Saturday, May 2, 2026
Home Blog Page 1268

घाँस काट्न जाँदा हराएका ७ बालिका / किशोरी भारतमा भेटिए

0

महोत्तरीबाट बेपत्ता भएका ५ किशोरीसहित ७ जना भारतमा फेला परेका छन् । प्रदेश २ प्रहरी प्रमुख डीआईजी धीरजप्रताप सिंहले उनीहरु भारतको सीतामढीमा फेला परेको जानकारी दिए ।

बेपत्ता भएकाहरुको अभिभावक र प्रहरी टोली त्यहाँ पुगेको बताउँदै उनले नेपाल ल्याउने काम भइरहेको बताए । उनीहरुलाई भारतीय प्रहरीको सहयोगमा खोजबिन गर्दा फेला परेका हुन् ।

घाँस काट्न गएका भंगहा–८ स्थित धरमपुरमा घाँस काट्न गएका उनीहरु मंगलबार दिउँसोदेखि सम्पर्कविहीन भएका थिए । उनीहरु मंगलबार बेलुका अबेरसम्म घर नफर्किएपनि स्थानीयवासीले प्रहरीमा खबर गरेका थिए ।

सम्पर्कविहीन भइ हाल भारतमा भेटिएकाहरुमा स्थानीय १८ वर्षीय अस्मिता पासवान, १३ वर्षीय ज्योति पासवान, १५ वर्षीय रिया पासवान, अर्चना पासवान, १८ वर्षीय नगिना पासवान, १० वर्षीय रंजना पासवान र १० वर्षीय सीमा पासवान रहेका छन् ।

बालिका किन र कसरी त्यहाँसम्म पुगे भन्ने कुरा खुल्न सकेको छैन । ‘भारतसम्म पुर्याउन कसले समन्वय गर्यो भन्ने कुराको अनुसन्धान भइरहेको छ

कैलालीमा युवती मृत भेटिइन्

0

कैलालीमा एक युवती मृत अवस्थामा भेटिएकी छन्। बर्दगोरिया गाउँपालिका–३ खैरेनी घर भएकी १९ वर्षीय अन्जली जैसी मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

जैसी आफ्नै घरको धुरीमा झुण्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका सह प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

साउनदेखि सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

0

 

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गरेका छन् । सरकार बनाउनेबित्तिकै पहिलो बजेटमा वृद्धभत्ता किन बढाइएन यो किन गरिएन त्यो किन गरिएन भनेर धुम मच्चाइयो ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘गत बजेटमै बढायौं। सामाजिक सुरक्षाका प्रबन्धका क्षेत्रमा हामीले थुप्रै काम गर्‍यौं। अव आर्थिक वर्षमा विद्यालयहरूको पूर्वाधार विकासका लागि पाँच अर्ब रुपैयाँभन्दा बढी रकम वितरण गरिने पनि प्रधानमन्त्रीले बताए ।

सामाजिक सुरक्षा प्रबन्धका क्षेत्रमा थुप्रो काम हामीले गर्‍यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरू गर्‍यौं । अरू पनि सामाजिक सुरक्षाका काम हामी गर्दै जान्छौं ।

सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्, साउन १ गतेदेखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ, कसैलाई आपत्ति भए पनि होस् प्रधानमन्त्री ओलीले भने । यो खबर आजको अन्नपूर्ण पोष्टमा छ ।

भिरबाट लडेर एक जनाको मृत्यु

0

मकवानपुरको राक्सिराङ गाउँपालिकामा भिरबाट लडेर एक वृद्ध पुरुषको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मृत्यु हुनेमा राक्सिराङ–६ बस्ने ७० वर्षीय भीमबहादुर प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

उहाँका अनुसार प्रजाको गए राति जङ्गलको आगो निभाउन जाँदा स्थानीय सिलिङ्चेमा भिरबाट लडेर मृत्यु भएको हो । मृतक प्रजाको शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याइसकिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । मृतक प्रजा स्थानीय वडाध्यक्ष सिंहबहादुर प्रजाको बाबु रहेको बुझिएको छ ।

झापाबाट ८ महिलाको उद्धार, २ पक्राउ

0

झापा । दमक नगरपालिकाबाट महिलालाई घरमै राखी वेश्यावृत्तिमा लगाउँदै आएका दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ पथरी शनिश्चरे नगरपालिका–३ की ३८ वर्षीया उर्मिला नेम्वाङ र इलाम चुलाचुली गाउँपालिका–४ बस्ने ३८ वर्षीया नन्दिता लिम्बू रहेका छन् ।

उनीहरुलाई दमक नगरपालिका–६ स्थित नयाँ सब्जीमण्डीमा घरभाडामा लिएर वेश्यावृत्ति गराउँदै आएको विशेष सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको हो ।

सोही घरबाट आठ जना १७ वर्षदेखि ३९ वर्ष उमेर समूहका महिलाको समेत प्रहरीले उद्धार गरेको छ । उद्धार गरिएका सबैलाई परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

दुई महिलालाई यही चैत १५ गते प्रहरी पक्राउ गरेको थियो । पक्राउ परेका दुवै महिलालाई मानव बेचविखनविरुद्धको मुद्दा दर्ता गरी जिल्ला अदालत झापाबाट म्याद थप लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले बताउनुभयो ।

कर्णालीमा गर्भपतन गराउनेको सङ्ख्या बढ्दो

0

कर्णालीमा सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको पाइएको छ । सुरक्षित गर्भपतनले कानूनी मान्यता पाएसँगै सेवाको सहज उपलब्धताका कारण बर्सेनि गर्भपतन गराउने महिलाको सङ्ख्या बढ्दै गएको तथ्याङ्कले देखाएको छ ।

सामाजिक विकास मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा आर्थिक वर्ष २०७४ कात्तिकदेखि २०७५ असोजसम्म सुरक्षित गर्भपतन गराउने महिलाको सङ्ख्या पाँच हजार ७४२ थियो । आव २०७५र०७६ को सोही अवधिमा पाँच हजार ७४१ तथा २०७६ देखि २०७७ असोजसम्म पाँच हजार २७८ महिलाले सुरक्षित गर्भपतन सेवा लिए । आव २०७६र७७ को उक्त अवधिमा कोरोना भाइरसका कारण ‘लकडाउन’ भएपछि यो सेवा लिने महिलाको सङ्ख्यामा केही कमी देखिए पनि अघिल्ला दुई वर्ष बढ्दो दरमा रहेको पाइएको छ । गर्भपतन गराउने महिलाको सङ्ख्या सबैभन्दा बढी सुर्खेत र सबैभन्दा कम डोल्पामा रहेको छ ।

प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका वरिष्ठ नर्सिङ अधिकृत मानकुमारी गुरुङले स्वास्थ्य सचेतना, सेवाको उपलब्धताजस्ता कारणले गर्भपतन गराउने महिलाको सङ्ख्या बढेको बताउनुभयो । “पहिले असुरक्षित गर्भपतन बढी हुन्थ्यो, स्वास्थ्य संस्थाहरुमा यो सेवा विस्तार गरेसँगै तथ्याङ्क प्रणालीमा जोडिन पुग्यो,” उहाँले भन्नुभयो, “सुरक्षित गर्भपतन सेवा प्रभावकारी हुँदा असुरक्षित गर्भपतन गराउने समस्या कम हुँदै जान्छ ।” उहाँले गर्भपतन गराउनु महिलाको बाध्यता भएको बताउनुभयो । वरिष्ठ नर्सिङ अधिकृत गुरुङका अनुसार छोराको चाहना राख्नु, तत्काल सन्तान जन्माउने रहर नहुनु, पढाइ तथा जागिरको ‘करिअर’मा असर पर्न नदिन, प्रेमीबाट धोका पाउनु, अनिच्छित गर्भधारण हुनु, परिवार नियोजनका साधनको सहज उपलब्धता नुहुन जस्ता कारण महिलाहरु गर्भपतन गराउन बाध्य हुने गरेका छन् ।

कर्णालीका १० जिल्लाका ६५ स्वास्थ्य संस्थामा औषधिद्वारा तथा १८ स्वास्थ्य संस्थामा औषधि र उपकरण दुवै विधिबाट गर्भपतन गर्ने गरिन्छ । सुरक्षित गर्भपतन सेवाको प्रभावकारिताका कारण मातृ मृत्युदर घट्दै गएको स्वास्थ्यकर्मीहरु बताउँछन् ।

कानूनमा गर्भवती महिलाको मञ्जुरीले १२ हप्तासम्मको गर्भलाई सुरक्षित गर्भपतन गराउन सक्ने उल्लेख छ । त्यस्तै गर्भपतन नगराएमा महिलाको ज्यान खतरामा पुग्न सक्छ वा विकलाङ्ग बच्चा जन्मन सक्छ भनी इजाजतप्राप्त चिकित्सकले राय दिएमा, जबरजस्ती करणी वा हाडनाता करणीमा रहन गएको गर्भ, रोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जीवाणु ९एचआईभी० वा त्यस्तै प्रकृतिको निको नहुने रोग लागेको महिलाको गर्भ, गर्भमै भ्रूण नष्ट हुन सक्ने वा जन्मेर पनि बाँच्न नसक्ने गरी गर्भको भ्रूणमा खराबी रहेको, वंशाणुगत खराबी वा अन्य कारणले भ्रूणमा अशक्तता हुने अवस्था रहेको उपचारमा सङ्लग्न चिकित्सकको रायबमोजिम गर्भवतीको मञ्जुरीमा २८ हप्तासम्मको गर्भपतन गराउन सक्ने व्यवस्था छ ।

केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि राहत

0

केही दिनयता ह्वात्तै बढेको डढेलो मंगलबारदेखि केही हदसम्म नियन्त्रणमा आएको छ । चैत १३ पछि तराई, पहाड, केही हिमाली जिल्ला र संरक्षित क्षेत्रका वनमा डढेलो बढेको थियो । स्थानीय प्रदूषणमा डढेलोको धूवाँ मिसिएपछि राजधानीसहित देशभरको वायु ‘घातक’ बनेको छ ।

दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजकसमेत रहेका डढेलोविज्ञ सुन्दरप्रसाद शर्माले मंगलबार ८१ स्थानमा मात्र डढेलो देखिएको बताए । ‘मंगलबारदेखि केही नियन्त्रणमा आएको देखिन्छ,’ उनले भने, ‘तर डढेलोको पिक सिजन बाँकी नै छ, त्यो बेला अझ विकराल बन्न सक्छ । सचेत हुनैपर्छ ।’ उनका अनुसार वैशाख महिनामा डढेलोको जोखिम अझ बढी छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले यो वर्षको प्रि–मनसुनको अवधि अत्यन्तै सुक्खा हुने बताएको छ । सुक्खा बढेकै कारण डढेलोजन्य विपद् बढेको हो ।

आइतबार ५ सय २३ स्थानमा र सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको थियो । तराईका जिल्लामा मंगलबार अघिल्लो साताको तुलनामा डढेलो घटेको छ । ‘मध्यपहाडी क्षेत्रका वनमा डढेलो लागेकै देखिन्छ,’ शर्माले भने । डढेलो नियन्त्रणका लागि डिभिजन वन कार्यालयहरूले तालिमप्राप्त जनशक्ति परिचालन गरेका छन् । बाराका डिभिजनल वन अधिकृत मन्जुर अहमदले डढेलो नियन्त्रणका लागि ‘कन्ट्रोल फायरिङ’ लाई जोड दिइएको बताए । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

एसियाभर प्रदूषण उच्च : नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै

0

काठमाडौँ — वायु प्रदूषण विश्लेषण गर्ने संस्था ‘आईक्यूएअर’ को नक्सामा सोमबार पृथ्वीको धेरै भाग रातो देखिएको छ । रातो भागभित्र काठमाडौंसमेत छ । नक्सामा रातो रङले अस्वस्थकर वायुको संकेत गर्छ ।

आईक्यूएअर अर्थ’ को सोमबार दिउँसोको तस्बिर । तस्बिरमा रातोले अस्वस्थकर वायुको क्षेत्र संकेत गर्छ

‘केही दिनयता नेपालसहित एसियाली देशहरूमा प्रदूषण विकराल देखिन्छ,’ वातावरण विभागका सूचना अधिकारी तथा वातावरणविद् शंकरप्रसाद पौडेलले भने, ‘पहिलोपटक नेपालको प्रदूषण हिमाली भाग नाघेर तिब्बतसम्मै पुगेको छ ।’

आईक्यूएअरको तथ्यांकले ५ दिनयता नेपालसहित एसियाली मुलुकमा तुवाँलोको अवस्था विकराल बन्दै गएको देखाएको छ । नेपालमा भने पूर्वी भागमा तराई, पहाड र हिमालसम्मै तुवाँलोले सीमा नाघेको छ । ‘म्यान्मारदेखि अफगानिस्तानसम्म फैलिएको हिन्दुकुश हिमालय क्षेत्रमा प्रदूषण बढी देखिन्छ,’ वातावरणविद् पौडेलले भने, ‘यो अवस्था अझै केही दिन बदलिने देखिँदैन ।’

जल तथा मौसम विज्ञान विभागका पूर्वमहानिर्देशक मदनलाल श्रेष्ठ नेपालमा एकाएक प्रदूषण बढ्नुमा दुई कारण रहेको बताउँछन् । ‘तल्लो तहको वायु माथि जान पाएको छैन अर्थात् नेपालमा उच्च चापीय क्षेत्रको असर परेको छ । तलको वायु माथि जान पाएको भए केही हदसम्म प्रदूषण हट्थ्यो । अहिले कत्ति पनि हावा चलेको छैन,’ उनले भने, ‘अर्को, डढेलोजन्य गतिविधि हो । नेपालमा मात्र होइन, भारतका विभिन्न स्थानमा ठूलो मात्रामा कृषिकार्यका लागि आगो बाल्दा निस्किएको धूवाँ काठमाडौंसम्मै आइपुगेको छ ।’ उनका अनुसार नेपालका वनमा मात्र लागेको डढेलोले यति धेरै असर गरेको होइन ।

श्रेष्ठले पश्चिमी वायु सशक्त हुने हो भने प्रदूषण हट्न मद्दत पुग्ने बताए । तर अहिले तत्काल पानी पार्ने प्रणाली भित्रिने कुनै संकेत नभएको मौसमविद्को विश्लेषण छ । ‘मंगलबारदेखि हल्का वायु चल्ने मोडलहरूले देखाएका छन्,’ मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलले भने, ‘प्रदूषण पूरै नहटे पनि भिजिबिलिटीमा सुधार आउन सक्छ ।’ उनका अनुसार सोमबार अपराह्नदेखि तराई क्षेत्रमा भने भिजिबिलिटीमा उल्लेख्य सुधार आएको छ । तराईमा ४ हजारदेखि ८ हजार मिटरसम्म भिजिबिलिटी भए पनि काठमाडौं, पोखरालगायतका स्थानमा सोमबार १५ सय मिटर हाराहारी मात्र थियो । ‘पूरै प्रदूषण हट्न भने ठूलो पानी पार्ने प्रणाली नै भित्रिनुपर्छ,’ उनले भने ।

जल तथा मौसम विज्ञान विभागका प्रवक्ता सुमनकुमार रेग्मी अझै ३ तीनसम्म वायुमण्डल स्थिर रहने भएकाले तुवाँलोको अवस्थामा कुनै सुधार नआउने बताउँछन् । ‘तुवाँलोको अवस्था के कस्तो हुने डढेलोको अवस्थामा निर्भर रहन्छ,’ उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘तुवाँलोले आँखा पोल्ने र श्वासप्रश्वासमा समस्या आउने भएकाले आवश्यक कार्यबाहेक घर बाहिर ननिस्किन अनुरोध छ ।’ रेग्मीका अनुसार अहिलेसम्म मनसुनपूर्व (प्रि–मनसुन) को वर्षा अत्यधिक न्यून मात्र भएको छ । ‘वायुमण्डल सुक्खा भएको अवस्थामा तुवाँलो लाग्नु स्वाभाविक भए पनि चैत १३ गतेदेखि देशका धेरै स्थानमा असामान्य प्रकारको तुवाँलो छ,’ विज्ञप्तिमा छ, ‘वायुमण्डल अझै स्थिर अवस्थामा नै रहिरहेकाले प्रदूषणका कणहरू छरिन नपाई तल्लो तहमै तैरिन गएकाले विकराल अवस्था देखिएको हो ।’

वायु प्रदूषणको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका अरनिको पाण्डे सवारीसाधन, उद्योगलगायतले उत्पादन गर्ने प्रदूषणमा डढेलोको धूवाँ धेरै थपिएपछि अहिले विकराल अवस्था देखिएको विश्लेषण गर्छन् । ‘विगतमा पनि फागुनदेखि डढेलो लाग्ने गरेको हो,’ उनले भने, ‘तर, केही वर्षयता डढेलोको संख्या र फैलावट बढेको छ ।’ यसरी डढेलो बढ्नुमा जलवायु परिवर्तनसमेत कारण रहेको उनको व्याख्या छ । ‘जलवायु परिवर्तनले सुक्खा बढेको छ, सुक्खा बढ्दा डढेलो वृद्धि भएको छ,’ उनले भने, ‘सुक्खा बढ्ने र एकैपटक वर्षा बढी हुनेजस्ता घटना भइरहेका छन् ।’ पाण्डेले पनि भारतका विभिन्न स्थानमा खेतीबालीका लागि एकैपटक धेरै आगो बाल्दा नेपालमा समेत असर परेको बताए । ‘पन्जाबको धूवाँ एक दिनमा नेपाल आइपुग्छ,’ उनले भने, ‘यसपटक त्यो धूवाँमा नेपालको प्रदूषण र डढेलोको धूवाँ मिसियो ।’

केही वर्षयता हिमाली क्षेत्रमा कात्तिकदेखि नै डढेलो लाग्ने गरेको छ । मनाङ, गोरखा, लमजुङ, ताप्लेजुङ, बझाङलगायतका जिल्लामा लगातार एक महिनासम्म डढेलो लागेको थियो । चिसो याममा लामो समय एकनासले डढेलो लाग्नुमा पनि जलवायु परिवर्तनको कारण हुन सक्ने जानकारहरू बताउँछन् । दक्षिण एसियाली डढेलो नियन्त्रण सञ्जालका संयोजक सुन्दरप्रसाद शर्मा विगतका डढेलोभन्दा यो वर्षको डढेलोलाई फरक हिसाबले हेर्नुपर्ने बताउँछन् । ‘डढेलो मात्र होइन, एट्मोसफेयरिक ब्राउन क्लाउड (एबीसी) का कारण पनि प्रदूषणको मात्रा बढेको हो,’ उनले भने, ‘ब्ल्याक कार्बन, सल्फर र अन्य हानिकारक डस्ट पार्टिकल लामो समयदेखि आकाशमा तैरिएका छन्, जुन स्वास्थ्यका लागि हानिकारक छन् ।’

नेपालमा चैत १३ गतेपछि डढेलोको फैलावट र घटना बढिरहेको छ । १३ गते एकै दिन ५ सय २३ स्थानमा डढेलो लागेको थियो । डढेलोको संख्या घट्दै गए पनि फैलावट यथावत् रहेको शर्माले बताए । सोमबार ४३ जिल्लाका १ सय ७१ स्थानमा डढेलो लागेको देखिन्छ । सुर्खेत, बाँके, दाङ, उदयपुर, चितवन, सिन्धुली, पर्सा र बर्दियामा ठूलो मात्रामा डढेलो लागेको छ । आईक्यू एअरका अनुसार सोमबार दिउँसो काठमाडौं विश्वका ९४ सहरमध्ये दोस्रो बढी प्रदूषितमा छ । पहिलो स्थानमा दक्षिण कोरियाको बुसान सहर थियो । प्रदूषित सहरको सूचीमा बंगलादेशको ढाका तेस्रो, पाकिस्तानको लाहोर चौंथो, भारतको कोलकाता पाँचौं स्थानमा थिए । यस्तै म्यान्मारको यांगुन र भारतकै दिल्ली क्रमशः छैटौं र सातौं स्थानमा थिए । नेपालमा सोमबार काठमाडौंसहित विभिन्न स्थानमा वायुको गुणस्तर सूचकांक (एक्यूआई) विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले तोकेको भन्दा बढी रेकर्ड भएको छ ।

‘ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज’ का निर्देशक उत्तमबाबु श्रेष्ठले अहिलेको वायु प्रदूषण एकाएक देखिएको समस्या नभएको बताए । ‘२०–३० वर्षअघि नै काठमाडौंको प्रदूषण भयावह भएकाले सुधार गर्नुपर्छ भनेर काम सुरु भएको हो,’ उनले भने, ‘नीतिनियम कार्यान्वयन नहुँदा अहिलेको अवस्था निम्तिएको हो । अहिले समस्या परेपछि डढेलो र भारतबाट आएको धूवाँ भनेर सरकारी निकाय पन्छिन मिल्दैन ।’

वातावरणविद् भूषण तुलाधरले प्रदूषणले विकराल रूप लिइसक्दा पनि सरकारले ‘इमर्जेन्सी’ भनेर युद्धस्तरमा काम गर्नेतिर ध्यान नदिएको गुनासो गरे । ‘यो मन्त्रिपरिषद्मा छलफल गर्नुपर्ने विषय हो,’ उनले भने, ‘डढेलोलगायत विपद्लाई न्यून गर्न सुरक्षा निकायलाई परिचालन गर्न सकिन्थ्यो, त्यसमा ढिलाइ भयो । कोभिड नियन्त्रणमा जस्तै चासो अहिले देखाउनुपर्ने बेला आएको छ ।’

कान्तिपुरबाट साभार

धारामा आयो मेलम्ची

0
पानी वितरणसँगै पाइपलाइन परीक्षण
बिस्तारै अनुपात बढाइने
वैशाखदेखि वितरण नियमित हुने

काठमाडौँ — लामो समयको पर्खाइपछि मेलम्चीको पानी उपत्यकावासीका धाराबाट खसेको छ । प्रतीक्षाको करिब १२ वर्षपछि मेलम्चीको पानी धारामा खस्दा उपत्यकावासीमा खुसियाली छाएको छ ।

लोकसेवा आयोगका निवर्तमान अध्यक्ष उमेश मैनाली अनामनगरस्थित घरको धाराबाट पानी खसेको देख्दा दंग देखिन्थे । ‘लामो समयको पर्खाइपछि पानी आयो, खुसी छु । ढिलै भए पनि उपत्यकावासीको सपना साकार भएको छ,’ कन्तिपुरसँग उनले भने, ‘काकाकुल सहरवासीको सपना मेलम्चीको पानीले प्यास मेटाउँदै छ ।’

मेलम्ची खानेपानी आयोजनाले आइतबार करिब ४ करोड लिटर पानी घरघरमा वितरण गरेको हो । महांकाल, चाबहिल, न्युरोड, मीनभवन, खुमलटार क्षेत्रमा काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले पुरानै धारामा र अनामनगर क्षेत्रमा नयाँ धारामा पानी वितरण गरेको छ । गत फागुन २२ गते अम्बाथान हेडवर्क्स सुरुङबाट सुन्दरीजल ट्रिटमेन्ट प्लान्टमा पानी ल्याएको थियो ।

‘बिस्तारै पानीको अनुपात बढाउँदै जान्छौं, अहिले मूलबाटै सुरुङमा ५ करोड लिटर पानी पठाएका छौं,’ मेलम्ची खानेपानी आयोजना प्रमुख तिरेशप्रसाद खत्रीले भने ‘दुई–तीन दिनपछि दैनिक आठ करोड लिटर पानी पठाउँछौं, बिस्तारै पानीको मात्रा बढाउँदै जान्छौं ।’ हाल सुरुङलगायत भौतिक संरचना परीक्षणको अवधिमै भएकाले १७ करोड लिटर पानी पठाउन नसकिने उनले जानकारी दिए ।

‘सुरुङ, पाइप र धाराको अवस्था हेरेर मात्र पूरै पानी पठाइन्छ, त्यसकारण बिस्तारै पानी पठाउने तयारी भइराखेको छ,’ उनले भने, ‘वैशाखदेखि पूरै पानी छोड्छौं ।’ केही दिनभित्रै बाँसबारी र बालाजु क्षेत्रका धारामा पनि पानी पठाइने उनले बताए ।

अनामनगर क्षेत्रका नयाँ धारामा पहिलो चरणमै पानी परीक्षण गर्ने योजना रहेको मेलम्ची खानेपानी आयोजना निर्देशनालयका आयोजना प्रमुख कमल श्रेष्ठले जानकारी दिए । ‘ती नयाँ धारामा परीक्षण भइसकेको छ,’ उनले भने, ‘यी धाराबाट उपभोक्ताले दैनिक करिब दुई घण्टा पानी पाउनेछन् ।’ गत साउनमा सुन्दरीजलबाट वाग्मती नदीको करिब तीन करोड लिटर पानी ल्याएर धाराको परीक्षण गरेको थियो ।

‘यी धाराको अवस्था ठीक छ, त्यसकारण पहिलो चरणमा परीक्षण गर्न लागेका हौं,’ उनले भने, ‘हाल केयूकेएलका पुरानै पानीपोखरीबाट पानी वितरण गर्छौं ।’ मुख्य पाइप लाइन नयाँ भए पनि पानीका धारा भने पुरानै भएको उनले बताए । पानी वितरण व्यवस्थित गर्न नयाँ पानीपोखरी निर्माण गरिएका छन् । ‘केही निर्माण सम्पन्न भइसकेका छन् भने केहीको निर्माण पूरा हुने अन्तिम अवस्थामा छन्,’ उनले भने, ‘मेलम्चीको पानी ल्याउन निर्माणाधीन भौतिक संरचना तयार छन् ।’ विभिन्न चरणमा तिनको निरीक्षण पनि भइरहेको उनले बताए ।

सुन्दरीजलस्थित करिब १७ करोड लिटर क्षमताका प्रशोधन केन्द्रमा पानी प्रशोधन गरेर विभिन्न पोखरीमा पठाइनेछ । साढे आठ/साढे आठ करोड लिटरका दुई वटा प्रशोधन केन्द्र निर्माण भइसकेका छन् । महांकाल, बाँसबारी, बालाजु, मनमैंजु, अनामनगर र भक्तपुरको टिँगनीमा ६ वटा पुरानै पानीपोखरी छन् भने तिनै स्थानमा नयाँ १० वटा पानी पोखरी निर्माण भइसकेका छन् । पुरानामा साढे पाँच करोड लिटर र नयाँ पोखरीमा साढे ६ करोड लिटर पानी संकलन गरिनेछ । ती पोखरीबाट विभिन्न शाखा लाइनबाट ग्राहकका घरघरमा पानी पुर्‍याइनेछ ।

सुन्दरीजलको प्रशोधन केन्द्रबाट पानी ल्याएपछि ७६ किलोमिटर लम्बाइका मुख्य पाइपलाइनबाट पोखरीमा पुर्‍याइनेछ । खानेपानी आयोजना निर्देशनालयका अनुसार १ लाख १० हजारभन्दा बढी नयाँ धारा जडान भइसकेका छन् । २ लाख २५ हजार पुरानै धारा छन् । नयाँ धारा जडानको काम पनि भइरहेको श्रेष्ठले बताए । ‘मुख्य तथा शाखा पाइपलाइन परीक्षण भइरहेका छन्,’ उनले भने, ‘केही स्थानमा धारासमेत परीक्षण गरिएको छ, जडान भएका धाराको अवस्था पनि परीक्षण भइरहेको छ ।’

केही स्थानमा चुहावट आएको र तिनको मर्मत भइरहेको उनले बताए । ग्राहकले प्रयोग गरेको फोहोर पानी निकासका लागि विभिन्न स्थानमा फोहोर पानी प्रशोधन केन्द्र पनि निर्माण भइरहेको उनले जानकारी दिए । उपत्यकाका घरघरमा पानीको मात्रा बढ्नेबित्तिकै फोहर पानीको मात्रा पनि बढ्ने उनले बताए । त्यसका लागि फोहर पानी संकलन तथा प्रशोधन केन्द्रको निर्माण भइरहेको छ । यस्ता ६ वटा केन्द्रले उपत्यकाको २० प्रतिशत फोहोर पानी मात्र प्रशोधन गर्नेछन् । आयोजनाका अनुसार ८० प्रतिशत फोहोर पानीका लागि थप प्रशोधन केन्द्र निर्माण गर्ने तयारी पनि छ । पहिलो चरणमा सल्लाघारी र कोड्कुमा एक/एक वटा तथा धोबीघाट र गुह्येश्वरीमा दुई/दुई वटा प्रशोधन केन्द्र निर्माणाधीन छन् ।

गुह्येश्वरीमा ३ करोड २४ लाख क्षमताको केन्द्र निर्माण भइसकेको छ । सल्लाघारीमा प्रतिदिन १ करोड ४२ लाख, धोबीघाटमा ८ करोड ७७ लाख र कोड्कुमा १ करोड ७५ लाख लिटर फोहोर पानी प्रशोधन हुनेछ । दोस्रो चरणमा धोबीघाटमा २२ करोड, कोड्कुमा १ करोड ७० लाख, गुह्येश्वरीमा १ करोड ६० लाख लिटर क्षमताका फोहोर पानी प्रशोधन गर्ने केन्द्र निर्माण गरिनेछ । बाँकी ठाउँको फोहोर पानीका लागि चाल्नाखेलमा प्रशोधन केन्द्र निर्माण गर्न अध्ययन भइरहेको उनले जानकारी दिए । केयूकेएलका कार्यकारी निर्देशक मिलन शाक्यले पुरानै संरचनाबाट पानी वितरण गर्ने बताए । ‘यो परीक्षणका लागि हो,’ उनले भने, ‘पानी प्रशोधन केन्द्रमा परीक्षण गरेर उपभोक्ताका धारामा पठाएका छौं, पानी पिउन योग्य छ ।’

ट्यांकी भर्दै, पठाउँदै

काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले मेलम्चीको खानेपानी काठमाडौंका विभिन्न ठाउँका ट्यांकी भर्दै पानी वितरण गर्ने काम सुरु गरेको छ । महांकाल चौरको ट्यांकीबाट आइतबार दुई बजेदेखि पानी वितरण सुरु गरिएको केयूकेएलका प्रवक्ता प्रकाशकुमार राईले जानकारी दिए ।

‘मेलम्चीको खानेपानी वितरण गरिरहेका छौं,’ उनले भने, ‘महांकाल चौरको ट्यांकीबाट चाबहिल, कुटुबहाल, कालोपुल, विशालनगर, देवकोटा चोक, बत्तिसपुतली र बागेश्वरी क्षेत्रमा पानी वितरण गरेका छौं ।’ उनका अनुसार केयूकेएलले अनामनगरको ट्यांकीबाट पनि पानी वितरण गरेको छ । मीनभवन, बाँसबारी, महाराजगन्जलगायत स्थानका ट्यांकीमा क्रमशः पानी भर्दै उपभोक्तालाई पानी वितरण गर्ने उनले जानकारी दिए ।

‘खुमलटारको पानी चढ्न एक/दुई दिन लाग्ने भए पनि सक्दो छिटो उपभोक्तालाई पानी वितरण गर्ने कोसिस भइरहेको छ,’ उनले थपे । यसैगरी महांकाल चौरको तालिकाअनुसार दोस्रो दिन सोमबार मेलम्चीको खानेपानी काठमाडौंका इनबहाल, ज्याठा, भोटाहिटी, कमलाक्षी र नक्सालमा वितरण गरिनेछ । यो क्षेत्रमा बिहान २ देखि ८ बजे, बानेश्वर, सिनामंगल, मिलन चोक र संगम चोक क्षेत्रमा बिहान १० देखि साँझ ४ बजेसम्म, जयवागेश्वरी, मित्रपार्क, चाबहिल, रातोपुल, कालीमाटी र डोल क्षेत्रमा साँझ ४ देखि ५ बजेसम्म र त्यसपछि चारखाल, डिल्लीबजार, कमलादी, बागबजार र त्रिपुरेश्वरमा वितरण गरिने केयूकेएलले जानकारी दिएको छ ।

यो अस्थायी तालिका रहेको केयूकेएलका प्रवक्ता राईले बताए । ‘अब एक/दुई दिनमा चार करोडबाट पानी बढेर साढे ६ करोड लिटरमा पुग्छ,’ उनले भने, ‘त्यसपछि हामी दुई/चार दिनपछि साढे आठ करोड लिटर पानीमा पुग्छौं । यसको झन्डै ८/१० दिनपछि १७ करोड लिटर पानीमा पुग्छौं । यो भनेको आयोजनाको पहिलो चरणको पूर्ण क्षमता हो ।’ पानी स्थिर भइसकेपछि केयूकेएलले निश्चित तालिका सार्वजनिक गर्ने उनले जानकारी दिए ।

कान्तिपुरबाट साभार

कञ्चनपुरमा २ जना मृत भेटिए

0

कञ्चनपुरमा २ जना मृत अवस्थामा फेला परेका छन् ।

पूर्वपश्चिम राजमार्ग अन्तरगत जिल्लाको वेदकोट नगरपालिका वडा नम्बर १ चम्फापुरस्थित राधा नदी नजिकै सोही ठाउँका अन्दाजी २९ वर्षीय नरेश सार्की मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले महाकाली अस्पतालमा कार्यालय सहयोगीका रुपमा कार्यतर सार्की मंगलबार बिहान नदी नजिकैको रुखमा झुण्डिएको अवस्थामा मृत भेटिएका हुन्।

घटनास्थल कार्य समेत सार्कीको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। यस्तै कृष्णपुर नगरपालिका वडा नम्बर ९ का स्थानीय ७२ वर्षीय केशर राना पनि मृत अवस्थामा फेला परेका छन्।