Wednesday, September 16, 2026
Homeअर्थ र ब्यापारसिन्धुलीका ३९ सामुदायिक वन समूहद्वारा विपद् कोषमा ९ लाख २९ हजार सहयोग

सिन्धुलीका ३९ सामुदायिक वन समूहद्वारा विपद् कोषमा ९ लाख २९ हजार सहयोग

सिन्धुली । सिन्धुलीका ३९ वटा सामुदायिक वन उपभोक्ता समूहले भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि ९ लाख २९ हजार ३५६ रुपैयाँ सहयोग गरेका छन्।

सामुदायिक वन उपभोक्ता समूहहरूले स्वैच्छिक रूपमा संकलन गरेको उक्त रकम मंगलबार सिन्धुलीमाडीस्थित जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) सिन्धुलीका अध्यक्ष हितलाल श्रेष्ठका अनुसार भदौ १० गते आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भएपछि विपद् प्रभावित नागरिकलाई राहत पुर्‍याउने उद्देश्यले सामुदायिक वन उपभोक्ता समूहहरूबाट स्वैच्छिक रूपमा रकम संकलन गरिएको हो।

श्रेष्ठले प्राकृतिक विपद्का समयमा प्रभावित नागरिकलाई सहयोग गर्नु सामाजिक उत्तरदायित्वसमेत भएकाले सामुदायिक वन उपभोक्ता समूहहरूले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेको बताए।

उनका अनुसार सामुदायिक वन उपभोक्ता समूहहरूको यो सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने अपेक्षा गरिएको छ।

सम्बन्धित समाचार

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -spot_img

ताजा समाचार

धेरै कमेन्ट गरिएका