Tuesday, June 23, 2026
Home Blog Page 583

नेपाली चलचित्रका लागि चीनको बजार कति सम्भव ?

0

काठमाडौँ: सन् २०२४ को तथ्याङ्कअनुसार चीनमा ८६ हजार थियटर पर्दा रहेका छन्। चिनियाँ चलचित्रकर्मीको भनाइलाई आधार मान्दा, चलचित्रका लागि विश्वकै ठूलो बजार चीन हो। त्यहाँ एक वर्षमा विदेशी चलचित्र प्रदर्शन गर्न पाउने संख्या मात्र ३४ छ।

भारतको सर्वाधिक व्यापारिक सफलता हासिल गर्ने चलचित्र ‘दङ्गल’ पनि चीनमा प्रदर्शन भएकै कारण इतिहास रच्न सफल भएको थियो। भारतीय मात्र नभई हलिउडका चलचित्रसमेत चीनमा सीमित मात्रामा प्रदर्शन हुने गरेका छन्। यस्तो अवस्थामा, नेपाली चलचित्र चीनमा प्रदर्शन गर्न सकिन्छ त?

नेपालमा पुस २५ मा चाइना फिल्म एडमिनिस्ट्रेशन, यहाँस्थित चिनियाँ राजदूतावास, चाइना फिल्म आर्काइभ र नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको संयुक्त आयोजनामा पहिलोपटक ‘चीन चलचित्र दिवस’ सम्पन्न भयो। कार्यक्रममा सहभागी हुन आएका वितरक कम्पनी टाइगर पिक्चर्स इन्टरटेनमेन्टका उपप्रमुख ओवेन यङले पछिल्ला केही वर्षमा नेपाली चलचित्रले राम्रो प्रगति गरेको बताउनुभयो।

उहाँले भन्नुभयो, “मैले हङकङ र अमेरिकाको बजारमा नेपाली चलचित्रका बारेमा सुनेको छु। विशेषतः द्वन्द्वप्रधान र सामाजिक ‘ड्रामा’का चलचित्रमा गुणस्तर वृद्धि भएको महसुस गरेको छु। यसकारण, नेपाली चलचित्रको भविष्य उज्ज्वल देखिन्छ। यस्ता महोत्सवमार्फत कला र संस्कृतिसँगै चलचित्रका लागि नयाँ बजार खोज्न सकिन्छ। नेपालीका लागि चीनको बजार नयाँ छ भने, चीनका लागि नेपाल पनि नयाँ नै छ।”

चिनियाँ दर्शकले रोमान्टिक, एक्सन र थ्रिलर विधाका चलचित्र रुचाउने जानकारी दिँदै, यङले आउँदो मार्चमा हङकङ र बेइजिङमा हुने चलचित्र महोत्सवमा सहभागी भएर नेपाली चलचित्रको प्रचार गर्न र स्थानीय वितरकसँग सहकार्यका सम्भावना खोज्न सुझाव दिनुभयो।

उहाँले थप्नुभयो, “चीनमा प्रदर्शन हुने विदेशी चलचित्रले राम्रो व्यापार गरेका छन्। नेपाली चलचित्रकर्मीले पनि छायाङ्कनअगावै चीनमा पुगेर स्थानीयसँग सहकार्य गरेमा नयाँ सम्भावना खुल्नेछ। स्थानीय सहभागिताले प्रदर्शनलाई सहज बनाउँछ।”

वितरक यङले निकट भविष्यमा नेपाली चलचित्रकर्मीहरूसँग सहकार्य गर्ने विश्वास व्यक्त गर्नुभयो। चाइना फिल्म एडमिनिस्ट्रेसनका अन्तर्राष्ट्रिय विभाग निर्देशक सु याङले गत वर्ष नेपालमा प्रदर्शन भएका ‘पूर्णबहादुरको सारङ्गी’ र ‘१२ गाउँ’ सफल भएकाले नेपाली चलचित्रकर्मीले चीनको बजारमा प्रयास गर्नुपर्ने सुझाव दिनुभयो।

उहाँले भन्नुभयो, “हाम्रो चिनियाँ चलचित्र उद्योग सबैका लागि खुला छ। यस्ता महोत्सवले दुई देशका चलचित्रबीच आदानप्रदान गर्ने अवसर सिर्जना गर्छ। नेपाली चलचित्रकर्मीले पहल गर्नुभयो भने चीन नेपाली चलचित्रका लागि सम्भावित बजार बन्न सक्छ।”

सु याङले चिनियाँ चलचित्रले नेपालको सुन्दरतालाई विश्वभर पुर्याउँदै पर्यटन प्रवर्द्धनमा भूमिका खेल्दै आएकोमा जोड दिनुभयो। नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष एवं चलचित्र निर्देशक केपी पाठकले ‘चीन चलचित्र दिवस’ले दुई देशबीच चलचित्र बजारको सम्भावनालाई गति दिएको बताउनुभयो।

उहाँले भन्नुभयो, “यस किसिमको कार्यक्रम पहिलोपटक भएको हो। यसले दुई देशबीच निकटता मात्र बढाएको छैन, चलचित्र आदानप्रदानका लागि संवादको वातावरण पनि सिर्जना गरेको छ। हामीले चीनमा चलचित्र पुर्याउन सके हाम्रो चलचित्र उद्योगले नयाँ युगको सुरुवात गर्नेछ।”

‘चीन चलचित्र दिवस’का लागि प्रसिद्ध अभिनेत्री यु हङ, चाइना फिल्म एडमिनिस्ट्रेसनका बजार विभाग उपनिर्देशक झेङ झेङ, निर्देशक जिङ जिआओ, पटकथा लेखक लु वेइ, निर्देशक झाङ गुदोङ, निर्देशक झाङ युडीसहित १४ जना चिनियाँ चलचित्रकर्मी नेपाल आएका थिए।

आज पृथ्वी जयन्ती देशभर मनाइँदै

0

काठमाडौँ: आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको ३०३ औँ जन्मजयन्ती आज देशभर विविध कार्यक्रमहरूका साथ मनाइँदैछ।

विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका सुपुत्रका रूपमा जन्मिएका पृथ्वीनारायण शाह विसं १७९९ चैत २५ गते नेपालका राजा बनेका थिए। त्यसबेला नेपाल ५२ राज्यमा विभाजित थियो। राजगद्दी सम्हालेलगत्तै उनले पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा बिस्तार गर्न सफल भए। पृथ्वीनारायण शाहको निधनपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म राज्यको सीमा पु¥याएको इतिहास छ।

पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गरेपछि विसं १८२६ मा काठमाडौँ उपत्यकाको विजय हासिल गरेका थिए। उपत्यका विजयपछि उनले पूर्वका चौदण्डी, विजयपुरलगायतका क्षेत्रहरू विजय गरी नेपालको सीमा विस्तार गरे।

सबै जातजाति र भाषाभाषीको सहयोगमा नेपाल एकीकरणको अभियान सुरु गरेका पृथ्वीनारायण शाहको सम्मानमा देशभर विविध कार्यक्रम गरिँदैछ। यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम आयोजना गरिनेछ। हरेक वर्ष पुस २७ गते यहाँ विशेष कार्यक्रम हुने परम्परा छ।

यस्तो छ आजको विनिमय दर

0

काठमाडौँ: नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कले निर्धारण गरेको दर अनुसार आज पुनः अमेरिकी डलरको मूल्य उकालो लागेर हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

यस्तै, अधिकांश विदेशी मुद्राको भाउमा आज वृद्धि भएको छ । विनिमयदर अनुसार, युरोपियन युरो, युके पाउन्ड स्ट्रलिङ, अष्ट्रेलियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, कतारी रियाल, थाई भाट, युएई दिराम, मलेसियन रिङ्गेट, स्विडिस क्रोनर,डेनिस क्रोनर, हङकङ डलर, कुवेती दिनार, बहराइन दिनार, ओमनी रियालको मूल्य बढेको छ ।

निधौरित विनिमयदर अनुसार, अमेरिकी डलर एकको खरिदर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर एक सय ४१ रुपैयाँ ४० पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०२ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६८ रुपैयाँ ७४ पैसा र बिक्रीदर एक सय ६९ रुपैयाँ ४८पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ १६ पैसा र बिक्रीदर एक सय ५० रुपैयाँ ८२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९५ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ २९ पैसा र बिक्रीदर ९५ रुपैयाँ ७१ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ३४ पैसा र बिक्रीदर एक सय रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।

जापानी येन १० को खरिदर आठ रुपैयाँ ६८ पैसा र बिक्रीदर आठ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ७२ पैसा र बिक्रीदर १८ रुपैयाँ ८० पैसा,साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा कायम भएको छ ।

केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा,े युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ३७ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५३ पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा,साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३५ पैसा र बिक्रीदर नौ रुपैयाँ ३९ पैसा, स्विडिस क्रोनर एकको खरिदर १२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १२ रुपैयाँ ३६ पैसा र डेनिस क्रोनर एकको खरिदर १८ रुपैयाँ ९५ पैसा र बिक्री दर १९ रुपैयाँ ०३ तोकिएको छ ।

राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ६३ पैसा र बिक्रीदर १७ रुपैयाँ ७१ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४४ रुपैयाँ ९९ पैसा र बिक्रीदर चार सय ४६ रुपैयाँ ९३ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६४ रुपैयाँ ०८ पैसा र बिक्रीदर तीन सय ६५ रुपैयाँ ६७ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५६ रुपैयाँ ५२ पैसा र बिक्रीदर तीन सय ५८ रुपैयाँ ०८ पैसा तथा भारतीय रुपैयाँ एक सयको खरिदर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।

राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने अमेरिकाको तयारी

0

काठमाडौं: अमेरिकी संसदको तल्लो सदन, हाउस अफ रिप्रिजेन्टेटिभले बिहीबार अन्तर्राष्ट्रिय फौजदारी अदालत (आईसीसी) लाई लक्षित गर्दै प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ। यो कदम इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र पूर्व रक्षामन्त्री योभ गालान्टविरुद्ध आईसीसीले पक्राउ पुर्जी जारी गरेपछि उठाइएको हो।

विधेयकमा २४३ सांसदले पक्षमा र १४० सांसदले विपक्षमा मतदान गरेका थिए। पक्षमा मतदान गर्नेमा रिपब्लिकन पार्टीका सबै १९८ सांसद र डेमोक्रेटिक पार्टीका ४५ सांसद सामेल थिए। कुनै पनि रिपब्लिकन सांसदले विधेयकको विरोध गरेनन्।

आईसीसीले नेतान्याहु र गालान्टलाई गाजामा युद्ध अपराध, मानवअधिकार उल्लङ्घन, र नरसंहारको आरोपमा पक्राउ पुर्जी जारी गरेको छ। यसले इजरायल र अमेरिकाबीचको कूटनीतिक सम्बन्धमा थप तनाव सिर्जना गरेको छ।

यसअघि, २०२० मा, डोनाल्ड ट्रम्प प्रशासनले आईसीसीमाथि प्रतिबन्ध लगाएको थियो, जसको कारण अफगानिस्तानमा अमेरिकी सेनाको गतिविधि र प्यालेस्टाइनमा इजरायली सेनाको सम्भावित अपराधबारे अनुसन्धान रोक्न थियो। तर, राष्ट्रपति जो बाइडेनले कार्यभार सम्हालेपछि यी प्रतिबन्धहरू हटाइएको थियो।

विधेयक पारित भएपछि विदेश मामिला समितिका रिपब्लिकन अध्यक्ष ब्रायन मास्टले आईसीसीलाई “कंगारु अदालत” को संज्ञा दिँदै भने, “यो कानून पारित हुनुको कारण स्पष्ट छ। हाम्रो सहयोगी इजरायलका प्रधानमन्त्रीलाई पक्राउ गर्ने आईसीसीको प्रयासलाई अमेरिकाले कुनै हालतमा स्वीकार गर्न सक्दैन।”

नेतान्याहुविरुद्ध पक्राउ पुर्जी जारी भएपछि विभिन्न देशहरूले फरक–फरक अडान लिएका छन्। केही राष्ट्रले आईसीसीको कदमलाई समर्थन गरेका छन् भने अरूले यसलाई राजनीतिक उद्देश्यप्रेरित भनेर खारेज गरेका छन्।

यसैबीच, इजरायलले आईसीसीको कदमलाई “विभेदकारी र अन्यायपूर्ण” भन्दै कडा विरोध गरेको छ। इजरायलको समर्थनमा अमेरिकाले यस विधेयकमार्फत आईसीसीलाई दबाब दिन खोजेको प्रष्ट देखिन्छ।

आईसीसीको यो कदमले अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रबिन्दुमा गाजामा भइरहेको द्वन्द्व र मानवअधिकारको विषयलाई पुनः अगाडि ल्याएको छ। जबकि यसले विश्व शक्ति राष्ट्रहरू र आईसीसीबीचको सम्बन्धलाई थप जटिल बनाउने देखिएको छ।

लस एन्जलसमा आगलागीबाट मृत्यु हुनेको संख्या १० पुग्यो, राष्ट्रपति बाइडेनद्वारा राहतको घोषणा

0

काठमाडौं: अमेरिकाको लस एन्जलसमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १० पुगेको छ। लस एन्जलस काउन्टी मेडिकल परीक्षकको कार्यालयले यो तथ्यांक पुष्टि गरेको हो।

मृतकको पहिचानका लागि काम जारी छ। मेडिकल परीक्षक कार्यालयले विज्ञप्ति जारी गर्दै भनेको छ, “आगलागी भएको स्थानमा सुरक्षा चुनौतीका कारण तत्काल पुग्न कठिन भएकोले मृतकको पहिचान प्रक्रिया सम्पन्न हुन केही समय लाग्न सक्छ।” मृतकका परिवारलाई जानकारी दिने कार्य पनि अघि बढाइएको छ।

राष्ट्रपति जो बाइडेनले दक्षिणी क्यालिफोर्नियामा यो विनाशकारी आगलागीका कारण “जीवन र सम्पत्तिको सुरक्षा” सुनिश्चित गर्नका लागि आगामी छ महिनासम्मको खर्च संघीय सरकारले व्यहोर्ने घोषणा गरेका छन्। बाइडेनले संघीय आपतकालीन व्यवस्थापन एजेन्सी (FEMA) लाई आवश्यक सहयोग प्रदान गर्न निर्देशन दिएका छन्।

यसअघि लस एन्जलस काउन्टीका पालिसेड क्षेत्रमा भएको आगलागीमा दुई जनाको मृत्यु भएको थियो भने ईटन क्षेत्रमा भएको आगलागीमा पाँच जनाले ज्यान गुमाएका थिए। हालको घटनाले आगलागीबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएको छ।

आगलागीको कारणबारे अनुसन्धान भइरहेको छ। प्रारम्भिक रिपोर्टअनुसार, दक्षिण क्यालिफोर्नियाको तीव्र हावा र शुष्क मौसमले आगो फैलिन मद्दत गरेको बताइएको छ। यस क्षेत्रका अग्निनियन्त्रकहरूले आगो नियन्त्रणमा ल्याउन निरन्तर प्रयास गरिरहेका छन्।

आगोका कारण विस्थापित भएका मानिसहरूलाई राहत दिन र बसोबासको व्यवस्था गर्न संघीय, राज्य, र स्थानीय निकायहरूले सामूहिक रूपमा काम गरिरहेको लस एन्जलस आपतकालीन व्यवस्थापन विभागले जनाएको छ।

रवि काठमाडौं जिल्ला अदालतमा आइतबार उपस्थित हुने

0

काठमाडौं: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आइतबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।

कास्की जिल्ला अदालतले सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख रुपैयाँ धरौटीमा रिहा गरेपछि लामिछाने काठमाडौं जिल्ला अदालतमा पनि सहकारीकै मुद्दामा आइतबार हाजिर हुने तयारीमा छन्।

लामिछानेविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम अपचलनसम्बन्धी मुद्दा दायर गरिएको छ। उनलाई शुक्रबार अदालतमा उपस्थित हुन भनिएको भए पनि अब आइतबार बिहान अदालतमा जाने तय भएको छ।

रास्वपाका नेता दीपक बोहोराका अनुसार, लामिछाने सम्बन्धित निकायहरूसँग सम्पर्क र समन्वयमा रहेका छन् र आइतबार बिहान ८:३० बजे काठमाडौं जिल्ला अदालतमा हाजिर हुनेछन्। उनका अनुसार, लामिछाने अहिले काठमाडौं आउँदै छन्।34567wertiop[v bnm,.

रवि छुटेलगत्तै गृहमन्त्रीलाई भ्रमण छोट्याएर किन काठमाडौं बोलाइयो ?

0

काठमाडौं: सुदूरपश्चिम प्रदेशमा तीन दिन रहने कार्यक्रमसहित धनगढी पुगेका गृहमन्त्री रमेश लेखक बिहीबारै भ्रमण छोट्याएर काठमाडौं फर्कने तयारीमा छन्।

गृहमन्त्री लेखकलाई कास्की जिल्ला अदालतले सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका पूर्वगृहमन्त्री एवं रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं बोलाएको स्रोतले जनाएको छ।

प्रधानमन्त्रीको निर्देशनलगत्तै कांग्रेस सभापति शेरबहादुर देउवाले पनि गृहमन्त्रीलाई कुनै महत्त्वपूर्ण विषयमा छलफल गर्न चाँडो काठमाडौं फर्कन भनेपछि भ्रमण छोट्याएर लेखक राजधानी फर्कने तयारीमा जुटेका हुन्।

गृहमन्त्री लेखक आफ्नो गृह प्रदेश सुदूरपश्चिमका विभिन्न कार्यक्रममा सहभागी हुन बिहीबार धनगढी पुगेका थिए। उनी शनिबार काठमाडौं फर्कने तालिका बनाए पनि नयाँ राजनीतिक घटनाक्रमका कारण आजै साँझ ५ बजे फर्किने भएका छन्।

प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाले गृहमन्त्रीलाई बोलाउनु संयोग हो वा कुनै विशेष रणनीतिका लागि हो भन्नेबारे स्रोतले स्पष्ट खुलाउन चाहेन। तर दुवै नेताले फरक-फरक विषयमा छलफल गर्न बोलाएको बताइएको छ।

यसैबीच, प्रधानमन्त्री ओलीले आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। सामान्यतया मन्त्रिपरिषद्को बैठक साताको बिहीबार र सोमबार बस्ने भए पनि यसपटक आकस्मिक रूपमा बैठक डाकिएको छ।

रवि लामिछानेको रिहाइपछिको राजनीतिक परिस्थिति र सरकारका आगामी कदमबारे छलफल गर्न गृहमन्त्रीलाई काठमाडौं बोलाइएको अनुमान गरिएको छ।

रवि लामिछाने आज काठमाडौं अदालतमा उपस्थित हुने

0

काठमाडौं: पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने बिहीबार ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। अदालतको आदेशपछि प्रहरीको निगरानीमा उनलाई पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराई परिवारको जिम्मा लगाइएको हो।

लामिछानेमाथि काठमाडौंमा पनि सहकारीसम्बन्धी अर्को मुद्दा दर्ता भएकाले उनी शुक्रबार काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका छन्।

सहकारी प्रकरणका अन्य प्रतिवादीहरू पनि धरौटीमा रिहा
लामिछानेसँगै सोही मुद्दामा मुछिएका छ जना प्रतिवादीहरू पनि धरौटी बुझाएर रिहा भएका छन्। कास्की जिल्ला अदालतका श्रेस्तेदार राजन खनालका अनुसार:

छविलाल जोशीले ८८ लाख,
लीला पछाईँले ३७ लाख,
रामबहादुर खनालले १५ लाख,
कृष्णबहादुर गुरूङले १ लाख,
र आरती गुरूङले ५ लाख धरौटी बुझाएर रिहा भएका हुन्।
यद्यपि लीला पछाईँले बिहीबार धरौटी रकम बुझाउन नसकेकाले उनी हिरासतमा नै रहेको बताइएको छ।

थुनछेक बहसपछि धरौटीमा रिहा
कास्की जिल्ला अदालतमा १० दिनसम्म चलेको थुनछेक बहसपछि न्यायाधीश नीतिज राईको इजलासले बिहीबार प्रतिवादीहरूलाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

जिल्ला सरकारी वकिलको कार्यालयले पुस ७ गते सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो। सरकारी वकिलको कार्यालयका अनुसार अहिलेसम्म ६३ जनाविरुद्ध मुद्दा चलाइएको छ।

धरौटीमा रिहा भएका प्रतिवादीहरूको मुद्दामा थप अनुसन्धान जारी रहने कास्की जिल्ला अदालतका श्रेस्तेदार खनालले जानकारी दिएका छन्।

अमेरिकामा कार दुर्घटनामा परी दुई नेपालीको मृत्यु

0

भर्जिनिया, स्यानटिली: अमेरिकाको भर्जिनियाको स्यानटिली सहरमा पोखरीमा गाडी डुब्दा दुई नेपालीको मृत्यु भएको छ। मृतकमध्ये ५५ वर्षीय कर्ण खड्का र २० वर्षीय निश्चल भट्ट रहेका छन्।

एनबीसी वाशिंगटनका अनुसार, यो घटना जनवरी ९ बिहीबार बिहान एउटा होटल बाहिरको पोखरीमा भएको हो। उक्त स्थानमा गाडी डुबेको अवस्थामा भेटिएको थियो, जसमा दुईजनाको शव फेला परेको थियो। शवको पहिचानपछि दुबै नेपाली नागरिक भएको पुष्टि भएको हो।

खड्का गाडीका चालक थिए भने भट्ट यात्रु रहेको खुल्न आएको छ। रिपोर्टअनुसार, गाडी आंशिक रूपमा हिउँले जमेको पानीमा डुबेको थियो, जसका कारण दुबैजना गाडीभित्र फसेका थिए।

खड्का स्थानीय विङ्गेट नामक संस्थामा काम गर्थे भने भट्टले जागिरका लागि आवेदन दिने योजना बनाएका थिए। उनीहरू आपसमा साथी रहेको र भट्ट खड्कासँग कामको प्रक्रियाबारे छलफल गर्न गएका हुन सक्ने अनुमान गरिएको छ।

यो घटनापछि नेपाली समुदायमा शोक छाएको छ। स्थानीय प्रहरी र आपतकालीन सेवा निकायले घटनाको अनुसन्धान गरिरहेका छन्। गाडी डुब्ने कारणमा सडक सतह चिप्लो हुनु वा अन्य प्राविधिक समस्या हुन सक्ने आशंका गरिएको छ।

यस घटनाले पुनः जाडो मौसममा गाडी चलाउँदा सतर्क रहनु पर्ने चेतना दिलाएको छ। मृतकको परिवारप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली समुदायले सहयोग संकलन अभियान सुरु गरेको छ।

अख्तियार अनुसन्धान आयोगको कार्यालयमै घुस दिन खोज्ने सापकोटाविरूद्ध मुद्दा दायर

0

काठमाडौँ: अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा घुस रकमसहित पुगेका अछामको मेल्लेख गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत ध्रुवप्रसाद सापकोटाविरुद्ध विशेष अदालतमा बिहीबार मुद्दा दायर गरिएको छ।

मेसिनरी सामान खरिदसम्बन्धी उजुरीको छानबिनका क्रममा आयोगको कञ्चनपुरस्थित कार्यालयमा सापकोटाले अनुसन्धान अधिकृतको कार्यकक्षमा कागजातसहितको खाम बुझाउँदा एक लाख रुपैयाँ घुस फेला परेको थियो। अनुसन्धान अधिकृतले सोधपुछ गर्दा सापकोटाले मुद्दा मिलाइदिन स्वेच्छाले रकम ल्याएको बयान दिएका थिए।

आयोगले सापकोटाविरूद्ध एक लाख रुपैयाँ बराबरको बिगो दाबी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो।