Friday, May 8, 2026
Home Blog Page 60

विश्वमा एलपीजी उत्पादनमा संयुक्त राज्य अमेरिका अग्रणी, चीन सबैभन्दा ठूलो आयातकर्ता

0
Gemni AI generated image

एजेन्सी । तरल पेट्रोलियम ग्यास (एलपीजी) आज विश्वमा सबैभन्दा बढी प्रयोग हुने इन्धनमध्ये एक हो। खाना पकाउन, तताउन र यातायातका लागि समेत यसको महत्वपूर्ण भूमिका रहेको छ। स्वच्छ र कुशल रूपमा जल्ने भएकाले एलपीजी विश्वभर लोकप्रिय ऊर्जा विकल्प बनेको हो।

एलपीजी कच्चा तेल प्रशोधन तथा प्राकृतिक ग्यास प्रशोधनका क्रममा उत्पादन हुन्छ। धेरै देशहरूले यो इन्धन उत्पादन गरे पनि केही राष्ट्रहरूले विशाल ऊर्जा स्रोत र उन्नत उद्योगका कारण उच्च उत्पादन स्तर हासिल गरेका छन्।

विश्वभर एलपीजीको माग हरेक वर्ष बढ्दै गएको छ। घर, रेस्टुरेन्ट, उद्योग तथा सवारी साधनहरू भरपर्दो ऊर्जाका लागि यसमै निर्भर हुँदै गएका छन्। यसका कारण प्रमुख ऊर्जा उत्पादक देशहरू घरेलु र अन्तर्राष्ट्रिय बजारमा आपूर्ति बढाउन प्रतिस्पर्धामा छन्।

विश्वमा एलपीजी उत्पादनमा संयुक्त राज्य अमेरिका अग्रस्थानमा रहेको छ। यसले विश्वव्यापी आपूर्तिको २५ प्रतिशतभन्दा बढी हिस्सा उत्पादन गर्छ। शेल तेल र शेल ग्यास उद्योगको तीव्र विकास, आधुनिक ड्रिलिङ प्रविधि तथा विशाल प्राकृतिक ग्यास भण्डारका कारण अमेरिका ठूलो मात्रामा प्रोपेन र ब्युटेन उत्पादन गर्न सक्षम भएको हो। उत्पादन भएको एलपीजीको ठूलो हिस्सा अन्य देशहरूमा निर्यात हुँदै आएको छ, जसले अमेरिकालाई विश्व बजारमा प्रभावशाली बनाएको छ।

अमेरिकापछि चीन, साउदी अरेबिया, रूसभारत जस्ता देशहरू पनि प्रमुख उत्पादकका रूपमा रहेका छन्। यी देशहरूले तेल रिफाइनरी तथा प्राकृतिक ग्यास प्रशोधन प्लान्टमार्फत एलपीजी उत्पादन गर्दै आएका छन्।

आयाततर्फ भने चीन विश्वकै सबैभन्दा ठूलो एलपीजी आयातकर्ता हो। बढ्दो औद्योगिक क्षेत्र र ऊर्जा माग पूरा गर्न चीनले ठूलो परिमाणमा एलपीजी आयात गर्दै आएको छ। त्यसैगरी दक्षिण कोरियाभारत पनि प्रमुख आयातकर्ता राष्ट्र हुन्।

भारतले पछिल्ला वर्षहरूमा संयुक्त राज्य अमेरिकाबाट एलपीजी आयात बढाएको छ। यसले ऊर्जा आपूर्ति विविधीकरण गर्न र मध्यपूर्वी देशहरूमाथिको निर्भरता कम गर्न सहयोग पुर्‍याएको छ। दुई देशबीच ऊर्जा सहकार्य पनि विस्तार हुँदै गएको छ।

कालीमाटी बजारको थोक मूल्यसूची सार्वजनिक: गोलभेँडा ७०, आलु १६ रुपैयाँ प्रतिकिलो

0

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार)का लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ।

समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) ५५ रुपैयाँ र गोलभेँडा सानो (तराई) ६० रुपैयाँ तोकिएको छ। आलु रातो १६ रुपैयाँ, आलु रातो (भारतीय) २१ रुपैयाँ तथा प्याज सुकेको (भारतीय) ३४ रुपैयाँ कायम गरिएको छ।

तरकारीतर्फ गाजर (लोकल) २५ रुपैयाँ, गाजर (तराई) १५ रुपैयाँ, बन्दा (लोकल) १८ रुपैयाँ, बन्दा (नरिवल) १५ रुपैयाँ, काउली (स्थानीय) ४० रुपैयाँ, काउली (तराई) ३० रुपैयाँ, रातो मूला १५ रुपैयाँ, सेतो मूला (लोकल) २० रुपैयाँ र सेतो मूला (हाइब्रिड) ३० रुपैयाँ तोकिएको छ। यसैगरी, भन्टा लाम्चो ४० रुपैयाँ र भन्टा डल्लो ५० रुपैयाँ कायम गरिएको छ।

अन्य तरकारीमा मटरकोसा ४० रुपैयाँ, घिउ सिमी (लोकल/हाइब्रिड) ६० रुपैयाँ, घिउ सिमी (राजमा) ८० रुपैयाँ, टाटे सिमी ४५ रुपैयाँ, तितो करेला १४० रुपैयाँ, लौका ५० रुपैयाँ, फर्सी पाकेको ६० रुपैयाँ, हरियो फर्सी (लाम्चो/डल्लो) २० रुपैयाँ, सलगम ४० रुपैयाँ, भिन्डी १३० रुपैयाँ, सखरखण्ड ६० रुपैयाँ र पिँडालु ५० रुपैयाँ निर्धारण गरिएको छ।

हरियो सागपाततर्फ रायोसाग ५० रुपैयाँ, पालुङ्गो साग ९० रुपैयाँ, चमसुर ९० रुपैयाँ, मेथीको साग ९० रुपैयाँ र हरियो प्याज ५० रुपैयाँ तोकिएको छ।

अन्य उत्पादनमा बकूला ३० रुपैयाँ, तरुल ६० रुपैयाँ, च्याउ (कन्य) २५० रुपैयाँ, च्याउ (डल्ले) ३५० रुपैयाँ, राजा च्याउ २८० रुपैयाँ, ब्रोकाउली ७० रुपैयाँ, चुकुन्दर ५० रुपैयाँ, जिरीको साग ३० रुपैयाँ, सेलरी १०० रुपैयाँ, पार्सले १५० रुपैयाँ, सौफको साग ९० रुपैयाँ, पुदिना १०० रुपैयाँ र गुन्द्रुक ३०० रुपैयाँ कायम गरिएको छ।

फलफूलतर्फ स्याउ (झोले) २०० रुपैयाँ, स्याउ (फुजी) २५० रुपैयाँ, अनार ३०० रुपैयाँ, अंगुर (हरियो) २०० रुपैयाँ, अंगुर (कालो) ३२० रुपैयाँ, सुन्तला (भारतीय) १२० रुपैयाँ, तरबुजा (हरियो) ४० रुपैयाँ, जुनार ११० रुपैयाँ, भुइँकटहर प्रतिगोटा १५० रुपैयाँ, काँक्रो (लोकल) ६० रुपैयाँ, काँक्रो (हाइब्रिड) ३० रुपैयाँ, निबुवा ६० रुपैयाँ, मेवा (नेपाली) ५० रुपैयाँ, स्ट्रबेरी ३०० रुपैयाँ, आभोकाडो ३०० रुपैयाँ र अमला १२० रुपैयाँ निर्धारण गरिएको छ।

आजको विनिमयदर: अमेरिकी डलर १४८ रुपैयाँ नजिक, अन्य मुद्राको दर पनि सार्वजनिक

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपैयाँ ९० पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा कायम गरिएको छ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७० रुपैयाँ ५९ पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा रहेको छ भने युके पाउण्ड स्टर्लिङ एकको खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा तोकिएको छ। स्वीस फ्र्याङ्क एकको खरिददर १८८ रुपैयाँ ११ पैसा र बिक्रीदर १८८ रुपैयाँ ८७ पैसा रहेको छ।

अष्ट्रेलियन डलर एकको खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ०० पैसा र बिक्रीदर १०८ रुपैयाँ ४४ पैसा तथा सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११६ रुपैयाँ २४ पैसा कायम गरिएको छ।

त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपैयाँ ५२ पैसा र बिक्रीदर २१ रुपैयाँ ६१ पैसा रहेको छ। साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ४० पैसा र बिक्रीदर ३९ रुपैयाँ ५६ पैसा तथा कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ४७ पैसा र बिक्रीदर ४० रुपैयाँ ६३ पैसा तोकिएको छ।

यसैगरी, थाई भाट एकको खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम एकको खरिददर ४० रुपैयाँ २७ पैसा र बिक्रीदर ४० रुपैयाँ ४४ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ३२ पैसा रहेको छ।

साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९ रुपैयाँ ९५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपैयाँ ८८ पैसा र बिक्रीदर १५ रुपैयाँ ९४ पैसा तथा डेनिस क्रोनर एकको खरिददर २२ रुपैयाँ ८३ पैसा र बिक्रीदर २२ रुपैयाँ ९२ पैसा कायम गरिएको छ।

हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ८७ पैसा र बिक्रीदर १८ रुपैयाँ ९५ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ७२ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपैयाँ ६८ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा तथा ओमानी रियाल एकको खरिददर ३८४ रुपैयाँ २१ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा रहेको छ।

त्यसैगरी, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ।

निर्वाचन प्रतिवेदन आज राष्ट्रपतिसमक्ष, सरकार गठनको बाटो खुल्ने

0

काठमाडौं । निर्वाचन आयोगले आज प्रतिनिधिसभा निर्वाचनको परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेश गर्ने भएको छ।

आयोगले आज बिहान ११:३० बजे समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि दिउँसो राष्ट्रपतिलाई प्रतिवेदन बुझाउने कार्यक्रम तय गरेको हो।

गत फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन सम्पन्न भएको थियो।

राष्ट्रपतिलाई प्रतिवेदन बुझाएपछि आयोगले आज बेलुकी ५:३० बजे केन्द्रीय कार्यालयस्थित मिडिया सेन्टर हलमा पत्रकार सम्मेलनसमेत आयोजना गर्ने जनाएको छ।

आयोगका अनुसार प्रतिवेदन पेश भएसँगै नेपालको संविधान, २०७२ को धारा ७६ (१) बमोजिम सरकार गठनका लागि आह्वान गर्ने प्रक्रिया अगाडि बढ्नेछ।

निर्वाचनमा पराजित भएपछि गगन थापाको राजीनामा

0

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टी पदबाट राजीनामा दिएका छन्। फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पराजित भएपछि उनले राजीनामा दिएका हुन्।

थापाले बुधबार उपसभापति विश्वप्रकाश शर्मालाई राजीनामा बुझाएका थिए। यसअघि काठमाडौं–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका थिए।

उक्त निर्वाचन क्षेत्रमा उनलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अमरेशकुमार सिंहले पराजित गरेका हुन्।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव: देशभर आंशिक बदली, पहाडी–हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

0

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीसँगै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। यसको असरका कारण देशको हिमाली भूभागमा सामान्यतया बदली रहेको छ भने कोशी प्रदेशको पहाडी भूभाग र मधेशमा आंशिक बदली देखिएको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशसहित अन्य प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहने सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी तथा हिमाली भूभागका केही स्थानमा, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा साथै सुदूरपश्चिमको तराईका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपात हुन सक्ने पूर्वानुमान गरिएको छ।

आज राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी, बागमती र कोशी प्रदेशका पहाडी तथा हिमाली भूभागमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा, लुम्बिनी र गण्डकीका पहाडी तथा हिमाली क्षेत्रमा थोरै स्थानमा तथा बागमती र कोशीका हिमाली भूभागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र असिनासहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

युक्रेनी राष्ट्रपति जेलेन्स्कीले मध्यपूर्वमा इरानी ड्रोन आक्रमणविरुद्ध २०० भन्दा बढी विशेषज्ञ परिचालन गरेको घोषणा

0

तेहरान । युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले खाडी क्षेत्र तथा मध्यपूर्वमा इरानी ड्रोन आक्रमणको सामना गर्न २०० भन्दा बढी युक्रेनी सैन्य विज्ञ परिचालित गरिएको बताएका छन्।

लन्डनमा बेलायती संसद्का सांसदहरूलाई सम्बोधन गर्दै उनले २०१ जना एन्टी–ड्रोन विशेषज्ञहरू अहिले क्षेत्रमै सक्रिय रहेको र थप ३४ जना पठाउन तयार अवस्थामा रहेको जानकारी दिएका छन्।

जेलेन्स्कीका अनुसार यी विशेषज्ञहरू इरानद्वारा डिजाइन गरिएका कामीकाजे ड्रोन—विशेष गरी शाहेद–१३६ ड्रोन—को प्रतिकारमा दक्ष छन्। यस्ता ड्रोनहरू रुसले २०२२ देखि युक्रेनविरुद्धको युद्धमा प्रयोग गर्दै आएको छ।

युक्रेनी टोलीहरू संयुक्त अरब इमिरेट्स, कतार र साउदी अरबमा तैनाथ भइसकेको र कुवेततर्फ जाने क्रममा रहेको उनले बताए। साथै अन्य देशहरूसँग पनि सहकार्यका सम्झौताहरू भइसकेको उनको भनाइ छ।

जेलेन्स्कीले इरानले रुसलाई ड्रोन प्रविधि उपलब्ध गराएको र त्यसलाई उन्नत बनाएको दाबी गरेका छन्। हाल मध्यपूर्वमा प्रयोग भइरहेका केही ड्रोनहरूमा रुसी कम्पोनेन्टसमेत भेटिएको उनको जानकारी छ।

उहाँले आफ्नो देशको ड्रोन युद्ध क्षमतामा उल्लेखनीय वृद्धि भएको उल्लेख गर्दै युक्रेन मोर्चामा रुसी क्षतिको करिब ९० प्रतिशत हिस्सा ड्रोन आक्रमणबाट भएको दाबी पनि गरे।

साथै, जेलेन्स्कीले इरान–रुसबीचको सैन्य सहकार्यलाई घृणामा आधारित साझेदारी भन्दै आलोचना गरेका छन् र यस्तो सहकार्यविरुद्ध अन्तर्राष्ट्रिय सहयोग आवश्यक रहेको बताएका छन्।

विद्युत कर्मचारीको भारत–नेपाल सम्पत्ति स्क्यान्डल उजागर

0

काठमाडौँ । भारतको बिहारमा छापा मार्दा विद्युत् कार्यालयमा १७ वर्ष काम गरेका एक कर्मचारीको अकुत सम्पत्ति आर्जनको तथ्य सार्वजनिक भएको छ, जसमा नेपालसँगको सम्बन्ध पनि देखिएको छ।

बिहारको मधुवनी जिल्लाको जयनगरस्थित विद्युत् कार्यालयका एक्ज्युकेटिभ इन्जिनियर मनोज कुमार रजकमाथि १७ वर्षको सेवाकालमा १०० करोड भारतीय रुपैयाँभन्दा बढीको सम्पत्ति आर्जन गरेको आरोपमा छानबिन भइरहेको छ।

मंगलबार उनको स्वामित्वमा रहेका सात स्थानमा आर्थिक अपराध इकाई (ईओयू)ले छापा मारेको थियो। यस क्रममा उनी र उनका परिवारको नाममा १७ ठाउँमा जग्गा रहेको खुलासा भएको छ।

सूत्रका अनुसार, मनोजले दार्जिलिङमा साझेदारीमा चिया बगान सञ्चालन गरेका छन्, नेपालमा सुनसरी जिल्लामा एक महिला मित्रका लागि घर निर्माण गराएका छन् र उक्त निर्माणमा आफ्नो पैतृक गाउँबाट मजदुर पठाएका थिए।

बिहारका विभिन्न जिल्लासँगै पश्चिम बंगाल र नेपालमा समेत उनको सम्पत्ति रहेको पाइएको छ। छापा मार्दा फेला परेका दस्तावेजका आधारमा थप अनुसन्धान भइरहेको छ र सम्पूर्ण विवरण पत्ता लगाउन समय लाग्ने बताइएको छ।

कांग्रेस र नेकपाको बाटोमा नलागोस् रास्वपा

0

काठमाडौँ । फागुन २१ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा परम्परागत राजनीतिक दलहरूलाई विस्थापित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकार गठनको स्पष्ट जनादेश पाएको छ।

निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै तर्फको नतिजा सार्वजनिक गरेसँगै रास्वपालाई सरकार गठनको बाटो खुलेको हो। यद्यपि आयोगले अन्तिम प्रतिवेदन राष्ट्रपतिलाई बुझाउन अझै दुई–तीन दिन लाग्ने जनाएको छ। राष्ट्रपतिले प्रतिवेदन बुझेपछि मात्र नयाँ सरकार गठन प्रक्रिया अघि बढ्नेछ।

रास्वपाले १८२ सिट जित्दै झन्डै दुई तिहाइ बहुमत हासिल गरेको छ। यससँगै आठ वर्षयताकै शक्तिशाली एकल सरकार गठनको सम्भावना देखिएको छ। पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वमा सरकार बन्ने चर्चा छ।

यसअघि पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र बालेनबीच पार्टी तथा सरकार सञ्चालनबारे सात बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने उल्लेख छ। तर नेपालको संविधानअनुसार प्रतिनिधि सभामा बहुमत प्राप्त संसदीय दलको नेतालाई मात्र प्रधानमन्त्री नियुक्त गर्ने व्यवस्था छ, जसले सहमति कार्यान्वयनमा कानुनी जटिलता देखाएको छ।

रास्वपाको विधानअनुसार संसदीय दलको नेता चयन प्रक्रिया निर्वाचनमार्फत हुने भएकाले बालेन उक्त पदमा पुग्न सक्ने वा नसक्ने विषयमा पार्टीभित्रै बहस सुरु भएको छ। यही कारण नेतृत्व तहमा मनमुटाव सुरु भएको चर्चा पनि बाहिर आएको छ।

हालसम्म पार्टीका शीर्ष नेताहरूले यस विषयमा स्पष्ट धारणा सार्वजनिक गरेका छैनन्। पार्टी बैठकमा बालेनको अनुपस्थिति र सांसदहरूको अभिमुखीकरण कार्यक्रममा रविको मात्र नाम समावेश गरिनुले राजनीतिक वृत्तमा थप चासो बढाएको छ।

विगतमा शक्तिशाली सरकारहरू पनि आन्तरिक द्वन्द्वका कारण टिक्न नसकेको इतिहास छ। यस सन्दर्भमा संविधानविद् डा. भीमार्जुन आचार्यले शक्ति र अहंकारका कारण सरकार असफल नहोस् भन्दै सचेत गराएका छन्। उनले जनताको मतको सम्मान गर्दै संविधान र कानुनअनुसार सन्तुलित ढंगले अघि बढ्न सुझाव दिएका छन्।

रास्वपाका नेताहरू भने पार्टीभित्र कुनै गम्भीर विवाद नभएको दाबी गर्छन्। सहमहामन्त्री विपिन कुमार आचार्यका अनुसार पूर्वसहमति अनुसार नै बालेन प्रधानमन्त्री बन्नेछन् र विधानले त्यसमा बाधा नपुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

महामन्त्री कवीन्द्र बुर्लाकोटीले संसदीय दलको नेता चयनपछि करिब एक साताभित्र सरकार गठन प्रक्रिया अघि बढ्ने बताएका छन्। जनताको विश्वासलाई कायम राख्दै ‘रोल मोडेल’ सरकार बनाउने उनको भनाइ छ।

विश्लेषकहरूका अनुसार रास्वपाको उदय पुराना दलहरूप्रतिको जनअसन्तुष्टि, भ्रष्टाचारविरुद्धको भावना र युवापुस्तामाझ बालेनको लोकप्रियताको परिणाम हो। अब पार्टीले प्राप्त अवसरलाई कसरी व्यवस्थापन गर्छ भन्नेमा भविष्य निर्भर रहने देखिन्छ।

इतिहासले देखाएझैँ आन्तरिक सत्ता संघर्षले शक्तिशाली सरकारहरू पनि ढल्ने गरेका छन्। त्यसैले रास्वपाले विगतका कमजोरी दोहोर्‍याउन नदिई स्थिर र प्रभावकारी शासन दिन सक्ने अपेक्षा गरिएको छ।

काठमाडौं उपत्यकामा आज घोडेजात्रा पर्व, टुँडिखेलमा विशेष प्रदर्शन

0

काठमाडौं । आज काठमाडौं उपत्यकामा घोडेजात्रा पर्व मनाइँदै छ। प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन मनाइने यस पर्वको अवसरमा सरकारले काठमाडौं उपत्यकामा सार्वजनिक बिदा दिएको छ।

घोडेजात्राको मुख्य आकर्षणका रूपमा नेपाली सेनाले टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम तथा युद्धकलासहित विभिन्न प्रदर्शन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ।

परम्पराअनुसार टुँडिखेल आसपास बस्ने ‘गुरुमापा’ नामक राक्षसले बालबालिकालाई दुःख दिने विश्वासका कारण घोडाको टापले कुल्चिएर उसलाई दबाउने प्रतीकका रूपमा यो पर्व मनाउने गरिएको मान्यता छ।

यसै दिन ललितपुरमा पनि घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा रहेको छ।