसार एयरवेजले आइतबारदेखि नयाँ उडानका लागि अनुमति नमागेको बताएका छन्। उनले भने, “नोभेम्बर ३० सम्म मात्र अनुमति थियो। नयाँ के गर्ने हो, अहिले भन्न सकिन्न।”

नेपाल नागरिक उड्डयन प्राधिकरणले मङ्सिर १६ पछि उडानका लागि प्रस्ताव पेस गर्न इमेलमार्फत पत्राचार गरे पनि एयरवेजले भैरहवाबाट उडानबारे उच्चस्तरमा छलफल गरेर निर्णय गर्ने भन्दै कुनै स्पष्ट जवाफ दिएको छैन। हालसम्म थप अनुमतिको लागि प्रस्ताव समेत आएको छैन।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार, यस अवधिमा कतार एयरवेजले भैरहवाबाट ३८ वटा उडान–अवतरण गरेको थियो।

यस क्षेत्रका पर्यटन व्यवसायीहरूले कतार एयरवेजको उडानलाई नियमित बनाउनुपर्ने माग गर्दै आवाज उठाएका छन्। हाल भैरहवा विमानस्थलबाट नेपाल एयरलाइन्स, जजिरा एयरवेज, फ्लाई दुबई र थाई एयर एसियाले नियमित उडान भर्दै आएका छन्।

कतार एयरवेजको उडान स्थगित भएपछि व्यवसायीहरू पुनः निराश बनेको नाटा लुम्बिनी प्रदेशका पूर्वअध्यक्ष सागर अधिकारीले बताए।

गुगल म्याप पच्छ्याउँदा कार दुर्घटना

0

काठमाडौं: गुगल म्यापका कारण उत्तर प्रदेशको बरेलीमा अर्को सडक दुर्घटना भएको छ । गुगल म्यापले देखाएको रुटमा यात्रा गर्ने क्रममा एउटा कार नहरमा खसेको हो ।

खबर पाएलगत्तै प्रहरी घटनास्थल पुगेर दुई जनाको उद्धार गरेको थियो । एक जना पहिले नै बाहिर निस्किसकेका थिए । उनले प्रहरीलाई खबर गरे । यो दुर्घटनामा कसैको ज्यान नपाउनु सौभाग्य हो । तर, कार चालकलाई भने धेरै चोटपटक लागेको छ ।

वास्तवमा यो सम्पूर्ण घटना बरेलीको इज्जत नगर थाना क्षेत्रको हो, जहाँ आज बिहान ६ बजे कार कालापुर नहरमा खसेको थियो । कारमा सवार तीन जना पिलीभीत जाँदै गर्दा बरेलीको रिथोरा सहरमा दुर्घटनामा परेका थिए ।

गुगल म्यापको सहयोगमा यात्रा गरेको पीडितले दाबी गरेका छन् । उsले देखाएको बाटोमा हिँडिरहेका थिए । सो क्रममा कार नहरमा खसेको थियो । नहर भित्र पानी थिएन।

बरकापुर तिराहा गाउँ नजिकै कालापुर नहरले सडक काटेको बताइएको छ । जसका कारण कार चालकलाई थाहै भएन र उनीहरूको कार नहरमा पल्टियो । तर, कारमा सवार तीन जना भने जोगिएका छन् । पछि कारलाई क्रेनले बाहिर निकालियो ।

यस सम्पूर्ण मामिलामा इज्जतनगर थाना इन्चार्जले औरैया निवासी दिव्यांशु सिंह जीपीएसको सहयोगमा आफ्नो कारमा पिलिभीत जाँदै गरेको बताएका छन् । यसैबीच मंगलबार बिहान कालापुर नहर नजिकै गाउँ बरकापुर तिराहा सडक काट्दा उनको गाडी नहरमा पल्टिएको थियो ।

उक्त कारमा तीन जना सवार थिए । सर्टकटको खोजीमा मूल सडकबाट यहाँ आएका थिए । हाल कसैलाई पनि गम्भीर चोट लागेको छैन । घटनास्थलमा पुगेको प्रहरी टोलीले क्रेनको सहायताले कारलाई नहरबाट बाहिर निकालेको थियो ।

गुगल म्यापमा गलत बाटो देखाइएका कारण २४ नोभेम्बरमा बरेली–बदायुँ सडकको अधूरो पुलमा एउटा दुखद दुर्घटना भएको थियो । गुडिरहेको कार पुलबाट तल खसेर त्यसमा सवार तीन जनाको मृत्यु भएको थियो । यस घटनामा पीडब्लुडीको लापरवाही बाहिर आएको प्रहरीले गुगल म्यापका क्षेत्रीय प्रबन्धकलाई पनि नोटिस जारी गरेको छ ।

ताजमहल बमले उडाउने धम्की

0

नयाँदिल्ली । विश्वको सबैभन्दा सुन्दर भवन ताजमहलमा मंगलबार बम पड्काउने धम्की आएको छ।

यो धम्कीपूर्ण मेल पर्यटन विभागलाई पठाइएको छ। धम्की पाएपछि ताजमहल वरपर सुरक्षा बढाइएको छ।

अर्कोतर्फ ताजमहलभित्र छानबिन भइरहेको छ। ताज सुरक्षा पुलिस पनि मेल पठाउनेको खोजीमा जुटेका छन्।

पेट्रोलको मूल्य वृद्धिसँगै बढ्यो हवाईजहाजको भाडा

0

काठमाडौं: नेपाल आयल निगमले मंसिर १५ गते हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएसँगै हवाई भाडासमेत बढेको छ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले बुधबारदेखि लागू हुने गरी भाडा बढाउने निर्णय गरेको हो।

काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा ६५ रुपैयाँ बढेको छ। काठमाडौं-धनगढी ९० रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ६० रुपैयाँ र काठमाडौं–सुर्खेत ६५ रुपैयाँले भाडा वृद्धि भएको छ।

यस्तै काठमाडौं–विराटनगर ५० रुपैयाँ, काठमाडौं-भैरहवा ४०, काठमाडौं–पोखरा ३० र काठमाडौं–सिमरा १५ रुपैयाँले भाडा बढेको क्यानले जनाएको छ।

सहकारी प्रकरण: आज चितवनमा लिइयो रविसँग बयान, भोलि पनि जारी रहने

0

काठमाडौं । सहकारी ठगी प्रकरणमा रास्वपा सभापति रवि लामिछानेसँग चितवन पनि बयान लिइएको छ।

जिल्ला न्यायाधीवक्ता शान्ति प्रसाद लुइँटेलको रोहबरमा लामिछानेको बयान लिइएको हो। उनीसँगको बयान आज नसकिएकाले भोलि पनि जारी रहने अदालतले जनाएको छ।

चीनले दिनेभयो नेपाललाई ९ अर्ब अनुदान

0

काठमाडौं: चीनका राष्ट्रपति सि चिनपिङले नेपाललाई ५०० मिलियन आरएमबी अर्थात करिब ९ अर्ब रूपैयाँ अनुदान सहयोग गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ राष्ट्रपति सि चिनपिङबीचको भेटवार्तामा उक्त अनुदानको घोषणा भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

चार दिने चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सिसँग आज भेटघाट तथा छलफल गरेका थिए, सोही क्रममा उक्त घोषणा भएको हो। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री ओली चार दिने भ्रमणका लागि सोमबार चीन प्रस्थान गरेका थिए।

बेइजिङ पुगेको भोलिपल्ट अर्थात मंगलबार, चिनियाँ समकक्षी ली छ्याङसँग भेटवार्ता गरी द्विपक्षीय आपसी हितका विविध विषयमा विचार आदानप्रदान गर्नुका साथै ९ बुँदे सहमतिमा हस्ताक्षर गरेपछि प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सि चिनपिङसँग भेट गरेका हुन्।

प्रधानमन्त्री ओली यही मंसिर २० गते स्वदेश फर्कने कार्यक्रम छ।

दक्षिण कोरियाका चर्चित अभिनेता पार्कको ३२ वर्षको उमेरमा निधन

0

सोल, दक्षिण कोरिया:  चर्चित अभिनेता पार्क मीन जेको निधन भएको छ। ३२ वर्षीय पार्कको मृत्यु कार्डियक अरेस्टका कारण भएको जानकारी प्राप्त भएको छ।

कोरियाली सञ्चार माध्यमका अनुसार, पार्क मीन जे चीनमा बिदा मनाउन गएका थिए र त्यहीँ उनको निधन भएको बताइएको छ।

उनको परिवार र एजेन्सीले सामाजिक सञ्जालमार्फत दुखद समाचार सार्वजनिक गरेका छन्। उनका अंतिम संस्कारको प्रक्रिया इवाह सोल अस्पतालमा नोभेम्बर ४ मा गरिनेछ।

पार्क मीन जेले कोरियाली ड्रामा फिल्म र सिरिजमा उल्लेखनीय काम गरेका थिए। उनी विशेष गरी कोरियाली ड्रामा सिरिज ‘आइडल: द कूप’का लागि चर्चित थिए। यसका अतिरिक्त उनले ‘लिटल वुमन’, ‘नम्बर्स’, ‘कोरियन–खितन वार’, र ‘कल इट लभ’ जस्ता चर्चित ड्रामा श्रृंखलामा पनि भूमिका निर्वाह गरेका छन्।

उनले हालै ‘स्न्याप एन्ड स्पार्क’ नामक ड्रामामा पनि अभिनय गरेका थिए।

पार्क मीन जेको असामयिक निधनले कोरियाली मनोरञ्जन उद्योगलाई ठूलो धक्का पुर्‍याएको छ, र उनका प्रशंसक र साथी कलाकारहरूले उनको सम्झनामा श्रद्धाञ्जलि अर्पण गर्दैछन्।