Saturday, May 2, 2026
Home Blog Page 1277

कांग्रेस सरकारमा जाँदैन, अविश्वास प्रस्ताव पनि ल्याउँदैन : देउवा

0

मोरङ — कांग्रेस सभापति शेरबहादुर देउवाले कांग्रेस तत्काल सरकारमा नजाने बताएका छन् । विराटनगरमा मंगलबार पत्रकारसँगको कुराकानीमा उनले कांग्रेस विपक्षी पार्टी भएकाले सरकारमा नजाने प्रस्ट्याएका हुन् ।

देउवाले कांग्रेस विपक्षी पार्टी भएकैले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव नल्याउने पनि बताए । ‘कांग्रेसले सरकार बनाउँदैन,’ उनले भने, ‘विपक्षी पार्टी सरकारमा जाने कुरो हुँदैन ।’

कांग्रेस अहिलेको सरकारलाई स्विकारेरै अघि बढ्छ त ? भन्ने सञ्चारकर्मीको जिज्ञासामा उनले दोहोर्‍याए, ‘कांग्रेस विपक्षी पार्टी हो, विपक्षमै रहन्छ ।

’देउवाले मंगलबारै केही दिनअघि निधन भएका कांग्रेस नेता अशोक कोइरालाको घर पुगेर श्रद्धाञ्जली व्यक्त गरेका छन् ।

कान्तिपुरबाट सभार

सरकार बनाउन कांग्रेस अग्रसर हुँदैन : शेर बहादुरदेउवा

0

नेपाली कांग्रेसका सभापति शेर बहादुर देउबाले सरकार बनाउन नेपाली कांग्रेसले अग्रसरता नदेखाउने बताउनु भएको छ ।

मंगलबार विराटनगरमा संचारकर्मीहरु संग कुरा गर्दै सभापति देउबाले नेपाली कांग्रेस प्रतिपक्षीमा बस्ने र आफुहरु सरकार बनाउन मरिनमेट्ने तर नेतृत्व गर्नुपरे त्यस बाट पनि नभाग्ने बताउनु भयो । उहाँले आफुहरु प्रतिपक्षी पार्टी भएकाले प्रतिपक्षीको भूमिका नै निर्वाह गरिरहेको बताउनु भयो ।

अदालतको निर्णयका कारण मुलुक निर्वाचनमा जान नसकेको बारे सोधिएको प्रश्नमा सभापति देउबाले अदालतको निर्णय आईसकेको र यसलाई सबैले मानेर जानुपर्ने धारणा राख्नु गर्नुभयो । उहाँले नेपालको संविधान अनुसार विपक्षी पार्टी नेपाली काग्रेस भएकाले विपक्षीमै बस्ने बताउनु भयो । उहाँले पार्टी भित्र सवैले सहयोग गरे पुन सभापतिमा दोहोर्याउने बताउनु भयो ।

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घट्यो

0

सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेको छ । सोमबार ८७ हजार रुपैयाँ प्रति तोलामा कारोबार भएको छापावल सुनको भाउ आजका लागि ८६ हजार ७ सय रुपैयाँ कायम भएको छ ।

यस्तै तेजावी सुनको भाउ ८६ हजार २५० रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले घटेर १२५० रुपैयाँमा कारोबार भइरहेको छ

किसानलाई निःशुल्क घाँसको बीउ

0

कैलालीको टीकापुर नगरपालिका पशु सेवा शाखाले व्यावसायिक पशुपालनमा लागेका किसानलाई निःशुल्क घाँसको बीउ वितरण गरेको छ। व्यावसायिकरूपमा पशुपालन गरिरहेका समूह तथा कृषि फार्मलाई बर्खे टियोसेन्टी जातको घाँसको बीउ वितरण गरिएको हो ।

पशुपालक किसानका पशुलाई घाँसको परिपूर्ति र पशुपालन गर्दा घाँसका बारेमा जनचेतना जगाउनका लागि बीउ वितरण गरेको पशु शाखा प्रमुख श्यामराज पाण्डेले बताउनुभयो । “नगरपालिकाले पशुपालनमा किसानलाई आकर्षित गराउने विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । हामीले बीउ वितरण, पशुको उपचार र गाउँगाउँमा पशु शिविरजस्ता कार्यक्रम गर्ने गरेका छौँ”, पाण्डेले भन्नुभयो, “नगरपालिकाले पशुपालनमा लागेका किसानलाई गोठ निर्माणलगायतका काममा अनुदानसमेत दिने गरेको छ ।”

पशुपालनमा लागेका किसान तथा व्यावसायिकरूपमा पशु फार्म सञ्चालन गरेका किसानलाई पशुको सङ्ख्या हेरेर एक किसानलाई पाँचदेखि २० किलोसम्म घाँसको बीउ वितरण गरिएको छ । नगरपालिकाले १० क्विन्टल टियोसेन्टी जातको घाँसको बीउ वितरण गरेको पाण्डेले बताउनुभयो । “टीकापुर मासु र दूधमा आत्मनिर्भर बनिसकेको छ । यहाँ उत्पादन भएको मासु, दूध अन्य जिल्ला निकासी हुने गरेको छ”, उहाँ भन्नुहुन्छ, मासु तथा दूधको खपत पनि राम्रो भएकाले किसानको समेत आकर्षण बढेको छ । पशुपालनमा युवाको आकर्षण बढेको छ ।

स्कूल बस दुर्घटना एकको मृत्यु, करिब दुई दर्जन घाइते

0

दाङमा स्कूल बस दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुरस्थित ज्ञानज्योति सेकेन्डरी स्कूलको रा १ क ४३३ नंको बस तुलसीपुर उपमहानगरपालिका–१५ को सरैयाडाँडा चोकमा दुर्घटनामा हुँदा तुलसीपुर उपमहानरपालिका–१६ निवासी १९ वर्षीया सम्झना केसीको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख शिवबहादुर सिंहले जानकारी दिनुभयो ।

दुर्घटनामा परी २२ विद्यार्थी घाइते भएका छन् । घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि कोहलपुरस्थित शिक्षण अस्पताल पठाइएको छ भने अन्य घाइतेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । तुलसीपुर उपमहानगरपालिका–१५ कोठेरीबाट आज बिहान कक्षा ११ र १२ का विद्यार्थी लिएर तुलसीपुरतर्फ आउँदै गरेको बस एक्कासि ब्रेक फेल भएर दुर्घटना भएको बताइएको छ ।

फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा किशोरीको मृत्यु

0

चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार जिल्लाको मङ्गलसेन नगरपालिका–१ की १५ वर्षीया सपना नाथको मोबाइल पड्किएर मृत्यु भएको हो ।

मृतक नाथ स्थानीय कुन्ति माध्यमिक विद्यालय कक्षा ६ मा अध्यनरथ थिइन् । मोबाइल पड्किँदा गम्भीर घाइते भएकी नाथको जिल्ला अस्पताल अछाममा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जनाएको छ ।

ब्राउनसुगरसहित ६ जना पक्राउ

0

उदयपुर जिल्लाको चौदण्डी नगरपालिका–४ फत्तेपुर रामपुर सडकखण्डको नमूनाचोकबाट प्रहरीले ब्राउन सुगरसहित ६ युवालाई पक्राउ गरेको छ ।

सोमबार साँझ सप्तरीको फत्तेपुरबाट बेल्टार आउँदै गरेको दुईवटा अटोमा जाँच गर्दा लागुऔषध ब्राउनसुगरसहित ६ युवा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख भीमप्रसाद दाहालले बताउनुभयो ।

पक्राउ पर्नेमा जिल्लाको त्रियुगा नगरपालिका–१३ का ३० वर्षीय खगेन्द्र राई, २४ वर्षीय दीपक राई, २४ वर्षीय हरि खड्का, चौदण्डीगढी नगरपालिका–५ का २३ वर्षीय सुनिल राई रहेको जिल्ला प्रहरी उदयपुरले बताएको छ । यस्तै सप्तरी जिल्ला कङ्कालिनी नगरपालिका–७ का २५ वर्षीय ऋषिकुमार क्षेत्री र २० वर्षीय बब्लु मुखिया रहेको उदयपुर प्रहरीले बताएको छ ।

उनीहरुको साथबाट ३।९ ग्राम ब्राउनसुगर, सात बोतल कोरेक्स तथा केही गाँजा बरामद भएको प्रहरी कार्यलय उदयपुरले बताएको छ । पक्राउ गरिएका छ जनालाई इलाका प्रहरी कार्यालय बेल्टारमा राखेर अनुसन्धान शुरु गरिएको प्रहरीले बताएको छ ।
–––

सेयर बजारमा फेरि उछाल, कारोबारमा पनि उत्साह

0

काठमाडौं : राजनीति अन्योलबीच पनि सेयर बजारमा गजब उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ।

 कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर  २५३८.४७ विन्दुमा पुगेको छ।  परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार करिब छ अर्बको कारोबार भएको छ।

सेयर बजार अब फेरि बुलिस लयमै फर्किएको विश्‍वास लगानीकर्ता गरेका छन्। पुँजी बजारका लगानीकर्ताहरूले राजनीतिक घटनाक्रमलाई बेवास्ता गर्दै आत्मविश्‍वासका साथ लगानी गर्न थालेका छन्।

सेयर बजार परिसूचक फागुन ९ गते अहिलेसम्मकै सर्वाधिक उच्च बिन्दु २६४०.३५ अंकसहित ऐतिहासिक उचाइ चुमेको थियो। त्यसपछि ओरालो लागेको बजार  २३८९.१९ विन्दुमा झरेको थियो ।

नेप्सेका सबै परिसूचक हरियो भए पनि लघुबित्त र विमामा विशेष आकर्षण देखिएको छ। आइतबार नेप्सेमा १० कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सेयर मूल्यमा सकारात्मक सर्किट लाग्नेमा स्वरोजगार, मिथिला, सूर्योदय, सामुदायिक र समिट लघुवित्त रहेका छन् । यस्तै, चन्द्रागिरि हिल्स, किसान  लघुवित्त, स्वाभिमान माइक्रोफाइनान्स र युनाटेड इदी मार्दी हाइड्रोपावर रहेका छन् ।

राजनीतिक अन्योलबाहेक बजार घट्नुपर्ने कुनै कारण नभएकोले बजार बुलिस ट्रेन्डमै अघि बढ्ने बजार विज्ञहरूले बताएका छन्।  चैतपछिको समयलाई त्यसै पनि सेयर बजारका लागि ग्रिन सिजन मानिन्छ। चैतपछि कम्पनीहरूको तेस्रो त्रैमासिक रिपोर्ट आउने भएकोले त्यसको आंकलन र अपेक्षामा बजार थप उत्साह आउने देखिन्छ।

अन्नपूर्णबाट साभार

फेरि कोरोनाको त्रास

0

काठमाडौं : छिमेकी मुलुक भारतमा कोरोना भाइरस संक्रमण दिनदिनै बढेपछि नेपालमा फेरि जोखिम देखिएको छ। कोरोना संक्रमण बढ्न सक्ने अवस्था रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड नगर्न आग्रह गरेका छन्। कोरोना रोकथाम गर्न जनस्वास्थ्यका मापदण्ड पालना गर्दै सामाजिक र भौतिक दूरी कायम गर्न, अनिवार्य मास्क प्रयोग गर्न विज्ञप्तिमार्फत आग्रह गरिएको छ।

यस्तै, स्वास्थ्य विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रदेश र स्थानीय सरकारलाई नयाँ निर्देशन जारी गरेको छ। स्थानीय तहका स्वास्थ्य सम्बद्ध निकायलाई थप संक्रमण फैलन नदिन ‘केस इन्भेस्टिगेसन’ र ‘कन्ट्र्याक्ट ट्रेसिङ’मा जोड दिन भनिएको हो।

‘संक्रमण हुन सक्ने क्षेत्र हट स्पट पहिचान गरी समुदायमै एन्टिजेन टेस्ट गर्न अनुरोध गर्दछौं वा पीसीआर जाँच गर्न सकिनेछ’, महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेलले भने। स्थानीय तहका अस्पताल एवं स्वास्थ्य संस्थालाई महामारी व्यवस्थापनका लागि तयारी अवस्थामा रहन निर्देशक डा. पौडेलले भनेका छन्।

भारतका विभिन्न प्रान्तमा बढिरहेको कोरोना कुन ‘भेरियन्ट’ हो भन्ने यकिन भइनसकेको डा. पौडेलले बताए। ‘भारतका केही सहरमा लकडाउन, रात्रिकालीन कफ्र्युसमेत अवलम्बन गरेको देखिन्छ’, उनले भने, ‘ती प्रान्तमा रहेका नेपाली दाजुभाइ, दिदीबहिनी नेपाल फर्कने र उहाँहरूसँगै कोभिड नेपाल फर्कने जोखिम कायम छ।’

सीमावर्ती सबै प्रवेश विन्दुमा रहेका हेल्थ डेस्कमा स्क्रिनिङ गर्न, सम्भव भए कोभिड १९ को एन्टिजेन जाँचको पनि व्यवस्था मिलाउन जिल्ला स्वास्थ्य कार्यालय र हेल्थ डेस्कलाई भनिएको छ। ‘एन्टिजेन पोजिटिभ आएको अवस्थामा नजिकको स्वास्थ्य संस्था/अस्पतालसँग समन्वय गरी कोभिड १९ उपचार व्यवस्थापनका लागि स्थानीय निकाय (गाउँपालिका, नगरपालिका, अस्पताल र प्रयोगशाला)लाई अनुरोध गरिएको छ’, उनले भने। यसैगरी सीमावर्ती प्रवेश विन्दुमा नेपाल प्रवेश गर्ने व्यक्तिले क्वारेन्टाइनको नियम पालना गर्न र सर्भिलेन्स चुस्त बनाउन अनुरोध गरिएको छ। ‘पीसीआर र एन्टिजेन टेस्टका साथै कन्ट्र्याक्ट टे«सिङमा पनि जोड दिइएको छ’, उनले भने।

विज्ञ भन्छन्, ‘कमजोरी नदोहोर्‍याऔं’
जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले अहिलेदेखि नै सावधानी अपनाउन नसके होलीपछि संक्रमण बढ्न सक्ने बताए। ‘भारतमा रोजगारीबाट फर्केका नेपालीबाट गाउँ–गाउँमा संक्रमण फैलने सम्भावना बलियो छ। नयाँ वर्षसँगै कोरोना संक्रमणको दोस्रो लहर देखा पर्न सक्छ’, डा. मरासिनीले भने।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको क्लिनिकल रिसर्च युनिटका संयोजक डा. शेरबहादुर पुनले भारतमा फैलिएको संक्रमणबाट नेपाल अछुतो रहने सम्भावना न्यून रहेको बताए। ‘अब मुलुकभित्र पनि संक्रमणविरुद्ध रणनीति तयार पार्नुपर्छ। एक वर्षको अनुभवबाट कमजोरी दोहोर्‍याउनु भएन। नागरिकले पनि हेलचेक्र्याइँ गर्नु हुँदैन। अहिले पनि संक्रमण बढ्न दिने/नदिनेमा नागरिकको पनि हात छ’, डा. पुनले भने।

करेन्ट लागेर मृत्य

0

दार्चुला : दार्चुलामा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । जिल्लाको दुहूँ गाउँपालिका ३ का अन्दाजी ५५ वर्षीय पदमबहादुर बमको विद्युत पोलबाट लिक भएको करेन्ट लागेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी प्रमुख मनोहर प्रसाद भट्टले बताए। उनका अनुसार आइतबार मौरी घार हेर्न गएका बेला करेन्ट लागेर उनको ज्यान गएको हो  ।

घार हेर्न गएका बम आइतबार अबेरसम्म नफर्केपछि खोजी गर्दा नौ बजेतिर विद्युतको पोल नजिक मृत अवस्थामा फेला परेका थिए। घट्नाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।