Wednesday, July 29, 2026
Home Blog Page 1388

सुनको मुल्य तोलामा ३ सयले बढ्यो

0

स्थानीय बजारमा सुनको मूल्य तोलामा ३ सयले वृद्धि भएको छ ।

बुधबार प्रतितोला ३ सय रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला ८६ हजार ९ सय रुपैयाँमा खरिद बिक्रि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुन प्रतितोला ८६ हजार ४५० रुपैयाँमा कारोबार भएको छ । चाँदीको मुल्य भने आज घटेको छ ।

चाँदी प्रतितोला बुधबार १० रुपैयाँले घटेर १२ सय ७० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । मंगलबार ५ रुपैयाँले बृद्धि भएर १२ सय ८० रुपैयाँमा कारोबार भएको

हात्तीको आक्रमणबाट दुई घाइते

0

झापामा जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् ।

घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन कार्की डोली रहेको प्रहरीले जनाएको छ ।

उनीहरूमध्ये खातीको बिर्तामोडस्थित बिर्तासिटी अस्पताल र डोलीको लिभिङ होम पोलिक्लिनिक बुधबारेमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार खाती गम्भीर घाइते छन् । उनको हात र छातीमा चोट लागेको र बोल्न नसक्ने अवस्थामा छन् भने डोली सामान्य घाइते छन् । उनीहरू दुवै श्रमिक हुन् । आज बिहान ७ः०० बजे गाउँमा पसेको हात्ती धपाउने क्रममा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो ।

शिकार आरक्षमा आगलागी हुँदा ३० हेक्टर वन नष्ट

0

 

नेपालको एक मात्रै शिकार वनस्थल ढोरपाटन शिकार आरक्षको जङ्गलमा आगलागी भएको छ । आरक्षको बागलुङ जिल्ला क्षेत्रको बुकी क्षेत्र काङको जङ्गलमा आगलागी भएको हो ।

सोमबारदेखि लागेको आगलागी मङ्गलबार साँझ मात्रै नियन्त्रणमा आएको शिकार आरक्ष कार्यालय बागलुङका प्रमुख संरक्षण अधिकृत वीरेन्द्रप्रसाद कँंडेलले जानकारी दिनुभयो ।

आरक्षको सुरक्षार्थ खटेको शत्रुमर्दन गुल्मको सेना तथा आरक्षका कर्मचारीले फायर लाइन निर्माण गरी आगलागी नियन्त्रणमा लिएका थिए । आगलागीबाट आरक्षको करीब ३० हेक्टर वनमा क्षति पुगेको छ । समयमै सुरक्षाकर्मी र कर्मचारी खटिएका कारण आगलागी नियन्त्रणमा आउँदा वन्यजन्तुको क्षति हुन नपाएको आरक्षले जनाएको

रिसोर्टमा युवती राखेर यौनधन्दा चलाउने पक्राउ

0

कैलालीमा रिसोर्टमा यौनधन्दा चलाउने युवक पक्राउ परेका छन् । कैलालीको धनगढी उप–महानगरपालिका–६ जाली स्थित जंगल प्लाजा रिसोर्टका प्रबन्धक रामप्रसाद चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

सो रिसोर्टमा ‘अनैतिक क्रियाकलाप हुने गरेको’ भन्ने गोप्य सूचनाको आधारमा गएको प्रहरी टोलीले छापा मारी रिसोर्ट मेनेजर चौधरीलाई पक्राउ गर्नुका साथै ५ जनालाई उद्दार गरेको जनाएको छ।

चौधरीलाई मानब बेचबिखन तथा ओसार पसार शिर्षकमा मुद्दा दर्ता गरी सम्मानित कैलाली जिल्ला अदालतबाट म्यादथप अनुमती लिई थप अनुसन्धान कार्य भई रहेको कैलाली प्रहरीको भनाई छ ।

९४ वर्षीय वृद्धलाई बलात्कारको आरोप

0

स्याङ्जामा २७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा ९४ वर्षीय वृद्ध हिराबहादुर घर्ती भूजेल पक्राउ परेका छन्।

सुस्त मनस्थितिकी २७ वर्षीया युवतीलाई जंगलमा लगेर बलात्कार गरेको आरोपमा पुतलीबजार नगरपालिका १३ बिसौनाका हिराबहादुर घर्ती लाई प्रहरीले पक्राउ गरेको हो ।

प्रहरीका अनुसार उनले विभिन्न प्रलोभन दिँदै युवतीलाई जंगलमा लगेर बलात्कार गरेका हुन्। युवतीका आफन्तले घर्तीलाई जंगलमा रंगेहात पक्राउ गरेर प्रहरीलाई बुझाएका स्याङ्जाका प्रहरी प्रमुख एसपी होबिन्द्र बोगटीले जानकारी दिए।

पक्राउपछि घर्तीलाई हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

बलात्कारको झुटो आरोप लगाउने महिलालाई साढे तीन वर्षको कैद फैसला

0

जिल्ला अदालत सुर्खेतले एक महिलालाई बलात्कारको झुटो आरोप लगाएको भन्दै साढे तीन वर्षको कैद सजाय सुनाएको छ। सुर्खेत वीरेन्द्रनगरकी एक ३७ वर्षीया महिलालाई साढे तीन वर्ष कैद सजाय तोकेको हो । जिल्ला अदालत सुर्खेतका न्यायधीश डा। राजेन्द्रकुमार आचार्यको एकल इजलासले सोमबार आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिने ती महिलालाई साढे तीन वर्षको कैद सजायको फैसला गरेका हुन् ।

ती महिलाले वीरेन्द्रनगर नगरपालिकाको आन्तरिक लेखा परीक्षकमा कार्यरत खेमराज शर्माले आफूलाई होटेलमा बोलाएर बलात्कार गरेको भन्दै असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थिइन् । पहिला बलात्कार गरेको भनेर जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी ती महिलाले पछि अदालत पुग्दा घटनालाई ‘होस्ट स्टाइल’ गरेको अदालत स्रोतले जानकारी दिएको छ ।

‘पहिला बलत्कार गरेको आरोप लगाउने ती महिलाले पैसा खाएर अदालतमा पुग्दा घटनालाई होस्ट स्टाइल’ गरेकी थिइन्,’ स्रोतले भन्यो, ‘आफूमाथि बलात्कार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी ती महिलाले नै अदालतमा बयान फेरेकी थिइन् ।’
झुटो जाहेरी दिएर व्यक्तिको मानहानी गरेको ठहर भएपछि जाहेरी दिने महिलालाई तीन वर्ष कैद सजाय तोकिएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यामप्रसाद बाँस्कोटाले बताए । ‘कैद सजाय तोकिएकी महिलालाई पक्राउ गरेर कारागार चलान गर्न प्रहरीलाई पत्राचार गरेका छौँ,’ उनले भने, ‘कसैलाई झुटा आरोप लगाएर मानहानि गरेकाले अदालतले यो फैसला गरेको हो ।’

महिलाले बलात्कारको आरोप लगाएपछि शर्मा गत असोजदेखि पुर्पक्षका लागि जिल्ला कारागार सुर्खेतमा थुनामा रहेका थिए । अदातलको फैसलापछि शर्मा थुनामुक्त भएका छन् ।

यो जुनीमा तिम्रो’मा आकाश र वर्षा

0

काठमाडौं । अभिनेता आकाश श्रेष्ठ र अभिनेत्री वर्षा राउत फिचर्ड भिडियो ‘यो जुनीमा तिम्रो’ सार्वजनिक भएको छ । गीतमा छवि न्यौपाने र मेलिना राईको स्वर छ ।

गीतमा गायक तथा संगीतकार किशोर शिवाकोटीको शब्द तथा संगीत छ ।

निकेश खड्का निर्देशित भिडियोमा विवाह गर्ने उमेर पुगेका प्रेमी प्रेमिकाले भोग्नुपर्ने मिलन र विछोडको गाथालाई कलात्मक शैलीमा प्रस्तुत गरिएको छ ।

भिडियोमा रुपेश खड्काको सम्पादन र बुद्ध थापाको छायांकन छ । एनपी म्यूजिक हवबाट भिडियो सार्वजनिक गरिएको हो ।

 

 

महिलालाई स्कुटर चलाउन तालीम

0

काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले महिलालाई सीप प्रदान गर्ने उद्देश्यले स्कुटर चलाउने तालीम सञ्चालन गरेको छ । तालीममा महिला जनप्रतिनिधि सहित विभिन्न संस्थाका ४२ जनाको सहभागिता छ । नगर प्रमुख टङ्कप्रसाद तिमल्सिनाले स्कुटर सिकेपछि चालक अनुमतिपत्र प्राप्त गर्ने महिलाका लागि गाडी चलाउन सिकाउने जानकारी दिनुभयो ।

नगरपालिका उपप्रमुख रामदेवी तामाङले विगतका दिनमा नगरपालिकाले पूर्वाधार निर्माणको काम अघि बढाइएकामा अब सीप विकासमा जोड दिएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत राजन पौडेलले सीप हासिल गरेपछि महिलामाथि हुने गरेको हेपाइमा कमी आउने विश्वास व्यक्त गर्नुभयो ।

तालीम यही चैत १६ गतेसम्म सञ्चालन हुने महिला तथा बालबालिका शाखाप्रमुख तारादेवी सुनुवारले बताउनुभयो । नगरपालिकाले लोकसेवा तयारी कक्षा सञ्चालन गर्नाका साथै उद्यमी र आत्मनिर्भर बनाउन विभिन्न अन्तरक्रिया, तालीम र गोष्ठी जस्ता कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ । यसअघि नगरपालिकाले सीप विकासअन्तर्गत ३० महिलालाई व्यवसाय सञ्चालन गरेर आर्थिक उपार्जनमा लाग्नका लागि लप्सीको परिकार बनाउने तालीम दिएको थियो

ग्यासमा आगलागी हुँदा चार घाइते

0

हेलिकप्टर चार्टड गरेर मुख्यमन्त्री राई ससुराली पुगे

0

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई हेलिकप्टर चार्टड गरेर ससुराली पुगेका छन् ।

गत माघ ११ गते ४९ वर्षीय मुख्यमन्त्री राईले संखुवासभाकी २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग लगनगाँठो कसेका थिए । मंगलबार हेलिकप्टर चार्टड गरेर श्रीमान राईसहित आफू माइती आइपुगेको जाङ्मुले जानकारी दिएकी छन् ।

प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा परिणत गरेका उनीहरु मंगलबार हेलिकप्टर चार्टड गरेर संखुवासभा पुगेका हुन् । आफ्नो जन्मस्थल संखुवासभाको मकालु गाउँपालिको सेदुवा र नोर्बुको श्रीमान शेरधनसहित सपरिवारले भ्रमण गर्न पाउँदा खुसी लागेको उनले बताएकी छन् ।

यसबारे उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छन्, ‘मैले भर्खरै आफ्नो जन्म स्थल संखुवासभा मकालु गाउँपालिकाको सेदुवा र नोर्बुको भ्रमण मेरो श्रीमान माननीय शेरधन राई र सबै सपरिवारका साथ गर्न पाउँदा असाध्यै खुशी लाग्यो । म त जन्मिएको मात्रै, मेरो गाउँ अति नै सुन्दर रहेछ । सबैले न्यानो स्वागत र सत्कार गर्नुभयो, धेरै खुसी लाग्यो । मेरो गाउं र ठाउँको लागी केही गर्नुपर्ने महशुस गरे किनकी त्यहाँ सडक, बिधुत, शिक्षा, स्वास्थ्य र संचार लगायतको पहुँचले जनतालाई जोडन बाँकी रहेछ, अवश्य नै म र मेरो श्रीमान माननीय मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण भएको छ । सबै प्रति हार्दिक आभार ब्यक्त गर्दछु ।’