Friday, July 17, 2026
Homeअन्तराष्ट्रियहिमाचल प्रदेशमा बस दुर्घटना: १२ जनाको मृत्यु, ४५ सवार

हिमाचल प्रदेशमा बस दुर्घटना: १२ जनाको मृत्यु, ४५ सवार

काठमाडौं । भारतको हिमाचल प्रदेशस्थित सिरमौर जिल्लामा भएको बस दुर्घटनामा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने दर्जनौँ घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार कुपवीबाट शिमला जाँदै गरेको एक निजी बस सिरमौर जिल्लाको हरिपुरधर नजिकै सडकबाट खसेर दुर्घटनाग्रस्त भएको हो । बसमा करिब ४५ जना यात्रु सवार रहेको जनाइएको छ ।

सिरमौरका उपजिल्ला अधिकारी (एसडीएम) सुनील कुमार कैथले दुर्घटनामा १२ जनाको मृत्यु भएको पुष्टि गर्दै घाइते सबैलाई उद्धार गरी विभिन्न अस्पतालमा पठाइएको जानकारी दिएका छन् । दुर्घटनाको कारणबारे तत्काल यकिन हुन नसकेको र विस्तृत अनुसन्धान गरिने उनले बताएका छन् ।

यसैबीच, भारतको प्रधानमन्त्री कार्यालयले सिरमौर बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवार तथा घाइतेहरूलाई आर्थिक सहयोगको घोषणा गरेको छ । प्रधानमन्त्री कार्यालयले सामाजिक सञ्जालमार्फत जारी गरेको विज्ञप्तिमा प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट प्रत्येक मृतकका परिवारलाई २ लाख रुपैयाँ र घाइतेहरूलाई ५० हजार रुपैयाँ अनुग्रह रकम प्रदान गरिने उल्लेख गरिएको छ ।

सम्बन्धित समाचार
- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका